SikkimPolitics

एसडीएफ पार्टीको भावी कार्यक्रम र रणनीतिहरु बारे चर्चा गर्न सभा राखियो

प्रेस विज्ञप्ति
आज गान्तोक बाईपासस्थित एसडीएफ मुख्यालयमा पार्टीको समन्वया सभा सम्पन्न गरियो। एसडीएफ पार्टीको प्रशासनिक मामिलाको तत्वावधानमा आयोजित आजको सभा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्व विधानसभा अध्यक्ष श्री के टी ग्याल्छेनले अध्यक्षता गर्नु भयो। 
एसडीएफ पार्टीको विभिन्न भातृ सङ्‌गठनका पदाधिकारीहरूले विशेष रूपमा सहभागिता जनाएको यस समन्वया सभामा पार्टीको भावी कार्यक्रम र रणनीतिहरू बारे व्यापक चर्चा-परिचर्चा गरियो। पार्टीको सबै भातृ सङ्‌गठनलाई सक्रिया तुल्याउन अविलम्ब विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने सभाले मूल रूपमा निर्णय लिएको छ। यसका अतिरिक्त सिक्किमेली जनताको हितार्थ पार्टीले जनसम्पर्क अभियान प्रारम्भ गर्ने अर्को मुख्य निर्णय पनि आजको सभाले लियो।
यस सभामा भातृ सङ्‌गठनका प्रतिनिधिहरूले आगामी दिनमा पार्टीमा कसरी अनि कस्तो प्रकारले काम गर्नुपर्ने विषयमा सुझाउहरू राखे । अध्यक्षीय सम्बोधनमा श्री ग्याल्छेनले पार्टीको भातृ सङ्‌गठनलाई दह्रिलो बनाएर आपसी सद्भाव र सहयोगितामा सिक्किमेली जनताको निम्ति कार्म गर्न जरूरी रहेको बताउनु भयो। यसका साथै उहाँले एसडीएफ पार्टीको समानता, समृद्धि र न्यायको मूल नीतिले मात्र सिक्किम अनि सिक्किमेली जनताको सर्वाङ्‌गीन विकास गर्न सक्ने विचार पनि प्रकट गर्नु भयो। सिक्किमेली जनतालाई न्याय, शान्ति र सुरक्षा दिलाउनका निम्ति एसडीएफ पार्टीलाई सधै जुझारु, सक्रिय र जीवन्त राख्न पार्टीका सबै पदाधिकारीहरूलाई एकजुट बनिदिने आग्रह पनि उहाँले गर्नु भयो।
आजको सभामा युवा मोर्चा, विद्यार्थी मोर्चा, चेली मोर्चा, मजदुर मोर्चा, किसान मोर्चा आदिजस्ता भातृ सङ्‌गठनका पदाधिकारीलगायत पूर्व विधायकगण, पूर्व अनि वर्तमान पञ्चायतगण तथा पार्टीका केन्द्रिय कार्यकारिणी समितिका सदस्यहरूले उपस्थित जनाए। 
 

विष्णु दुलाल 
सचिव, प्रचारप्रसार मामिला 
एसडीएफ ।

१.१२.२०२१

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button