By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: मानवता, सेवा र समृद्धिको मार्गमा सिक्किम
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Trendingएस सी नेपाली

मानवता, सेवा र समृद्धिको मार्गमा सिक्किम

SC Desk
Last updated: 2026/11/18 at 9:25 PM
By SC Desk
Share
7 Min Read
मानवता, सेवा र समृद्धिको मार्गमा सिक्किम
मानवता, सेवा र समृद्धिको मार्गमा सिक्किम
SHARE

मानवता, सेवा र समृद्धिको मार्गमा सिक्किम

नीलम न्यौपाने

गान्तोक

मानवीय गुणका पुञ्ज, परोपकारका प्रतिमूर्ति, विशाल हृदयका धनी तथा प्रत्येक निमुखा र असहाय जनताका भरोसाका केन्द्र सम्माननीय श्री प्रेमसिंह तामाङको नेतृत्वमा रहेको एसकेएम सरकारले छोटो समयावधिमै अनेकौँ जनमुखी कार्यक्रम तथा विकासका योजनाहरू अवलम्बन गर्दै सिक्किम राज्यलाई विकास र प्रगतिको मार्गमा अग्रसर गराई उज्ज्वल भविष्यतर्फ डोऱ्याइरहेको तथ्य आज कसैबाट लुकेको छैन।

सिक्किमका गरिब, निमुखा र उपेक्षित जनताको आवाज बनेर २१ डिसेम्बर २००९ का दिन परिवर्तनको श‌ङ्खनादसहित एसकेएम पार्टीको जन्म भएको थियो। दस वर्षको अथक र भीषण सङ्घर्षपछि तानाशाही प्रवृत्तिको अँध्यारो रातलाई चिर्दै प्रजातन्त्रको सुनौलो बिहानीको अनुभूति गर्ने वातावरण सिर्जना भएको थियो।

एसकेएम पार्टीको उद्देश्य केवल सत्तामा पुग्नु मात्र थिएन, बरु तानाशाही प्रवृत्तिको अन्त्य गर्दै जनताको शासन अर्थात् जनराजको स्वर्णिम युग स्थापना गर्नु थियो। जनताको सुख, शान्ति र समृद्धिको सपनालाई वास्तविकतामा परिणत गर्नु थियो।

यही उद्देश्य र सङ्कल्पलाई आत्मसात् गर्दै विगत छ-सात वर्षको छोटो अवधिमै एसकेएम सरकारले राज्यको सर्वाङ्गीण विकासका क्षेत्रमा एउटा छुट्टै मानक स्थापित गर्न सफल भएको छ।

मानवता, अध्यात्म र मानवीय मूल्य-मान्यताको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मन्दिर, मस्जिद, गुम्बा र गिरिजाघरहरूको निर्माण, संरक्षण एवं संवर्द्धनमा विशेष पहल गरिएको छ। त्यसरी नै विभिन्न जातजाति र समुदायका मौलिक परम्परा, संस्कृति तथा ऐतिहासिक धरोहरलाई जीवन्त राख्ने उद्देश्यले प्रत्येक जाति र समुदायका सामाजिक सदनहरू स्थापना गरिएका छन्।

विशेषगरी सिक्किमको सन्दर्भमा भन्नुपर्दा, जातीय विभाजन र सामाजिक विखण्डनका कारण छिन्नभिन्न हुन पुगेको सिक्किमेली समाजलाई पुनः एकताको सूत्रमा बाँधे जुन प्रयास एसकेएम नेतृत्वले गरेको छ, त्यो सम्पूर्ण मानव समुदायको कल्याण, सामाजिक सद्भाव र सामूहिक अस्मिताका निम्ति एउटा युगान्तकारी पहल हो। यसलाई सिक्किमको सामाजिक इतिहासमा एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा स्मरण गरिनेछ।

मानव सभ्यताको विकाससँगै जोडिएका शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनलगायत विकासका आधारभूत क्षेत्रहरूलाई सुदृढ र व्यवस्थित बनाउन सरकारले अनेकौँ महत्त्वपूर्ण पहलहरू गरेको छ। विभिन्न विषयका शैक्षिक संस्थानहरूको स्थापना, स्वास्थ्य केन्द्रहरूको निर्माण, चलायमान स्वास्थ्य सेवा तथा आधुनिक स्वास्थ्य उपकरण र सवारीसाधनको व्यवस्था, पशुपालन एवं दुग्ध व्यवसायमा संलग्न कृषकहरूलाई प्रोत्साहन, गृहिणीहरूका निम्ति विशेष आर्थिक सहायता तथा विपन्न परिवारका लागि आवास निर्माणजस्ता कार्यक्रमहरू यसका ज्वलन्त उदाहरण हुन्।

