By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: “(सोरेङ हिंसा घटना) हिंसा फैलाउनेहरूलाई उचित सजाय दिनुपर्छ”: सिक्किम प्रोग्रेसिभ युथ फोरम –
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Uncategorized

“(सोरेङ हिंसा घटना) हिंसा फैलाउनेहरूलाई उचित सजाय दिनुपर्छ”: सिक्किम प्रोग्रेसिभ युथ फोरम –

SC Desk
Last updated: 2022/05/04 at 9:37 AM
By SC Desk
Share
4 Min Read
Soreng incident
Soreng incident
SHARE

प्रेस विज्ञप्ती

सोरेङको घटनामा संगठनको अढान

सोरेङ हिंसा घटना
सोरेङ हिंसा घटना

प्रजातन्त्रको स्थापना गर्न संसारभरी अनगन्ती मानिसहरूले संघर्ष र वलिदान गरेका हुन। एकतन्त्रे शाषनलाई उखेलेर मानिसहरूले
कानुनको आधारमा चल्ने राज्यहरूको स्थापना गरेका हुन्‌| सिक्किममा पनि धेरै मानिसहरूको संघर्षहरूको आधारमा लोकतन्त्र
स्थापित भएको हो। राज्य कानुन र संविधानको आधारमा चल्न थालेको हो।

यो लामो संघर्ष गरेर स्थापित गरेको लोकतन्त्र, आजको वर्तमान अवस्थामा प्रतिगमनको दिशा उन्मुख राज्य सत्ताले हिंसा गरेर मुढकी, ढुंगा, मुढा र मसलको बलमा चलाउने प्रयास गरिरहेका छन्‌ |

गत २० अप्रिल २०२२ को दिनसोरेङ जिल्लामा दुईपार्टी बीचको द्वन्दमा प्राणघातक हमला गरेको घटना संगै बन्दुक पडकाएको
घटना अघि आएको थियो। शान्त सिक्किममा यस्ता घटना सृजना गर्ने स्थिति वर्तमान सत्तारूढ पार्टीले गरिरहेको छ। सत्तारूढ पार्टीको
अगाडी नतमस्तक नहुनेहरू माथी के कस्ता कदम उठाउन सक्छ सरकारले भन्ने कुरालाई स्थापित गर्न खोजिएको देखियो। वर्तमान
सत्तारूढ पार्टीका विचार भन्दा विपरीत विचार राख्नेहरूलाई हिंसाको बलले मिच्ने निरन्तर प्रयास गरिरहेको बेलामा सोरेङको घटना
त्यही हिसांका बलमा सत्ता चलाउनेहरूले गरेको एउटा उदाहरण हो। यसरी संविधानको आधारमा चलाउनु पर्ने राज्यलाई मुढकीको
बलले चलाउने प्रयासलाई हामी घोर विरोध गर्दछौं। सत्ताको तानाशाही प्रवृतिको विरोध गर्दछौं। प्राणघातक हमला गर्ने सत्तारूढ
पार्टीको कदमको ब्यापक रूपमा बिरोध गर्छौं।

हिसांको बलमा आम जनसाधारणलाई नियन्त्रण गराउन खोज्नेहरू थुप्रै हुन्छन्‌ । तर खतरा त्यो बेला हुन्छ जब सत्ताले नै यस्ता शक्तिको
सहायता लिएर मानिसहरूमा भयपुर्ण स्थिति निर्माण गर्छ। वर्तमान सत्तारूढ पार्टीका धेरै समर्थकहरू यस्ता हिंसापुर्ण राजनीतिको विरोध
गरिरहेका छन्‌ तर पार्टीका कतिपय अन्धो भक्तहरू भने हिंसाको समर्थन गर्न अथवा उचित सिद्ध गर्न अनेकौं आधारहिन तर्क दिई रहेका
छन्‌| वर्तमान सत्तारूढ पार्टीले विगतको सरकारले गरेका यस्ता घटनाका सन्दर्भ लिँईदै सोरेङको घटनालाई उचित ठहर्याउन लागी
परेको छ। विगतका सरकारले गरेको भ्रष्टचारलाई उदाङ्गो पारेर उचित सजाय गर्छ भनेर मानिसहरूले अपेक्षा गरिरहेको बेला आजको
वर्तमान सत्तारूढ पार्टी झन्‌ ज्यादा भ्रष्टचारमा लिप्त हुनु अनि हिंसालाई बढावा दिन लागीरहेको छ।

