POLITY

एसडीएफ अध्यक्षको सुरक्षा कवच बढ़ाइनुपर्ने माग गर्दै मुख्यसचिव, गृहसचिव, साथै डीजीपीलाई पार्टीले बुझायो ज्ञापन पत्र

प्रेस विज्ञप्ति

आज सिक्किम सरकारका मुख्यसचिव, गृहसचिव साथै डाइरेक्टर जेनरल अव्‌ पुलिस (डीजीपी)-समक्ष एसडीएफ पार्टीका प्रतिनिधि टोलीले एउटा ज्ञापन पत्र चढाएको छ। ज्ञापन पत्र चढाउने प्रतिनिधि टोलीमा एसडीएफ पार्टीका प्रमुख प्रवक्ता तथा उपाध्यक्ष श्री एम. के सुब्बा, जिल्ला कार्यकारीणी समितिका अध्यक्ष डा मिचुङ भोटिया, उपाध्यक्ष प्रचार-प्रसार मामिला श्री किशोर खड्का, महासचिव-प्रभारी पश्चिम जिल्ला श्री टाशी ग्याछो भुटिया साथै पुर्व जिल्ला कार्यकारिणी समिति श्री अध्यक्ष कर्मा टाशी भुटिया थिए।

पार्टीले चढाएको उक्त ज्ञापन पत्रमा पूर्व मुख्यमन्त्री एवं एसडीएफ अध्यक्ष श्री पवन चामलिङ र एसडीएफ कार्यकर्ताहरूलाई सामाजिक भ्रमणको क्रममा दक्षिण सिक्किमको मल्ली बजार अनि सुक्रबारे सदाममा असामाजिक तत्त्वहरुले गरेको प्राणघातक हमला र नाराबाजीको उल्लेख गरिएको छ। उक्त दुर्भाग्यपूर्ण घटनाको उल्लेखसँगै पार्टीले प्रशासनसमक्ष एसडीएफ अध्यक्षको सुरक्षा कवच बढाइनुपर्ने विशेष माग राखेको छ।

यसरी नै ज्ञपान पत्रमा एसडीएफ पार्टीका सदस्यहरुले राज्यमा शान्तिको वातावरण बहाली हुनुपर्ने माग पनि राखेको छ। साथै मल्ली बजारमा असभ्य भाषामा गाली गर्ने अनि शुक्रबारे सदाम गाउँमा पूर्व मुख्यमन्त्री अनि एसडीएफ पार्टीका कार्यकर्ताहरूमाथि ढुङ्‌गा-मूढा गर्ने असामाजिक तत्त्वहरूलाई प्रशासनले चाँडो भन्दा चाँडो पक्राउ गरी उचित सजाय दिनुपर्छ भन्ने अर्को माग पनि राखेको छ। राज्यका समग्र जनतालगायत पूर्व मुख्यमन्त्री एवं एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङको सुरक्षाको दायित्व सिक्किम सरकारको हो। यसैले पूर्व मुख्यन्त्रीको जीवन र ज्यानमाथि केही हुन गए त्यसको सरासर जिम्मेवारी सरकारले लिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

विष्णु दुलाल
सचिव, प्रचारप्रसार मामिला
एसडीएफ पार्टी ।

11.01.2022

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button