By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: विपक्षी सदस्यहरुको विरोधको कारण २४ मार्चको दिन संसदमा ल्याएको वित्त विधेयक २०२३ बिना बहस पारित भएको हो : इन्द्रहाङ सुब्बा
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Latest NewsPOLITYSC Stories

विपक्षी सदस्यहरुको विरोधको कारण २४ मार्चको दिन संसदमा ल्याएको वित्त विधेयक २०२३ बिना बहस पारित भएको हो : इन्द्रहाङ सुब्बा

SC Bureau
Last updated: 2023/04/01 at 6:39 AM
By SC Bureau
Share
3 Min Read
SHARE

विपक्षी सदस्यहरुको विरोधको कारण २४ मार्चको दिन संसदमा ल्याएको वित्त विधेयक २०२३ बिना बहस पारित भएको सिक्किमका एकमात्र सांसद इन्द्रहाङ सुब्बाले बताएका छन्। गत १६ मार्चदेखि नै आफुले नियमित रूपमा सदनको सत्रमा उपस्थिति जनाउँदै आएको बताउँदै सांसद सुब्बाले वित्त विधेयक २०२३ सदनमा प्रस्तुत गरिएको दिन विपक्षको विरोधको कारण कसैले पनि बहसमा चर्चा गर्ने अवसर नपाएको राजधानीबाट प्रकशित हुने एउटा अङ्ग्रेजी दैनिकलाई बताएका छन्।

सदनमा प्रस्तुत वित्त विधेयक २०२३ को एउटा संसोधनमा आयकर ऐन १९६१ सेक्सन १० को २६ AAA अर्न्तगत सिक्किमे परिभाषालाई विस्तार गरिएकोमा सांसद इन्द्रहाङ सुब्बा हाल राजनैतिक विरोधको सामना गर्नपरिरहेका छन्। उक्त संशोधनले इन्कम ट्याक्स एक्टको सेक्सन 10 भित्रको धारा (26AAA) लाई पुन: परिभाषित गरेर त्यसमा ‘सिक्किमे’ लाई थप परिभाषित गरिएको छ।

सिक्किमेको भावना विरुद्ध ल्याइएको विधेयक माथि सांसद नबोलेको भन्ने विरोधीहरुको आलोचनामा हाल इन्द्रहाङ सुब्बा घेरिएका छन्।

विरोधीहरुको विरोधको जवाब दिदै सुब्बाले अडानीको मुद्दामा दैनिक रूपमा नै विपक्षले संसदको कार्यवाहीलाई बाधा पुर्‍याउदै आएकोले वित्त विधेयक सदनमा प्रस्तुत गरेको दिन पनि कङ्ग्रेस लगयत अन्य विपक्षले सदनमा होहल्ला मच्चाएर कार्यवाहीलाई बाधित गर्ने प्रयास गरिएकोले बिधेयक माथि बहस हुननसकेको जानकारी गराएका छन्। विरोधीहरुको उक्त होहल्ला बीच बहस हुननसकेकोले कसैले एकै शब्द पनि बोल्ने अवसर नपाएको सुब्बाले बताए। विधेयक VOICE VOTE मार्फत पारित गरिएकोले आफुले पनि सिक्किमको पक्षबाट बोल्ने अवसर नपाएको सांसद सुब्बाले थप बताएका छन्।

सिक्किमे’ लाई थप परिभाषित गरिएको सन्दर्भमा बोल्दै इन्द्रहाङ सुब्बाले विशेषज्ञहरुको परामर्श लिए अनुसार सिक्किमेको परिभाषामा थप दुई समूहलाई आयकर छुटको निम्ति मात्र सामेल गरिएको र उक्त विस्तारले सिक्किमलाई प्राप्त विशेष संवैधानिक सुरक्षा प्रावधान ३७१ एफ लाई कुनै असर नपर्ने बताएका छन्।

सिक्किमे परिभाषालाई थप परिभाषित गर्दा सिक्किम सब्जेक्ट सर्टिफिकेट उड्यो भन्ने विपक्षको आरोप आधारहीन रहेको बताउँदै यो एकमात्र जनतालाई दिग्भ्रमित गर्ने विपक्षीहरुको प्रयास रहेको सांसद सुब्बाले भनेका छन्। धारा १० को २६ AAA अर्न्तगत पुरानो वासिन्दाहरुलाई आयकर छुटको निम्ति मात्र हो भन्ने सर्वोच्च न्यायलयको स्पष्टीकरणलाई विपक्षीहरुले अदेखा गरेको सुब्बाले बताएका छन्।

फरवरी ८ मा सर्वोच्चले सिक्किमे नेपाली माथि लगाइएको विदेशीको लान्छनालाई मेटाएको उल्लेख गर्दै सांसद इन्द्रहाङ सुब्बाले सिक्किम अनि सिक्किमेको भावनाको कदर गर्न सिक्किम सरकार सदैव गम्भिर रहेको तर विपक्षीहरु भने जनतालाई दिग्भ्रमित गर्ने प्रयासमा नै रहेको बताएका छन्।

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: Gangtok, News from Sikkim, Sikkim, Sikkim News, SKM
SC Bureau April 1, 2023 April 1, 2023
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Bureau
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
परिवर्तनको नाम गरेर झूठ, अफवाह र फरेबको आड़मा सत्ता हत्याउन सफल भएको एसकेएम सरकारमा जनता वाक्क दिक्क भएका छन् : एस डी एफ

प्रेस विज्ञप्ति  आज तारीख ४ अक्टोबर, २०२१ -को दिन जूम-सालघारी क्षेत्र अन्तर्गत…

Rs. 20000 for non-working mothers under ‘Aama Scheme’: CM PS Tamang

Chief Minister PS Tamang while addressing an event at Baiguney, West Sikkim…

Rider duo from Sikkim to participate in Royal Enfield Continental GT 650 Cup

Though motorsports ecosystem may not be popular in Sikkim or may be…

You Might Also Like

National Space Day-2026, Celebrated in Namchi with Focus on Space Science and Opportunities for Students
Sikkim

National Space Day-2026, Celebrated in Namchi with Focus on Space Science and Opportunities for Students

By SC Bureau
Gyalshing District Administration conducts joint Inspection of Rimbi-Singlitam landslide area. Tourism Minister, DC take stock of situation
Sikkim

Gyalshing District Administration conducts joint Inspection of Rimbi-Singlitam landslide area. Tourism Minister, DC take stock of situation

By SC Desk
A New Dawn in Healthcare: Sikkim Inaugurates Organ Transplantation Centre on Independence Day
Sikkim

A New Dawn in Healthcare: Sikkim Inaugurates Organ Transplantation Centre on Independence Day

By SC Desk
Sustainable Shiitake Mushroom Cultivation: Promoting Women-Led Livelihoods through Science and Technology
Sikkim

Sustainable Shiitake Mushroom Cultivation: Promoting Women-Led Livelihoods through Science and Technology

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?