By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: अस्पतालमा स्वास्थ कर्मचारीहरुमाथि प्राणघातक आक्रमण हुनु भनेको राज्यको कानून व्यावस्था कमजोर हुनु हो : एस डी एफ
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
PoliticsSikkim

अस्पतालमा स्वास्थ कर्मचारीहरुमाथि प्राणघातक आक्रमण हुनु भनेको राज्यको कानून व्यावस्था कमजोर हुनु हो : एस डी एफ

SC Desk
Last updated: 2021/12/15 at 12:04 PM
By SC Desk
Share
2 Min Read
SHARE

अस्पतालमा स्वास्थ कर्मचारीहरुमाथि प्राणघातक आक्रमण हुनु भनेको राज्यको कानून व्यावस्था कमजोर हुनु हो : एस डी एफ

प्रेस विज्ञप्ति
 
हिज १४ डिसम्बरको दिन सोचेग्याङ एसटीएनएम नयाँ अस्पतालमा स्वास्थ्य-कर्मचारीहरूमाथि भएको प्राणघातक आक्रमणले राज्य र राज्यबासीलाई स्तब्ध बनाएको छ। गम्भीर रूपमा घाइते बनेका स्वास्थ्य-कर्मचारीहरुलाई शिघ्र स्वास्थ्य लाभ होस् भनी हामी कामना व्यक्त गर्दछौँ।

यसका साथै रोगीहरूलाई जीवन दान दिन खटिएका डाक्टर अनि अस्पतालको साफ-सफाईमा जुटेकी नारी कर्मचारीप्रति दिनको उज्यालोमा प्राणघातक आक्रमण भएकोमा हामी यस काण्डको कड़ा शब्दमा भर्त्सना जनाउँदछौं।

यसरी अस्पतालमा स्वास्थ्य कर्मचारीहरूमाथि प्राणघातक आक्रमण हुनु भनेको राज्यको कानुन व्यवस्था कमजोर, फ्यातुलो र मेरूदण्डहीन भएको प्रमाण हो भनी एसडीएफ पार्टी ठहर गर्दछ। यसले आज रोगीहरूको ज्यान बचाउने डाक्टर, नर्स र अन्य स्वास्थ्य-कर्मचारीहरु राज्यमा सुरक्षित छैनन् भन्ने पुष्टि भएको छ। अब साधारण जनताको सुरक्षा कसले गर्छ? यसको जवाबदेही स्वास्थ्य विभाग र गृह विभाग एवं सिक्किम सरकार हुनुपर्छ।

एसकेएम पार्टी सत्तामा आउनअघि यस प्रकारको नृशंस घटनाहरू सिक्किममा घटेको थिएन। यसको जनता साक्षी छन्‌। तर राज्यको बागडोर जुन दिनदेखि एसकेएम सरकारको हातमा पर्‍यो त्यस दिनदेखि यहाँ हत्या, हिंसा, कुटपीट, झैँझगड़ाजस्तो निन्दनीय अनेकौँ घटनाहरू घटिरहेको छ। गत २ डिसम्बरको मध्यरातमा राजधानी गान्तोकको मुटु एमजी मार्गमा जाइलो गाडीले हिर्‍काएर दुई निर्दोष युवाहरूको हत्या गरेको थियो। एमजी मार्गमा गाडी पस्नसम्म प्रतिबन्ध गरिएको छ। गाडी प्रतिबन्धित राजधानीको प्रमुख ठाउँमा यसरी जाइलो गाडीले हिर्काएर निर्दोष युवाहरूको प्राण लिनु भनेको सिक्किमको इतिहासकै निशंस र भयमयी घटना हो। यस घटनाले सिक्किमको सबै नागरिकहरूका मानसिकतामा ठुलो घात पुगेको छ। यस निशंस घटनाले पनि एसकेएम सरकारमा कानुन व्यवस्था एकदमै कमजोर र निष्क्रिय भएको उदाङ्‌गो पारेको छ।

२४ घण्टा पुलिसको निगरानी हुनुपर्ने ठाउँ अस्पताल अनि एमजी मार्गजस्तो मुख्य स्थानहरूमा भएको प्राणघातक आक्रमण काण्डले शान्तमयी सिक्किमको छबी देश र दुनियाँको नजरमा खस्किएको छ। यो पर्यटकस्थलका दृष्टिले पनि ठुलो नोक्सानी हो।  साथै राज्यवासीहरूका लागि पनि एकदमै चिन्ताको विषय हो। यदि एसकेएम सरकारले राज्यवासी एवं सरकारी कर्मचारीहरुको ज्यानमालको रक्षा गर्न सक्दैन भने एसकेएम पार्टीले सरकारको चौकी छोड़ेको उचित हुनेछ। यस्ता निशंस घटनाहरूबाट सिक्किम र सिक्किमेली जनतालाई सुरक्षा दिननसक्ने सरकार र नेतृत्वले नैतिकताको आधारमा चौकी त्यागेकै राम्रो हो भनी हामी ठहर गर्दछौँ। 

विष्णु दुलाल 
सचिव, प्रचार-प्रसार मामिला 
एसडीएफ ।

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: Gangtok, News from Sikkim, Pawan Chamling, Sikkim, Sikkim News, SKM
SC Desk December 15, 2021 December 15, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
परिवर्तनको नाम गरेर झूठ, अफवाह र फरेबको आड़मा सत्ता हत्याउन सफल भएको एसकेएम सरकारमा जनता वाक्क दिक्क भएका छन् : एस डी एफ

प्रेस विज्ञप्ति  आज तारीख ४ अक्टोबर, २०२१ -को दिन जूम-सालघारी क्षेत्र अन्तर्गत…

Rs. 20000 for non-working mothers under ‘Aama Scheme’: CM PS Tamang

Chief Minister PS Tamang while addressing an event at Baiguney, West Sikkim…

Rider duo from Sikkim to participate in Royal Enfield Continental GT 650 Cup

Though motorsports ecosystem may not be popular in Sikkim or may be…

You Might Also Like

BJP Leader Shri Murli Manohar Joshi Along with Policymakers, Scientists and Environmentalists Convened to Address the Future of the Himalayan Region and the Urgent Climate Risks It Faces
National

BJP Leader Shri Murli Manohar Joshi Along with Policymakers, Scientists and Environmentalists Convened to Address the Future of the Himalayan Region and the Urgent Climate Risks It Faces

By admin
Chief Minister Prem Singh Tamang Inaugurates Refurbished Sikkim Guest House in Guwahati
PoliticsSikkim

Chief Minister Prem Singh Tamang Inaugurates Refurbished Sikkim Guest House in Guwahati

By SC Bureau
Sikkim highlights Terrain-Specific Water Management priorities at Jal Shakti Summit
Sikkim

Sikkim highlights Terrain-Specific Water Management priorities at Jal Shakti Summit

By SC Desk
DC Gyalshing Conducts Follow-up Inspection of Landslide-Affected Areas at Singlitam and Rimbi
Sikkim

DC Gyalshing Conducts Follow-up Inspection of Landslide-Affected Areas at Singlitam and Rimbi

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?