By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: एसकेएम पार्टीको अराजक र अनुशासनहिन चरित्र सत्ताको आड़मा दिनहुँ फस्टाएर गइरहेको छ : एसडीएफ
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Latest News

एसकेएम पार्टीको अराजक र अनुशासनहिन चरित्र सत्ताको आड़मा दिनहुँ फस्टाएर गइरहेको छ : एसडीएफ

SC Desk
Last updated: 2022/02/01 at 9:35 AM
By SC Desk
Share
3 Min Read
SHARE

प्रेस विज्ञप्ति
राज्यमा सत्तारूढ एसकेएम पार्टीको अराजक र अनुशासनहिन चरित्र सत्ताको आडमा दिनुहुँ फस्टाएर गइरहेको छ। गुन्डागर्दी, हिंसा र तोडफोडलाई राजनीतिक हतियार बनाउने एसकेएम पार्टीको हैकमवादी र एकतन्त्री क्रियाकलापले एकापटि राज्यको शान्ति श्रृङ्‌खलालाई भङ्‌ग गरिरहेको छ भने अर्कोपटि शान्तिप्रिय सिक्किमेली जनमानसमा आतङ्‌क सिर्जना गरिरहेको छ। यसले सिक्किममा पी एस गोलेको नेतृत्वधीन एसकेएम सरकारमा कानुनी शासन नभएको प्रमाण गर्दछ।

हिज अर्थात ८ जनवरीका दिन पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टीका अध्यक्ष श्री पवन चामलिङमाथि एसकेएम पार्टीका कार्यकर्ताहरूले मल्लीबजारमा अपद्र गाली-गलोज गरे। सामाजिक भ्रमणमा निक्लिनु भएका पूर्व मुख्यमन्त्रीमाथि यस प्रकारको व्यवहार गरिनु अत्यन्त दुर्भाग्यपूर्ण र निन्दनीय घटना हो भनी एसडीएफ पार्टी ठहर गर्दै यसको घोर भत्सर्ना जनाउँदछ। अराजक जथ्थाले प्रशासनकै नाकअघि देशकै एक अनुभावी तथा वरिष्ठ नेतालाई बाटो रोक्ने,अभद्र गाली गर्दै अपमान गर्ने जुन गैरकानुनी साथै अप्रजातान्त्रिक काम गरेको छ। उनीहरूलाई प्रशासनले तुरुन्त पक्राउ गरी कानुनी दण्ड दिनुपर्छ भनी एसडीएफ पार्टी माग गर्दछ।

यसरी नै सामाजिक भ्रमणको दोस्रो दिन आज मल्ली निर्वाचन क्षेत्रको सदाम सुन्तले पुगि फर्किनु भएका पूर्व मुख्यमन्त्रीका काफिलामाथि तारेभीरमा ढुङ्‌गामुढा हानेर प्राणघातक हमला गर्ने अर्को दुर्भाग्यपूर्ण घटना घट्यो। यो कान्ड अमानवीय र असामाजिक कान्ड हो। यस कान्डको एसडीएफ पार्टी जोडदार खण्डन गर्दछ।   

राज्यमा एसकेएम पार्टीले सत्ता सम्हालेदेखि यता हत्या,हिंसा,काटमार,गुन्डागर्दी  र लुटमारका घटना बडनुमात्र होइन खुल्ला रूपमा बैधानिक भएको छ। पूर्व मुख्यमन्त्रीमाथि प्राण घातक हमला हुनु, विपक्षी पार्टीका कार्यकर्तालाई दिनको उज्यालोमा कुटपिट गर्नु, एमजी मार्गमा गाडीले हिर्‍काएर युवाहरूको हत्या गर्नु आदि अनेकौँ दुर्भाग्यपूर्ण घटना घट्नु भनेको एसकेएम प्रशासनको ठुलो विफलता हो।  सत्ताको आडमा सत्तारूढ एसकेएम पार्टीले सङ्‌गठित अपराध बढाइरहेको एसडीएफ पार्टी ठहर गर्दछ। 

पञ्जापमा गत केही दिनअघि प्रधानमन्त्रीको सुरक्षा उलङ्‌घन भएको घटनाको प्रतिवादमा ‘प्रजातन्त्रमा यो कान्ड स्वीकार्य छैन’ भन्दै मुख्यमन्त्रीले ट्यूट गरेका थिए। प्रजातन्त्रको उलङ्‌घनलाई स्वीकार्न नसक्ने बयान दिने मुख्यमन्त्री पी एस गोलेले राज्यमा भइरहेको अप्रजातान्त्रिक र अराजक घटनामा किन दृष्टि दिँदैनन्‌। एकदमै बिग्रिदैँ गइरहेको राज्यको कानुन-व्यवस्थामाथि मुख्यमन्त्री किन मौन छन्‌?  

