By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: शैक्षिक संस्थानहरु खोल्ने दिशामा सरकारले उचित रणनीति बनाउन आवश्यक: भा ज पा
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
PoliticsSikkim

शैक्षिक संस्थानहरु खोल्ने दिशामा सरकारले उचित रणनीति बनाउन आवश्यक: भा ज पा

SC Desk
Last updated: 2021/10/07 at 10:55 AM
By SC Desk
Share
3 Min Read
SHARE

विज्ञप्ति

09 अगस्त, 2021 

शैक्षिक संस्थानहरू खोल्ने दिशामा सरकारले उचित रणनीति बनाउन आवश्यक हाम्रो देश साथै विश्वले विगत डेढ़ वर्षदेखि कोभिड महामारीविरूद्ध संघर्ष गरिरहेको छ जसमा हाम्रो राज्य सिक्किम पनि अछुतो छैन। यस महामारीको कारणले देशको सबै व्यवस्था नै चपेटमा आएको कारण विगत डेढ़ वर्षमा विभिन्न क्षेत्रमा ठूलो नोक्सानी खप्न बाध्य बनेको छ भने यसमा सबैभन्दा प्रभावित क्षेत्र हो शिक्षा क्षेत्र। देशको भविष्य निर्माण गर्ने शिक्षा क्षेत्रलाई कोरोना महामारीले अपूरणीय क्षति पुर्‍याएको कसैको नजरबाट लुक्न सकेको छैन।

सिक्किम राज्यमा पनि गत वर्षको मार्चदेखि अहिलेसम्म शैक्षिक संस्थानहरू पूर्णरूपले ठप्प रहेका छन् जसको सबैभन्दा अधिक नोक्सान विद्यार्थीहरूलाई भइरहेको छ। वर्तमानमा राज्य सरकारले आगामी 31 अगस्तसम्मलाई सबै शैक्षिक संस्थानहरू बन्द रहने अधिसूचित गरिसकेको छ। कोरोना महामारीमा शैक्षिक संस्थानहरू बन्द भएको कारण आज विद्यार्थीहरूले एकातिर शिक्षार्जनमा ठूलो समस्याको सामना गर्नुपरिरहेको छ भने निरन्तर घरमै बसेर अनलाइन शिक्षा हासिल गर्नुपर्ने बाध्यताले विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई पनि ठूलो प्रभाव परिरहेको समग्र अभिभावकहरूले महसुस गरेको विषय हो।

संस्थानहरूमा गएर प्रत्यक्ष शिक्षा आर्जन साथै अन्य क्रियाकलापहरूमा सहभागिता जनाउन असमर्थ विद्यार्थीहरू अहिले घरमै कैद भएर बस्नुपरेको छ जो सम्बन्धित सबैको निम्ति चिन्ताको विषय हो। वर्तमानमा सिक्किम राज्य कोरोना भाइरसको दोस्रो लहरसित संघर्षरत भएपनि अब विस्तारै यो लहर अन्तिम चरणमा पुगेको छ। यसका साथै सिक्किममा 18 वर्षभन्दा माथिका 95 प्रतिशत भन्दा बढ़ी जनसंख्यालाई कम्तिमा कोभिड भ्याक्सिनको पहिलो डोज लगाइसकिएको छ। यसका साथै जनमानसमा कोरोना नियमावलीबारे पनि पूर्ण सचेतना आइसकेको अवस्था छ।

