SikkimLatest NewsPOLITYएस सी नेपालीसमाचार

सिक्किम सम्पूर्ण विजयी ग्राम तथा जिल्ला पञ्चायत सदस्यहरूप्रति हार्दिक बधाई: डीबी चौहान

गत 10 नोभेम्बरको दिन राज्यमा सम्पन्न दुई स्तरीय पञ्चायत चुनाउको फलाफलसँगै सबै जिल्लामा जिल्ला अध्यक्ष एवं उपाध्यक्षहरूको नियुक्ति प्रक्रिया पूरा भएको छ। यसपल्ट स्वतन्त्र रूपमा भएको पञ्चायत चुनाउमा राजनीतिदेखि पर रहेर विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूले पनि खुला रूपमा आफ्नो उम्मेद्वारिता दिँदै पञ्चायत चुनाउमा वर्चस्व कायम गरेका छन्।

भारतीय जनता पार्टी, सिक्किम सम्पूर्ण विजयी ग्राम तथा जिल्ला पञ्चायत सदस्यहरूप्रति हार्दिक बधाई दिँदै आगामी पाँच वर्षको निम्ति सफल अनि फलदायी कार्यकालको शुभकामना दिन चाहन्छ।
पञ्चायती राजलाई भारतीय संविधानमा स्थानीय स्वराज अथवा स्थानीय सरकार मानिन्छ जोसँग आफ्नो गाउँ-समाजको आर्थिक विकास, सामाजिक न्याय सुदृढ़ीकरण साथै केन्द्र तथा राज्य सरकारका योजनाहरूलाई प्रभावी ढंगमा प्रत्येक जनताको घर-दैलोसम्म पुऱ्याउने महत्वपूर्ण जिम्मेवारी रहेको हुन्छ।

भारतीय संविधानको 73औं संविधान संशोधन, 1992 मा आधुनिक पञ्चायती राज व्यवस्थालाई संवैधानिक मान्यता प्रदान गरिएको थियो जो आजसम्म सरकारीतन्त्रको एउटा महत्वपूर्ण व्यवस्थाको साथै स्थानीय प्रशासनको रूपमा सेवारत छ। सिक्किममा दुई स्तरीय पञ्चायती व्यवस्था स्थापित छ त्यो हो ग्राम तथा जिल्ला पञ्चायत।
यसपल्टको पञ्चायत चुनाउमा धेरै मात्रामा स्वतन्त्र रूपमा खड़ा भएर अराजनैतिक व्यक्तित्वहरू पनि आफ्नो गाउँ-समाजको विकासको निम्ति अघि आएका छन्।

विगत लामो समयदेखि राजनीतिक रूपमा हुँदै आएको पञ्चायती व्यवस्थालाई पुनः स्वच्छ अनि निष्पक्ष व्यवस्था निर्माण गर्न यी स्वतन्त्र पञ्चायतहरूको भूमिका महत्वपूर्ण रहनेछ। लामो समयदेखि राजनीतिक भेदभावमा परेर सरकारी सहुलियत तथा सुविधाहरू पाउनबाट वञ्चित रहेको तप्कालाई पनि अबको स्वतन्त्र पञ्चायती व्यवस्थाले निष्पक्ष रूपमा न्याय दिनेछ भन्ने राज्यवासीले आशा साँचेका छन्। नवनिर्वाचित माननीय पञ्चायतगणले जनता र सिक्किमेली समाजको आशा र आकांक्षालाई सर्वोपरी राखेर आगामी पाँच वर्ष काम गर्नेछन् भन्ने कामना गर्दै सम्पूर्ण नवनियुक्त जिल्ला अध्यक्षगण, जिल्ला उपाध्यक्षगण, जिल्ला पञ्चायत सदस्यगण साथै ग्राम पञ्चायत सदस्यगणलाई सफलताको शुभकामना व्यक्त गर्दछ।

डीबी चौहान, अध्यक्ष
भाजपा सिक्किम प्रदेश

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button