संविधान र कानुनको पालन गर्दै  राज्य व्यावस्था संचालन गर्न एसकेएम पार्टीको सरकार पुर्ण रूपले बिफल भएको छ। प्रशासन लगाएर बेफत्तुरका कुरामा बिपक्षी कार्यकर्तालाई सताउनु,प्रताडित गर्नु,जेलमा कोचार्नु अहिले साधारण विषय बनेको छ। सरकारी कर्मचारी,साधारण जनता कोही पनि सुरक्षित छैन। सत्ताको शक्तिलाई दुरुपयोग गरी धक्याउने, डर देखाउने र प्रतिपक्षीका विचारलाई दबाउने सरकारको अहिले सबैभन्दा ठुलो कार्यक्रम बनेको छ। राज्यको नेतृत्वबाट सीबीआईको हाउगुजी देखाएर कानुन,संविधान र न्याय प्रणालीलाई नै प्रभावित बनाउने, बदनाम गराउने र भ्रम फैल्याउने काम भइइरहेको छ।

यसले राष्ट्रिय भावनामा ठेस पुर्‍याउनका साथै देशको अखण्डतामा आँच पुग्ने सम्भावना बढेको छ। यसैले एसडीएफ पार्टी केन्द्र सरकारको ध्यानाकर्षण यसतर्फ गराउन चाहन्छ। वर्तमान राज्य सरकारले संवैधानिक रूपमा राज्यको शासन व्यवस्था चलाउन सकिरहेको छैन। यसैले एसडीएफ पार्टी राज्यका महामहिम राज्यपाललाई यस विषयमाथि गम्भीरताका साथामा हस्तक्षेप गर्नु पर्ने माग पनि राख्दछ। साथै सिक्किमको बढ्दो हिंसा, गुन्डागर्दी र असामाजिक क्रियाकलापबाट राज्यबासीलाई  सतेच बन्ने अपील पनि गर्दछौँ।

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: Gangtok, News from Sikkim, Pawan Chamling, PS Golay, SDF, Sikkim, Sikkim News, SKM
SC Desk February 1, 2022 February 1, 2022
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
परिवर्तनको नाम गरेर झूठ, अफवाह र फरेबको आड़मा सत्ता हत्याउन सफल भएको एसकेएम सरकारमा जनता वाक्क दिक्क भएका छन् : एस डी एफ

प्रेस विज्ञप्ति  आज तारीख ४ अक्टोबर, २०२१ -को दिन जूम-सालघारी क्षेत्र अन्तर्गत…

Rs. 20000 for non-working mothers under ‘Aama Scheme’: CM PS Tamang

Chief Minister PS Tamang while addressing an event at Baiguney, West Sikkim…

Rider duo from Sikkim to participate in Royal Enfield Continental GT 650 Cup

Though motorsports ecosystem may not be popular in Sikkim or may be…

You Might Also Like

Training & Demonstrations on Oyster Mushroom Cultivation Held for Border Populations under Civic Action Programme
Sikkim

Training & Demonstrations on Oyster Mushroom Cultivation Held for Border Populations under Civic Action Programme

By SC Desk
National Space Day-2026, Celebrated in Namchi with Focus on Space Science and Opportunities for Students
Sikkim

National Space Day-2026, Celebrated in Namchi with Focus on Space Science and Opportunities for Students

By SC Bureau
Gyalshing District Administration conducts joint Inspection of Rimbi-Singlitam landslide area. Tourism Minister, DC take stock of situation
Sikkim

Gyalshing District Administration conducts joint Inspection of Rimbi-Singlitam landslide area. Tourism Minister, DC take stock of situation

By SC Desk
A New Dawn in Healthcare: Sikkim Inaugurates Organ Transplantation Centre on Independence Day
Sikkim

A New Dawn in Healthcare: Sikkim Inaugurates Organ Transplantation Centre on Independence Day

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?