Politics

सिक्किम र सिक्किमको अधिकारसँग कहिले समझौता गरेका थिएनौं अनि भविष्यमा पनि गर्ने छैनौं : पवन चामलिङ

पूर्व मुख्यमन्त्री एंव एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले वर्तमान मुख्यमन्त्री पी एस तामाङ विरुद्ध निकै गम्भीर आरोप लगाउनु भएको छ।
एसडीएफ पार्टीको महासभालाई सम्बोधन गर्दै पवन चामलिङले धेरै मुद्दा उठाउन भएको छ।

सिक्किममा हात हतियार भित्र्याउनमा मुख्यमन्त्री पी एस तामाङको हात हुन सक्ने बताउँदै सेन्ट्रल एजेन्सि RAW SIB ले एसमा नजर राख्नु पर्ने बताउनु भएको छ।

आसामबाट मुख्यमन्त्री पी एस तामाङ तीन पल्ट सड़कको माध्यमबाट सिक्किम फर्किएको पवन चामलिङको भनाई रहेको छ।

मुख्यमन्त्री पी एस तामाङले मेरो टीम रेडी छ भनेर कसलाई धम्की दिएको हो भनी चामलिङले प्रश्न तेर्साउनु भएको छ।
सभालाई सम्बोधन गर्दै उहाँले भन्नु भयो “मुख्यमन्त्रीको काम जनतालाई सुरक्षा प्रदान गर्ने हो कि धम्की लगाउने हो। कसलाई धम्की दिएको हो। मलाई धम्की दिएको हो”।

वर्तमान सरकारमा व्यापक कालो पैसाको चलखेल भएको र मिन्तोग्याङमा पैसा गन्ने मशिन रहेको पवन चामलिङको अर्को आरोप रहेको छ।वर्तमान सरकारमा दिउँसो उज्यालोमा विकास गर्ने पैसा छैन तर रातभरि बाँड्ने पैसा छ,उहाँले भन्नुभयो।

वर्तमान सरकारले चार वर्षमा 12 हजार करोड़ भन्दा बढी लोन लिएको र अहिले सिक्किम आर्थिक स्थितिमा डुबी सकेको उहाँले बताउनु भयो।

सिक्किम सरकारमा अहिले राज्यबाहिरका मानिसहरुको थिचोमिचो बढ़ी भएको सिक्किमको सम्पतीमा उनीहरुको हक अधिकार भएको र सिक्किमवासीहरु अहिले आफ्नै ठाँउमा हेप्पिएर, ठगिएर बस्नु परेको बताउँदै केन्द्र सरकारले यसमा नजर पुरयाउनु पर्ने उहाँले बताउनु भयो।उहाँले भन्नुभयो ” हामी आफ्नै ठाउँमा कुण्ठित भएर बाँच्न भारतको अंग भएका होइनौं”।
एसडीएफ पार्टीको सरकारले कहिले सिक्किम अनि सिक्किमको अधिकारसँग सम्झौता नगरेको र भविष्यमा पनि कुनै सम्झौता नगर्ने उहाँले बताउनु भयो।

सिक्किममा G20 को सभा हुन गइ रहेकोले सिक्किम सरकारले यस अवधी गान्तोकमा Organic Agriculture लाई सोकेस गर्नु पर्ने माग राख्नु भयो। सिक्किम Organic Agriculture को लीडर रहेको पवन चामलिङले बताउनु भयो।

उहाँले एसकेएम पार्टीको गरीब जनकल्याण प्रकोष्ठमा सरकारी पैसा प्रयोग गरेर व्यापक भ्रष्टाचार गरेको आरोप पनि लगाउनु भयो।

एसडीएफ पार्टीको सरकारलाई 2011 को भुइँचालोको पैसा खायो भनेर आरोप लगाउने गरेको विषयमा स्पष्टीकरण दिँदै भुइँचालोको पैसा बाँड्न एसडीएफ सरकारले एक्ट बनाएको अनि वाइट पेपर पनि जारी गरेको बताउँदै अब एसकेएम सरकारले कोभिडको पैसा कहाँ कहाँ खर्च गरेको छ एकट देखाउनु पर्ने अनि वाइट पेपर जारी गर्नु पर्ने पवन चामलिङले बताउनु भयो।

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button