By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: शैक्षिक संस्थानहरु खोल्ने दिशामा सरकारले उचित रणनीति बनाउन आवश्यक: भा ज पा
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
PoliticsSikkim

शैक्षिक संस्थानहरु खोल्ने दिशामा सरकारले उचित रणनीति बनाउन आवश्यक: भा ज पा

SC Desk
Last updated: 2021/10/07 at 10:55 AM
By SC Desk
Share
3 Min Read
SHARE

विज्ञप्ति

09 अगस्त, 2021 

शैक्षिक संस्थानहरू खोल्ने दिशामा सरकारले उचित रणनीति बनाउन आवश्यक हाम्रो देश साथै विश्वले विगत डेढ़ वर्षदेखि कोभिड महामारीविरूद्ध संघर्ष गरिरहेको छ जसमा हाम्रो राज्य सिक्किम पनि अछुतो छैन। यस महामारीको कारणले देशको सबै व्यवस्था नै चपेटमा आएको कारण विगत डेढ़ वर्षमा विभिन्न क्षेत्रमा ठूलो नोक्सानी खप्न बाध्य बनेको छ भने यसमा सबैभन्दा प्रभावित क्षेत्र हो शिक्षा क्षेत्र। देशको भविष्य निर्माण गर्ने शिक्षा क्षेत्रलाई कोरोना महामारीले अपूरणीय क्षति पुर्‍याएको कसैको नजरबाट लुक्न सकेको छैन।

सिक्किम राज्यमा पनि गत वर्षको मार्चदेखि अहिलेसम्म शैक्षिक संस्थानहरू पूर्णरूपले ठप्प रहेका छन् जसको सबैभन्दा अधिक नोक्सान विद्यार्थीहरूलाई भइरहेको छ। वर्तमानमा राज्य सरकारले आगामी 31 अगस्तसम्मलाई सबै शैक्षिक संस्थानहरू बन्द रहने अधिसूचित गरिसकेको छ। कोरोना महामारीमा शैक्षिक संस्थानहरू बन्द भएको कारण आज विद्यार्थीहरूले एकातिर शिक्षार्जनमा ठूलो समस्याको सामना गर्नुपरिरहेको छ भने निरन्तर घरमै बसेर अनलाइन शिक्षा हासिल गर्नुपर्ने बाध्यताले विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई पनि ठूलो प्रभाव परिरहेको समग्र अभिभावकहरूले महसुस गरेको विषय हो।

संस्थानहरूमा गएर प्रत्यक्ष शिक्षा आर्जन साथै अन्य क्रियाकलापहरूमा सहभागिता जनाउन असमर्थ विद्यार्थीहरू अहिले घरमै कैद भएर बस्नुपरेको छ जो सम्बन्धित सबैको निम्ति चिन्ताको विषय हो। वर्तमानमा सिक्किम राज्य कोरोना भाइरसको दोस्रो लहरसित संघर्षरत भएपनि अब विस्तारै यो लहर अन्तिम चरणमा पुगेको छ। यसका साथै सिक्किममा 18 वर्षभन्दा माथिका 95 प्रतिशत भन्दा बढ़ी जनसंख्यालाई कम्तिमा कोभिड भ्याक्सिनको पहिलो डोज लगाइसकिएको छ। यसका साथै जनमानसमा कोरोना नियमावलीबारे पनि पूर्ण सचेतना आइसकेको अवस्था छ।

यसर्थ, राज्य सरकार तथा शिक्षा विभागले अब कम्तिमा माध्यमिक स्तरदेखि माथिका शैक्षिक संस्थानहरूलाई चरणबद्ध रूपमा विद्यार्थीहरूको निम्ति खुला गर्न उचित रणनीति तयार गर्नुपर्ने भाजपा सिक्किम सुझाउ दिन चाहन्छ। जसरी अहिले राज्यमा सरकारी कार्यालयहरू 100 प्रतिशत कर्मचारीहरूका साथ सञ्चालनमा ल्याइएको छ, शहर बजारहरू आंशिक प्रतिबन्धका साथ खुला गरिएको छ, यसरी नै अब  विश्वविद्यालयहरू अनि महाविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको निम्ति अड-इभनको सूत्रअन्तर्गत खुला गरेर कम्तिमा विद्यार्थीहरूलाई साताको तीन दिन नै भएपनि प्रत्यक्ष शिक्षार्जन गराउने दिशामा पहल गर्नुपर्ने सम्पूर्ण अभिभावकहरूले पनि महसुस गरेको विषय हो। यसको निम्ति शिक्षा विभाग तथा विश्वविद्यालय, महाविद्यालय प्रशासन साथै उच्च माध्यमिक स्कूल प्रशासनले एउटा रणनीति तयार गरेर उपरोक्त विषयमाथि पहल गर्न भाजपा सिक्किम प्रदेश सुझाउ दिन चाहन्छ।

कोरोना भाइरसको दोस्रो लहरमा केन्द्र सरकारले लकडाउन साथै अन्य प्रतिबन्धहरू लगाउने विषयमा सम्पूर्ण क्षमता राज्य सरकारलाई दिएको छ। अहिले देशमा यो दोस्रो लहर कम्जोर हुँदै जाँदैछ भने विभिन्न राज्यहरूले विस्तारै शैक्षिक संस्थानहरू खोल्न शुरू गरिसकेका छन् भने कतिपय राज्यहरूले यसमाथि विचार गरिरहेका छन्। यसर्थ, सिक्किम सरकार अनि राज्यको शिक्षा विभागले पनि उचित रणनीति तय गरेर आगामी सेप्टेम्बर महिनादेखि कम्तिमा कक्षा 10 देखि माथिका विद्यार्थीहरूको निम्ति प्रत्यक्ष शिक्षार्जनको वातावरण तयार पार्न भाजपा सिक्किम सुझाउ दिन चाहन्छ। 

डीबी चौहान

अध्यक्ष

भाजपा सिक्किम

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
SC Desk October 7, 2021 October 7, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
Sikkim’s himalayan GLOF expedition begins

Starting 20th August to 10th September 2025, over 35 experts from six…

The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

You Might Also Like

National

Top Lashkar commanders killed in Joint Op: Indian Forces avenge Pahalgam massacre in Operation Mahadev

By SC Desk
National

ECI to begin Special Intensive Revision of Electoral Rolls in Bihar

By SC Desk
Politics

From hollow accusations to honest governance: the truth about Sikkim today

By SC Desk
National

ECI marks several firsts in Bye-polls: Mobile Deposit Facility; Upgraded VTR sharing process; 100% Webcasting of Polling Stations

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?