मूख्यमन्त्रीको सरकारी आवास मिन्तोग्याङमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको विधायक दलको सभा सम्पन्न

आज मुख्यमन्त्रीको सरकारी आवास मिन्तोग्याङमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको विधायक दलको सभा पार्टी अध्यक्ष एवं मुख्यमन्त्री श्रीमान पीएस गोलेको अध्यक्षतामा सम्पन्न भयो। माननीय मन्त्री एवं पार्टीका सेक्रेटेरी जेनरल श्री अरुण उप्रेतीले स्वागत भाषण राखेपछि शुरु भएको सभामा सभाको औचित्य र एजेण्डाहरूमाथि बोल्दै माननीय पार्टी अध्यक्ष श्रीमान पीएस गोलेले सम्पूर्ण विधायक एवं सिक्किमे जनतालाई नववर्ष 2022 को मंगलमय शुभकामना व्यक्त गर्नु भयो। आफ्नो सम्बोधनमा पार्टी अध्यक्षले एसकेएम पार्टी सरकारमा आएको 32 महिना भएको जनाउँदै बितेको 32 महिनाको छोटो समय अवधिमा नै सिक्किमे जनताको पक्षमा उल्लेखनीय कार्यहरू गर्न सरकार सफल भएको जनाउनु भयो। स्वास्थ्य, शिक्षा, सामाजिक न्याय, पूर्वाधार विकास लगायत अन्य सबै क्षेत्रहरूमा सरकारले जनहितलाई प्राथमिकता दिएर काम गरिरहेको उदाहरण एवं तथ्यङ्कहरू उहाँले प्रस्तुत गर्नु भयो। 32 महिनाको कार्यकालमा सिक्किममा आपसी भाइचारा अनि सामाजिक सदभावना मौलाएर गएको बताउँनु हुँदै वर्तमान एसकेएम सरकारले सबै जात र धर्मलाई समान नजरले हेर्ने अनि समान न्याय र अवसर प्रदान गर्ने महान नीति अपनाएको सभालाई अवगत गराउनु भयो। वैश्विक महामारी कोरोना भाइरसले उत्पन्न गराएको विकराल स्थितिलाई संसारमा नै सिक्किमले सबैभन्दा राम्रो प्रकारले सम्हालेको बताउँदै यस्तो महामारी विरुद्ध सरकार र जनता एक भएर साथ उभिएकोमा समस्त सिक्किमे जनता अनि सरकारको सबै अंगहरूलाई आभार एवं बधाई ज्ञापन गर्नुभयो। अझै पनि कोरोना भाइरसको महामारी समाप्त भइ नसकेकोले गर्दा सरकार अनि जनता मिलेर सचेत भइ काम गर्नुपर्ने सभालाई अवगत गराउनु भयो।
सिक्किमे जनताको विश्वास एसकेएम पार्टीमा भएको कारण पार्टीको सम्पूर्ण सह –नेतृत्वगण अनि कार्यकर्ताहरू आपस्तमा एकतामा बसेर जनताको निम्ति लगातार काम गरिरहनु पर्ने उहाँले आह्वान गर्नु भयो। व्यक्ति र व्यक्तिवादी सोंचदेखि माथि उठेर समाज र राज्यको निम्ति काम गर्नुपर्ने अपील गर्दै एसकेएम पार्टीको जन्म नै सिक्किमे जनताको सेवा गर्नु रहेको उहाँले बताउनु भयो।
आजको सभामा निम्न प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।
1) लामो समयदेखि थाँतिमा रहेको सिक्किमे लिम्बू-तामाङ समुदायले पाउनुपर्ने विधानसभा सीटको मागलाई सम्पूर्ण लिम्बू-तामाङ समुदाय लगायत अन्य सिक्किमे समुदायसँग पनि समन्वय कायम गरेर केन्द्र सरकारसँग सम्पर्क अझ तीब्र अनि प्रभावकारी बनाइने छ। यसको निम्ति लोकसभा सांसद श्री इन्द्रहाङ सुब्बाको अध्यक्षतामा एउटा उच्चस्तरीय समिति गठनको घोषणा आजको सभामा गरिएको छ। समितिको अध्यक्ष श्री इन्द्रहाङ सुब्बाको अगुवाईमा यथाशीघ्र अन्य सदस्यहरू नियुक्त वा गठन गरेर माननीय मुख्यमन्त्रीसँग प्रथम सभा गरिने छ, त्यसपश्चात समितिले केन्द्र सरकारसँग सम्पर्क राखेर लिम्बू तामाङ सीटको मुद्दालाई निष्कर्षमा पुऱ्याउन पहल गर्नेछ।