यसर्थ, राज्य सरकार तथा शिक्षा विभागले अब कम्तिमा माध्यमिक स्तरदेखि माथिका शैक्षिक संस्थानहरूलाई चरणबद्ध रूपमा विद्यार्थीहरूको निम्ति खुला गर्न उचित रणनीति तयार गर्नुपर्ने भाजपा सिक्किम सुझाउ दिन चाहन्छ। जसरी अहिले राज्यमा सरकारी कार्यालयहरू 100 प्रतिशत कर्मचारीहरूका साथ सञ्चालनमा ल्याइएको छ, शहर बजारहरू आंशिक प्रतिबन्धका साथ खुला गरिएको छ, यसरी नै अब  विश्वविद्यालयहरू अनि महाविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको निम्ति अड-इभनको सूत्रअन्तर्गत खुला गरेर कम्तिमा विद्यार्थीहरूलाई साताको तीन दिन नै भएपनि प्रत्यक्ष शिक्षार्जन गराउने दिशामा पहल गर्नुपर्ने सम्पूर्ण अभिभावकहरूले पनि महसुस गरेको विषय हो। यसको निम्ति शिक्षा विभाग तथा विश्वविद्यालय, महाविद्यालय प्रशासन साथै उच्च माध्यमिक स्कूल प्रशासनले एउटा रणनीति तयार गरेर उपरोक्त विषयमाथि पहल गर्न भाजपा सिक्किम प्रदेश सुझाउ दिन चाहन्छ।

कोरोना भाइरसको दोस्रो लहरमा केन्द्र सरकारले लकडाउन साथै अन्य प्रतिबन्धहरू लगाउने विषयमा सम्पूर्ण क्षमता राज्य सरकारलाई दिएको छ। अहिले देशमा यो दोस्रो लहर कम्जोर हुँदै जाँदैछ भने विभिन्न राज्यहरूले विस्तारै शैक्षिक संस्थानहरू खोल्न शुरू गरिसकेका छन् भने कतिपय राज्यहरूले यसमाथि विचार गरिरहेका छन्। यसर्थ, सिक्किम सरकार अनि राज्यको शिक्षा विभागले पनि उचित रणनीति तय गरेर आगामी सेप्टेम्बर महिनादेखि कम्तिमा कक्षा 10 देखि माथिका विद्यार्थीहरूको निम्ति प्रत्यक्ष शिक्षार्जनको वातावरण तयार पार्न भाजपा सिक्किम सुझाउ दिन चाहन्छ। 

डीबी चौहान

अध्यक्ष

भाजपा सिक्किम

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
SC Desk October 7, 2021 October 7, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
परिवर्तनको नाम गरेर झूठ, अफवाह र फरेबको आड़मा सत्ता हत्याउन सफल भएको एसकेएम सरकारमा जनता वाक्क दिक्क भएका छन् : एस डी एफ

प्रेस विज्ञप्ति  आज तारीख ४ अक्टोबर, २०२१ -को दिन जूम-सालघारी क्षेत्र अन्तर्गत…

Rs. 20000 for non-working mothers under ‘Aama Scheme’: CM PS Tamang

Chief Minister PS Tamang while addressing an event at Baiguney, West Sikkim…

Rider duo from Sikkim to participate in Royal Enfield Continental GT 650 Cup

Though motorsports ecosystem may not be popular in Sikkim or may be…

You Might Also Like

BJP Leader Shri Murli Manohar Joshi Along with Policymakers, Scientists and Environmentalists Convened to Address the Future of the Himalayan Region and the Urgent Climate Risks It Faces
National

BJP Leader Shri Murli Manohar Joshi Along with Policymakers, Scientists and Environmentalists Convened to Address the Future of the Himalayan Region and the Urgent Climate Risks It Faces

By admin
Chief Minister Prem Singh Tamang Inaugurates Refurbished Sikkim Guest House in Guwahati
PoliticsSikkim

Chief Minister Prem Singh Tamang Inaugurates Refurbished Sikkim Guest House in Guwahati

By SC Bureau
Sikkim highlights Terrain-Specific Water Management priorities at Jal Shakti Summit
Sikkim

Sikkim highlights Terrain-Specific Water Management priorities at Jal Shakti Summit

By SC Desk
DC Gyalshing Conducts Follow-up Inspection of Landslide-Affected Areas at Singlitam and Rimbi
Sikkim

DC Gyalshing Conducts Follow-up Inspection of Landslide-Affected Areas at Singlitam and Rimbi

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?