OpinionsPoliticsPOLITY

“10 अगस्तको दिनलाई जन-उन्मुक्ति दिवसको रूपमा पालन गर्नु भनेको हाम्रो न्यायपालिका र संविधानको खिल्ली उड़ाउनु हो”: चामलिङ

यो साता जनताले श्री पवन चामलिङलाई एसकेएम पार्टीको जन-उन्मुक्ति दिवस पालन विषय प्रक्रिया के छ भनेर प्रश्न गरेका छन्। प्रश्नको उत्तरमा श्री चामलिङले जनउन्मुक्ति दिवसको विचारलाई असंवैधानिक अनि अलोकतान्त्रिक बताउनु भएको छ।
“प्रश्न : एसकेएम पार्टीले 10 अगस्तको दिन जन-उन्मुक्ति दिवस पालन गर्दै आइरहेको छ। भ्रष्टाचारको मामलामा अदालतले दोषी ठहऱ्याएपछि वर्तमान मुख्यमन्त्री पीएस गोलेले 10 अगस्तकै दिन एक वर्षको जेल सजाय पूरा गरेर रिहाइ भएका हुन्। यस विषयमा तपाईंको प्रतिक्रिया के छ?

उत्तर : एसकेएम पार्टीले मानिसहरुलाई निरन्तर मूर्ख बनाउने कार्य गरिरहेको छ। उनीहरु मात्र यस प्रकारको असंवैधानिक र अप्रजातान्त्रिक विचार लिएर जनतामा जानसक्छन्। उनीहरुले जन-उन्मुक्ति दिवसको जुन नाटक गरे, शायद राजनीतिमा यो भन्दा तल गिर्ने ठाउँ छैन। यसले सिक्किमको इतिहासलाई साह्रै नराम्ररी कलंकित बनाएको छ। भावी पीढ़ीले सिक्किमको इतिहासमा पल्टाउनेछन् र अदालतले सजाय दिएको एकजना अपराधीले सरकार चलाएको तथा उनले जेल सजाय काटेको दिनलाई जन-उन्मुक्ति दिवसको रुपमा पालन गरेको पाउँदा उनीहरू लज्जित हुनेछन्। उनीहरुले त्यस जनउन्मुक्ति दिवसलाई थुक्नेछन्।
सरसर्ती भन्ने हो भने श्री पीएस गोलेलाई एसडीएफ ले नै राजनीतिमा ल्याएको हो। शासनमा सबै सिक्किमेली समुदायलाई प्रतिनिधित्व दिनको निम्ति हामीले सिक्किममा समावेशी राजनीतिलाई अप्नाएका थियौं। शिक्षकको नोकरीबाट राजीनामा दिएको केवल दुइ महीनापछि एसडीएफ पार्टीले उनलाई क्याबिनेट मन्त्री बनायो। सरकारमा पशुपालन विभागको मन्त्रीको रूपमा उनको प्रथम कार्यकालमा एसडीएफ सरकारले कृषकहरुको आयस्रोत बनाइदिन दूधालू गाई वितरण गर्ने कल्याणकारी योजना शुरु गऱ्यो। उनले विभागीय मन्त्रीको रूपमा त्यो योजनाको बजटको घोर दुरुपयोग गरे।
गाई वितरण योजनाको बजटमा घोटाला भएको थाहा पाएपछि तत्कालीन विपक्षी नेता स्वर्गीय श्री नरबहादुर भण्डारीले राज्यपालकहाँ शिकायत गरे। राज्यपालले मुख्य सचिवलाई घोटालामाथि जाँच गरेर आफूकहाँ रिपोर्ट पेश गर्ने निर्देश दिए। तर मुख्य सचिवको रिपोर्टमाथि असन्तुष्ट बन्दै उनले आफ्ना सहयोगीहरु नुकछिरिङ भोटिया, सी.सी. साङदर्पा र दिवंगत श्री पी.आर. सुब्बासित सिक्किम उच्च अदालतमा जनहित याचिका दर्ता गरे। उच्च न्यायालयले सिक्किम सरकारको सतर्कता विभागलाई आरोपमाथि जाँच गरेर त्यसको रिपोर्ट अदालतमा पेश गर्ने निर्देश दियो। 2017 -मा श्री गोलेलाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत दोषी ठहऱ्याएको थियो। सर्वोच्च अदालतले पनि उनको सजायलाई कायम राख्यो। अन्त्यमा अपराध कानूनको अदालतमा आफ्नो अपराध प्रमाणित भएपछि उनको सामू आत्मसमर्पण गर्नुको विकल्प थिएन। उनले एक वर्षको सजाय काटे र 10 अगस्त, 2018 -मा सजाय पूरा गरे।