2) 2) सिक्किमे नेपाली मूलका 12 उपजातिहरुलाई अनुसूचित जनजातिको सूचीमा अन्तभुर्क्त गराउने मागलाई तीब्र बनाएर निष्कर्षमा पुऱ्याउन मुख्यमन्त्रीको राजनैतिक सल्लाहकार श्री टीएन ढकालको अध्यक्षतामा एउटा उच्चस्तरीय समिति गठन गर्ने आजको सभाले निर्णय गरेको छ। समितिको अध्यक्ष श्री टीएन ढकालको अगुवाईमा यथाशीघ्र अन्य सदस्यहरू नियुक्त वा गठन गरेर माननीय मुख्यमन्त्रीसँग प्रथम सभा गरिने छ, त्यसपश्चात समितिले केन्द्र सरकारसँग सम्पर्क राखेर अनुसूचित जनजातिको मान्यताबाट बञ्चित 12 वटा समुदायहरूलाई उक्त सूचीमा गाभ्ने मागलाई निष्कर्षमा पुऱ्याउन पहल गर्नेछ।
3) 3) पुज्यनीय कर्मापा उगेन थिन्ले दोर्जीलाई सिक्किम ल्याउनु विगतको बजेट अधिवेशनमा नै धनराशिको प्रावधान पारित गरेता पनि वैश्विक महामारी कोविड-19 को कारण उक्त शुभकार्य थाँतिमा नै रहेको छ। यही शिलशिलालाई सफल पार्न माननीय मन्त्री श्री सोनाम लामाको अध्यक्षतामा एउटा उच्चस्तरीय समिति गठन गर्ने आजको सभाले निर्णय लिएको छ। यो समितिले पनि माननीय मन्त्री सोनाम लामाको अगुवाईमा यथाशीघ्र पूर्ण समिति गठन गरेर मुख्यमन्त्रीसँग सभा गरी रहल कार्य अघि बढाउने छ।
4) 4) आवासीय प्रमाणपत्र विषय आजको सभामा गम्भीर बहस भएपश्चात अन्तमा निर्णय लिइएको छ कि जो जो व्यक्तहरूले आवासीय प्रमाणपत्रको सबै मापदण्ड पूरा गरेका छन् उनीहरूलाई झट्टै सो प्रमाणपत्र प्रदान गरिनेछ। यस विषय मुख्यमन्त्रीले यथाशीघ्र सम्बन्धित अधिकारीहरूसँग सभा गर्ने निर्णय लिएको छ। आजको सभामा यो पनि निर्णय लिएको छ कि आवासीय प्रमाणपत्र वितरणको निम्ति आवश्यक दस्तावेजहरूको सख्त जाँच गरिने छ अनि सम्पूर्ण दस्तावेज भएकाहरुलाई सरल र छिटो प्रकारले प्रमाणपत्र प्रदान गरिने छ।
5) 5) सरकारी कामकाज अनि जनसुविधालाई मध्यनजर राख्दै अबोप्रान्त सबै विधायकहरू हप्ताको चारदिन सरकारी कार्यालयमा बस्नैपर्ने अनि हप्ताको दुइदिन समष्टीस्तरीय पार्टी कार्यालयमा गएर जनता एवं पार्टी कार्यकर्ताहरूसँग भेटघाट गर्नुपर्ने आजको सभाले निर्णय लिएको छ।
6) 6) आउँदो मार्चमहिनाभित्र गरीब जनतालाई दिइने सहुलियतहरू जस्तै हाउस अपग्रेशन, च्यादर अनि अन्य सामाग्रीहरू बाढ्ने पनि आजको सभाले निर्णय लिएको छ।
7) 7) समष्टीहरूमा भइरहेको विभिन्न विकासीय पूर्वाधार निर्माणको कामहरूको सम्बन्धित क्षेत्रका विधायक एवं सम्बन्धित विभागका मन्त्रीहरूले लगाताररुपमा निरीक्षण गरिरहनु पर्ने अनि कुनै कामहरू विलम्ब भइरहेको छ भने ती कामहरू समयमा पूर्ण गर्न हरसम्भव कोशिश गर्नु पर्ने आजको सभामा निर्णय भएको छ।
प्रेषक
जेकब खालिङ
प्रवक्ता
सिक्किम क्रान्तिकारी मोर्चा