प्रेस विज्ञप्ति
30 अप्रेल, 2022
शान्तिप्रिय अनि प्रजातन्त्रप्रेमी जनताको बसोवास रहेको सिक्किम राज्यमा हालका दिनहरूमा राजनैतिक झै-झगड़ाका घटनाहरू दिन प्रतिदिन बढ्दै गइरहेका छन्। विशेष गरी सत्तापक्ष र विपक्षबीचको सिघौंरीले दिन-दिनै उग्र रूप लिइरहेको विषय सिक्किमेली समाजबाट लुक्न सकेको छैन। यसैबीच आज सोरेङमा सत्तारूढ़ एसकेएम अनि विपक्ष एसडीएफ पार्टीबीच भएको झगड़ाले हदै पार गरेको छ। शान्तिप्रिय राज्यमा दिउँसै पिस्तोल देखाउँदै गोली पड्काएको घटना सायद सिक्किमेली इतिहासकै पहिलो घटना हुनसक्छ। शान्ति, सुशासन तथा विकासको राजनीतिमा विश्वास गर्ने भारतीय जनता पार्टी यस प्रकारको घटनाको कड़ा शब्दमा निन्दा गर्दै घटनामा संलग्न दोषीहरूलाई कड़ा कार्वाही गरिनुपर्ने माग गर्दछ।
प्रजातन्त्रमा राजनीतिक दलहरूले कुनै हिंसा र आतंकले होइन तर आफ्नो नीति, सिद्धान्त र कार्यक्रमले जनताको मन जित्नुपर्ने हुन्छ। तर सिक्किमको सन्दर्भमा हालका दिनहरूमा बारम्बार राजनैतिक हिंसाका घटनाहरूमा वृद्धि भइरहेको छ जो सिक्किमेली समाजले कद्दापि स्वीकार गर्नेछैन। हिंसा र आतंकको भरमा जनतामाझ आफ्नो दलको हैकम जमाउने दुष्प्रयासहरू चाँड़ोभन्दा चाँड़ो बन्द हुनुपर्छ। शान्तिप्रिय राज्यको छवि धमिल्याउने यस्ता गतिविधिहरूलाई रोक्न प्रशासनले कड़ा नजर राख्नुपर्ने साथै आजको घटनामा संलग्न दोषीहरूलाई कड़ा कार्वाही गर्नुपर्ने भाजपा सिक्किम माग गर्दछ।
डा. राजु गिरी, प्रवक्ता
भारतीय जनता पार्टी, सिक्किम