त्यसरी नै खेलकुद, साहित्य, कला, सङ्गीत तथा अन्य ललितकलाका विविध विधामा समर्पित प्रतिभाहरूको सम्मान, प्रोत्साहन र संरक्षणका निम्ति सरकारी तथा गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रमहरूको आयोजना गरिनु पनि राज्यको सांस्कृतिक तथा सामाजिक विकासप्रतिको प्रतिबद्धताको परिचायक हो। यस्ता पहलहरूले सिक्किमको प्रतिभा, सिर्जना र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुऱ्याउने मार्ग प्रशस्त तय गरिएका छन्।

यी समग्र गतिविधि र जनकल्याणकारी कार्यक्रमहरूले सिक्किमको विकास यात्रामा वर्तमान सरकारको भूमिका र आवश्यकतालाई अझ स्पष्ट पार्दछन् ।

अब एउटा अत्यन्त संवेदनशील विषयतर्फ पनि हाम्रो ध्यान जानु आवश्यक छ।

सामान्य जीवनयापनका आधारभूत आवश्यकता पूरा गरिरहेका मध्यमवर्गीय तथा निम्नमध्यमवर्गीय परिवारले समेत त्यतिबेला असह्य पीडा र आर्थिक सङ्कटको सामना गर्नुपर्छ, जब परिवारको कुनै सदस्य क्यान्सर, कलेजो, फोक्सो वा मिर्गौलाजस्ता प्राणघातक रोगको चपेटमा पर्दछ। यस्ता रोगको उपचार तथा अङ्ग प्रत्यारोपणमा लाग्ने खर्च सामान्य परिवारको आर्थिक क्षमताभन्दा धेरै माथि हुन्छ। कतिपय अवस्थामा त यस्तो खर्चको कल्पना गर्नसमेत परिवार असमर्थ हुन्छ।

तर, यस्तै विषम परिस्थितिमा परेका हजारौं पीडित परिवारका निम्ति वर्तमान सरकार र मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ आशा र भरोसाको केन्द्र बनेर उभिनुभएको छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थामा पुगेका धेरै नागरिकले सरकारी सहयोग र मानवीय पहलका कारण नयाँ जीवन प्राप्त गरेका छन्। पीडितका निम्ति यस्तो सहयोग केवल आर्थिक सहायता मात्र नभएर जीवनप्रतिको आशा र भरोसाको पुनर्जागरण पनि हो। यही नै वर्तमान सरकारको मानवमुखी कार्यशैलीको एउटा सर्वोत्तम उदाहरण हो।

श्री तामाङको अर्को उल्लेखनीय विशेषता भनेको समाजका हरेक वर्गका मानिसप्रति समान व्यवहार गर्नु हो। साना-ठूला, धनी-गरिब, उच्च-निम्न, महिला-पुरुष अथवा जुनसुकै समुदायका मानिस किन नहुन्, सबैप्रति समान सद्भाव, सम्मान र सहयोगको भावना राख्नु उहाँको व्यक्तित्वको विशिष्ट पक्ष हो। पद, प्रतिष्ठा र शक्तिको अहङ्कारबाट टाढा रहेर जनतासँग सहज रूपमा घुलमिल हुनु पनि उहाँको अर्को अनुकरणीय गुण हो।

प्रत्येक घरका कम्तीमा एक सदस्यलाई सरकारी सेवामा अवसर प्रदान गर्ने लक्ष्य तथा व्यापार-व्यवसाय र स्वरोजगारमा संलग्न हुन चाहनेहरूलाई आर्थिक अनुदान र प्रोत्साहन उपलब्ध गराई आत्मनिर्भर बनाउने प्रयास मुख्यमन्त्रीको समाजमुखी सोच र कार्यशैलीका थप उदाहरण हुन्।

अब यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्न सक्छ। सरकार र नेतृत्व यति धेरै जनमुखी तथा सहयोगी हुँदाहुँदै पनि कतिपय आवश्यकतामा परेका, आर्थिक तथा सामाजिक समस्याबाट गुज्रिरहेका र सरकारी सहयोगका अपेक्षी नागरिकले किन अपेक्षित सहायता प्राप्त गर्न सकिरहेका छैनन्?

यसको एउटा प्रमुख कारण हुन सक्छ- उनीहरूको पीडा, समस्या र वास्तविक आवश्यकता नेतृत्वसम्म यथोचित रूपमा पुग्न नसक्नु।

यसर्थ, यस दिशामा सम्बन्धित हामी सबै जिम्मेवार व्यक्तिहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। ग्राम पञ्चायतका प्रतिनिधिहरू, मुख्यमन्त्री कार्यालयसँग सम्बन्धित पदाधिकारीहरू, विभिन्न तहमा जिम्मेवारी सम्हालिरहेका पार्टीका कार्यकर्ताहरू तथा राजनीतिक नियुक्ति प्राप्त व्यक्तित्वहरूले पनि मुख्यमन्त्रीकै जस्तो सेवाभाव, मानवीय संवेदना र सहयोगी भावना आत्मसात् गर्न सक्यौं भने सिक्किमजस्तो सानो राज्यमा असम्भव भन्ने कुनै कुरा रहनेछैन।