श्री पीएस गोले किन र कसरी जेल गए भन्ने कुरा यति स्पष्ट छ कि सबैले देख्न र बुझ्न सक्छन्। कस्तो दिमाग र हृदयले यस्तो दुर्भाग्यपूर्ण दिनलाई जन-उन्मुक्ति दिवसको रूपमा पालन गर्ने कुरा सोच्न पनि सक्छ? उनीहरु अपराधिताको महिमामण्डन गरिरहेका छन् र श्री गोलेको भ्रष्ट विरासतको उत्सव मनाइरहेका छन्। 10 अगस्तको दिनलाई जन-उन्मुक्ति दिवसको रूपमा पालन गर्नु भनेको हाम्रो न्यायपालिका र संविधानको खिल्ली उड़ाउनु हो। श्री गोलेले सजाय पूरा गरेको दिनलाई जन-उन्मुक्ति दिवस भनेर एसकेएम पार्टीले अदालतको फसेला गलत हो भनिरहेको छ, अदालत भ्रष्ट छ र श्री पीएस गोले निष्कलङ्क छन् भनिरहेको छ। यस्तो कार्य प्रजातन्त्र र जनादेशको घोर दुरूपयोग हो। भारतीय गणराज्यमा हाम्रो देश सिक्किमलाई विलय गराएर जुन मूल्यमा हामीले संविधान र कानुनको शासन हासिल गऱ्यौं, त्यसलाई श्री पीएस गोले र उनका सहयोगीहरुले दूषित पारेका छन्।
वास्तवमा एसकेएम पार्टीले यस दिनको शोक मनाउनुपर्ने हो। यो दिन हाम्रो राज्यमा एकजना सजायप्राप्त व्यक्तिले राज गरिरहेका छन् भन्ने कुराको सम्झौनी दिन हो। यो दिनले हाम्रा वर्तमान मुख्यमन्त्रीलाई माननीय उच्च अदालतले भ्रष्टाचारको दोषी प्रमाणित गरेको कालो सच्चाईको सम्झना गराउँछ। यसै दिनले सिक्किम भारतको एकमात्र राज्य हो, जहाँ दोषी व्यक्ति मुख्यमन्त्री बन्छन् भन्ने कुराको सम्झना गराउँछ। यो कस्तो जन-उन्मुक्ति दिवस हो?
जब कुनै दोषीले आफ्नो जेल सजाय पूरा गर्छ, त्यसले अदालतको फसेला गलत थियो भन्ने कुराको प्रमाण दिँदैन। दोषीको सजाय अवधि अदालतले निर्धारण गर्छ र त्यो अवधि एक दिन सकिन्छ तर यसको अर्थ उनले जे गरे, त्यो सही थियो भन्ने होइन। श्री गोलेले एक वर्षको जेल सजाय काट्नुको अर्थ नै उनी भ्रष्टाचारको मामिलामा वास्तवमा दोषी छन् भन्ने हो। यसैले कुनै अपराधी सजाय काटेर जेलबाट निस्कनुलाई कसरी जन-उन्मुक्ति भन्न सकिन्छ? यस मामिलामा के सिक्किमेली जनता दोषी प्रमाणित भएर जेल गएका थिए अनि जेलमुक्त गरिएका थिए? श्री पीएस गोले जनताको निम्ति जेल गएका थिए कि भ्रष्टाचार मामिलामा दोषी भएर जेल गएका थिए?