राज्यमा अनेकौं समस्याहरूले आक्रमण गरिरहेको छ। समस्याहरू जस्तै बेरोजगार, महँगाई, आर्थिक असमानता, शिक्षा र स्वास्थ्यमा
नीजिकरण गरेर मानिसहरू खरिद गर्न असमर्थ बनिरहेका छन्‌, उचित न्युनतम ज्याला पाउनबाट वञ्चित भई रहेका छन्‌] यी
समस्याहरूलाई समाधान गर्न राज्य सरकार असमर्थ बनि रहँदा हिंसा फैलाएर मानिसहरूको ध्यान भडकाउन सत्ताको सचेतन प्रयास
हो। यस्ता घटनाले समाजको वास्ताविक समस्यालाई किनाराकृत गरिदिन्छ। वर्तमान सत्तारूढ एस.के.एम सरकारको यो किसिमको
कदमहरूको हामी खण्डन गर्दछौं।

पुलिस प्रशासन जो राज्यका मानिसहरूलाई सुरक्षा प्रदान गर्न राखिएको छ, चाहे विगतमा होस या वर्तमानमा, सत्तारूढ पार्टीका ईमान्दार
कार्यकर्ता सरह काम गरेका देखिन्छ। हामी पुलिस प्रशासनलाई पनि आव्हान गर्न चाहान्छौ की, कुनै पनि घटनालाई निष्पक्ष रूपमा
जाँच गरियोस। सत्तारूढ पार्टीका हिसांलाई सहायता पुर्याउने काम मात्र नगरियोस। स्वतन्त्र रूपमा काम गरेर मान्छेमा पुलिस प्रति भरोसा
रहोस।

हामी समग्र नागरिकलाई अपिल गर्न चाहान्छौं, यी किसिमका राज्य सत्ताको निर्देशनमा संचालित हिंसाको प्रतिरोध गरौं। आज कसै
माथि कुट पिट गरेर हैकम चलाउनेहरूले भोलि तपाईहरूलाई पनि यस्तै व्यवहार गर्न सक्छन्‌। अन्यायको प्रतिरोध गरौं। विगतमा
हामीलाई पनि यसै गर्थे भन्दै सत्तारूढ पार्टीले श्रमजीवि वर्गलाई भावनात्मक रूपमा प्रयोग गरेरै अर्को श्रमजीवि वर्ग संग लढाउने काम
गरिरहेको षडयन्त्रलाई सबैले राम्रो संग बुझ्नु पर्छ । श्रमजीवि वर्गले यस्ता मालिक वर्ग साथै सत्ताको सस्तो षडयन्त्रपुर्ण कदमको पहिचान
गरेर संगठीत हुँदै वास्ताविक समस्याका लागी लढन अग्रसर बनौं।

हामी सिक्किम प्रोग्रेसिभ युथ फोरम सरकारलाई माग गर्दछौं की त्यस घटनामा संलग्न भएर हिंसा फैलाउनेहरूलाई उचित सजाय दिनुपर्छ
तर, विपरीत विचार राख्नेहरूलाई गिरफ्तार गरेर झन्‌ हिंसा फैलाउनेहरूलाई समर्थन नदियोस।

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: Gangtok, News from Sikkim, SDF, Sikkim, Sikkim News, SKM
SC Desk May 4, 2022 May 4, 2022
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
National capital swelters under relentless heatwave

New Delhi, the national capital endured another day of punishing heat as…

The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

You Might Also Like

National

National capital swelters under relentless heatwave

By SC Desk
Latest News

Sikkim Chief Minister meets medal-winning athletes from Khelo India Games

By SC Desk
Latest News

Viksit Krishi Sankalp Abhiyan continues at Soreng and Gyalshing District

By SC Desk
National

Four crew missing as Singapore-flagged cargo ship burns off Kerala coast

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?