किनभने सरकारको नेतृत्व जति नै संवेदनशील र जनमुखी किन नहोस्, जनताका समस्या पहिचान गरी ती समस्यालाई उचित निकायसम्म पुऱ्याउने र समाधानको पहल गर्ने जिम्मेवारी तल्लो तहसम्मका जनप्रतिनिधि तथा सम्बन्धित व्यक्तिहरूको पनि हो। नेतृत्वको मानवीय सोचलाई व्यवहारमा उतार्ने दायित्व हामी सबैको हो।

अर्कोतर्फ, हामीले यो पनि बिर्सनु हुँदैन कि सिक्किम भारतवर्षकै एउटा सानो र कम जनसङ्ख्या भएको सुन्दर राज्य हो। त्यसैले आवश्यकतामा परेका तथा सहयोगका अपेक्षी नागरिकहरूले पनि समय, परिस्थिति र अनुकूल अवसर प्राप्त भएको अवस्थामा राज्यका मुख्यमन्त्रीसँग प्रत्यक्ष भेटघाट गरी आफ्ना समस्या र गुनासाहरू राख्ने अवसर अवश्य प्राप्त गर्न सक्नेछन् भन्ने आशा गर्न सकिन्छ।

र अर्को एउटा ध्रुवसत्य के हो भने, त्यस्तो अवसर प्राप्त गरी आफ्ना समस्या उहाँसमक्ष राख्न सकेमा सहयोगको अपेक्षा बोकेर पुग्ने नागरिकहरू निराश भएर फर्किनुपर्ने छैन भन्ने हाम्रो दृढ विश्वास छ।

अन्ततः, कुनै पनि समाजको समृद्धि केवल सरकारको प्रयासले मात्र सम्भव हुँदैन । त्यसका निम्ति सरकार, नेतृत्व, जनप्रतिनिधि, कार्यकर्ता र आम नागरिक सबैको सकारात्मक सोच, सामूहिक प्रयास र साझा प्रतिबद्धता आवश्यक हुन्छ।

त्यसैले निराशा होइन, आशा बोकेर अघि बढौँ। नकारात्मकता होइन, सकारात्मक सोचलाई आत्मसात् गरौं। आपसी सद्भाव, सहकार्य र सेवाभावलाई जीवनको मूलमन्त्र बनाउँदै समृद्धिको यात्रामा अघि बढिरहौँ।

किनभने सकारात्मक सोच, दृढ सङ्कल्प र सामूहिक प्रयासले नै हामीलाई निर्धारित गन्तव्यसम्म पुऱ्याउन सक्छ।

आउनुहोस्, हामी सबै मिलेर एउटा सुन्दर, शान्त, स्वस्थ, एकताबद्ध र समृद्ध सिक्किम निर्माण गर्ने सङ्कल्प गरौं।

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: Gangtok, News from Sikkim, Sikkim, Sikkim News, मानवता
SC Desk November 18, 2026 November 18, 2026
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
परिवर्तनको नाम गरेर झूठ, अफवाह र फरेबको आड़मा सत्ता हत्याउन सफल भएको एसकेएम सरकारमा जनता वाक्क दिक्क भएका छन् : एस डी एफ

प्रेस विज्ञप्ति  आज तारीख ४ अक्टोबर, २०२१ -को दिन जूम-सालघारी क्षेत्र अन्तर्गत…

Rs. 20000 for non-working mothers under ‘Aama Scheme’: CM PS Tamang

Chief Minister PS Tamang while addressing an event at Baiguney, West Sikkim…

Rider duo from Sikkim to participate in Royal Enfield Continental GT 650 Cup

Though motorsports ecosystem may not be popular in Sikkim or may be…

You Might Also Like

Participants outside the Dalai Lama Library and Archive during a visit.
Sikkim

TPI’s Young Indian Scholars Conference Opens Doors for Emerging Researchers in the Himalayan Region

By SC Desk
BJP Leader Shri Murli Manohar Joshi Along with Policymakers, Scientists and Environmentalists Convened to Address the Future of the Himalayan Region and the Urgent Climate Risks It Faces
National

BJP Leader Shri Murli Manohar Joshi Along with Policymakers, Scientists and Environmentalists Convened to Address the Future of the Himalayan Region and the Urgent Climate Risks It Faces

By admin
Chief Minister Prem Singh Tamang Inaugurates Refurbished Sikkim Guest House in Guwahati
PoliticsSikkim

Chief Minister Prem Singh Tamang Inaugurates Refurbished Sikkim Guest House in Guwahati

By SC Bureau
Joymoti Arrives at Vantara for Urgent Medical Care Following Flood Rescue
Sikkim

Joymoti Arrives at Vantara for Urgent Medical Care Following Flood Rescue

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?