एसकेएमले सिक्किमेली जनताको गरिमालाई खसाउने कार्य गरिरहेको छ। उनीहरु श्री पीएस गोलेको भ्रष्टाचारसित जनताको मुक्तिलाई जोड़िरहेका छन्। यो खुल्लम खुल्ला बदमाशी हो। यो एउटा निरङ्कूश मानसिकता हो, जसअन्तर्गत जेलबाट आफ्नो रिहाईको दिनलाई सार्वजनिक उत्सवको रूपमा पालन गर्नको निम्ति निर्दोष मानिसहरुलाई बाध्य पारिन्छ। यो त निरङ्कूश शासकहरुको इतिहास समान छैन, जो आफ्ना कुकार्यहरुको उत्सव मनाउन आफ्ना प्रजाहरुलाई बाध्य बनाउँथे? कुन प्रकारको नेताले आफ्ना कुकर्म, भ्रष्ट अतीत र अदालतको सजायलाई जन-उन्मुक्ति दिवसको रूपमा पालन गर्न मानिसहरुलाई बाध्य बनाउँछ? सिक्किमको दशा आज त्यस्तै छ।
श्री पीएस गोलेले सिक्किमको लागि दुइवटा विश्व कीर्तिमान कायम गरेका छन्। सिक्किम मात्र एउटा त्यस्तो राज्य हो, जहाँ भ्रष्टाचारका दोषी र भर्खरै मात्र जेलमुक्त बनेका व्यक्ति मुख्यमन्त्री छन्। अनि अर्को, विश्वमै सिक्किम एउटा मात्र त्यस्तो राज्य हो, जहाँ सजाय काटेर अपराधी जेलबाट निस्केको दिनलाई जन-उन्मुक्ति दिवसको रूपमा पालन गरिन्छ। उनले ‘नेता’ -को परिभाषा नै बद्ली गरेका छन्। उनका अनुसार मान्छे जति बढ़ी दुराचारी र अपराधी हो, त्यति नै असल नेता बन्छ। उनले स्वयंलाई झूट र छलको संस्थान वा विश्वविद्यालयको रूपमा स्थापित गरेका छन् तथा कानून तोड़्नमा प्रसिद्धी हासिल गरेका छन्। यदि कसैले आफ्नो व्यक्तिगत लाभको निम्ति कानून तोड़्न र आत्मप्रचारको निम्ति झूठ र छल प्रयोग गर्न चाहन्छ भने उनले श्री पीएस गोलेसित सिक्नसक्छ।
यतिमात्र होइन, यी निर्लज्ज व्यक्तिले आफूलाई नेलसन मण्डेलासित तुलना गरिरहेका छन् र हास्यास्पद कविताहरु पढ़िरहेका छन्। कति शरमको कुरा हो? नेलसन मण्डेलाको यो भन्दा ठूलो अपमान अरू हुनसक्दैन। उनले मण्डेलासित आफ्नो मूर्खतापूर्ण तुलना गर्न छोड़्नुपर्छ र यस अपमानको निम्ति मण्डेला परिवारसित माफी माग्नुपर्छ। उनले प्रसिद्ध वैश्विक नेता र अहिलेसम्मकै महान नेताहरुमध्येका एक नेलसन मण्डेलाको घोर अपमान गरेका छन्। एक वरिष्ठ राजनेताको रूपमा म सिक्किमेली जनताको तर्फबाट स्वर्गीय मण्डेला र उनको परिवारजनसित क्षमा माग्न चाहन्छु। मेरो निम्ति स्वर्गीय मण्डेला एक प्रतीक रहेका छन्। उनी निकट विगतमा विश्वले देखेका महानतम नेताहरुमध्ये एक हुन्। श्री गोलेले नेलसन मण्डेलाको विरासत बुझ्नका लागि कम्तीमा सय वर्ष गम्भीर अध्ययन गर्नुपर्नेछ। उनी लालची, भ्रष्ट, बेईमान, छली र दुराचारी तथा भ्रष्टाचारमा दोषी प्रमाणित भएको व्यक्ति होइनन् तर विश्वनायक थिए, छन् र सदैव रहनेछन्।
सिक्किममा जनताको उन्मुक्ति हासिल गर्नको निम्ति एउटा वास्तविक क्रान्ति छेड़्ने समय आइसकेको छ। कानून व्यवस्था विफल भएको, प्रजातन्त्रको हत्या भएको, शान्ति गायब भएको तथा अपराध दर बढ़ेको राज्यमा जनताको उन्मुक्ति समयको माग बनेको छ। हामी यसलाई हासिल गर्नेछौं र यो शासन ढलेपछि क्रान्तिको उत्सव मनाउनेछौं।”

कृष्ण खरेल
उपाध्यक्ष,प्रचार प्रसार मामिला
एसडीएफ|
23.08.2022

In this week people have asked views of Shri Pawan Chamling on the Jan-Unmukti Diwas of SKM party. Shri Chamling answering the question of the people says Ideas of Jan-Unmukti Diwas are unconstitutional and undemocratic.
” Q. The SKM party is celebrating 10th August as people’s liberation day. It was the day on which Chief Minister PS Goley completed the one-year sentence that he served after his conviction in a scam. What are your thoughts on this matter?

Ans: The SKM party never ceases to spring silly surprises on the people. Only they can come up with such unconstitutional and undemocratic ideas. But this one is, perhaps, the lowest they can go. Our Sikkimese history has been tainted in the ugliest manner and the future generations will look back in disbelief that a convicted criminal headed the government and his release from a one year imprisonment was celebrated as Jan-Unmukti Diwas (People’s Liberation Day). They will spit at this event.

Just to give a quick background to this story. Mr. PS Tamang (Goley) was introduced into Sikkim politics by me as we adopted inclusive politics in Sikkim with a view to provide representation from all the Sikkimese communities in the governance. The SDF party made him a cabinet minister within two months of his resignation from his teacher’s job. During his first term as a Minister of the Animal Husbandry Department, the SDF government introduced a welfare scheme of distributing milching cows to farmers and he grossly misappropriated the budget. The late Mr. NB Bhandari, the then opposition leader, with his colleagues Mr. Nuk Tshering Bhutia, CC Sangderpa and the late Mr. PR Subba filed a PIL against the corruption. The High Court directed the Sikkim government to conduct a vigilance investigation and submit the case to the Court. In 2017, he was held guilty under the Prevention of Corruption Act. His conviction was upheld by the Supreme Court, too. When he realized that his crime had been proven in the Court of Law, he had no option but to surrender. He served a one year sentence and was released on 10 August, 2018.

The facts are so clear for everyone to see. What kind of mind and heart would even think of celebrating such an unfortunate day as Jan-Unmukti Diwas? They are glorifying criminality and celebrating his corrupt legacy. To celebrate 10th August as People’s Liberation Day is to make a mockery of our judiciary and the Constitution itself. By doing so, the SKM party is claiming that the court verdict was a mistake. The SKM party is saying that the court was corrupt and Mr. PS Tamang was clean. It is a gross abuse of democracy and the people’s mandate. The Constitution and the Rule of Law that Sikkim acquired in the costliest manner by merging our Kingdom with the Republic of India has been defiled by PS Tamang and his colleagues. The Constitution needs to be purified by the Sikkim Government.

In fact, the SKM party should mourn this day. This day is a reminder that our state is ruled by a convicted man. This day is a reminder of the dark reality that our incumbent Chief Minister was proven guilty of corruption by the Honourable High Court. This day is also a reminder of the fact that Sikkim is the only state in India where a convicted man is the Chief Minister. What kind of a people’s liberation day is this?

When a convict completes his or her sentence, that doesn’t prove the court verdict wrong. A convict is free from his sentence but that does not mean that what he did was not wrong. Therefore, when Mr. PS Tamang (Goley) completed his one-year imprisonment, that simply meant that he was truly guilty of corruption. How can the release of a convict be termed as the people’s liberation. Were Sikkimese people convicted, jailed and freed? Was he in jail for the people of Sikkim or for the corruption that he was involved with?

This is the SKM way of underestimating the people’s dignity. They are mixing the people’s liberation with the corruption of the SKM leader. It is open bullying. It is a despotic mindset, forcing innocent people to celebrate his release from jail as a public festival. Doesn’t it sound like the old stories of autocratic rulers forcing their subjects to celebrate their bad deeds? What kind of a leader forces people to celebrate his misdeeds, corrupt past and court conviction as the people’s liberation day? That is the state of affairs of Sikkim. Where is he leading Sikkim to?

Mr Goley has made two world records for Sikkim. Sikkim is the only state where the Chief Minister is a man convicted of corruption and freshly released from jail. Another record is that Sikkim is the only state in the world where the day of release of a convicted criminal is celebrated as the People’s Liberations Day. He has changed the definition of a leader. According to him, the more immoral and criminal you are, the better leader you are. He has established himself as the “Institution or University of lies and deceit” and a legendary lawbreaker. Anyone who wants to learn to use lies and deceit for self-promotion and break laws for personal gain can come to him.

Moreover, this shameless man is comparing himself with Nelson Mandela and reading funny poems. What a shame! There can be no greater humiliation of Nelson Mandela. He should stop this silly comparison and apologize to the Mandela family for committing such an offence. He has grossly disgraced this legendary global leader, one of the greatest leaders of all time. I, as a senior politician, on behalf of Sikkim, would like to apologize to the late Mr. Mandela and his family. To me, Mr. Nelson Mandela has been an icon. He is one of the greatest leaders the world has seen in recent times. Mr. Goley would need least 100 years of serious study to understand Mr. Nelson Mandela’s legacy. He was, is and will remain a global hero – not a greedy, corrupt, dishonest, deceitful and immoral fellow who was convicted of corruption.

The time has come for a true revolution to achieve the People’s Liberation in Sikkim. In a state where law and order has failed, democracy has died, peace has vanished and the crime rate has increased, People’s Liberation is the need of the hour. We will achieve it and celebrate it when this regime is unseated.”

Krishna Kharel
Vice-President, Press & Publicity Affairs
SDF.
21.08.2022

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button