Latest News

एसपी तेञ्जिङ लोदेनले पक्राउ परेका संदिग्ध प्रेसलाई सम्बोधन गर्दा एसडीएफ पार्टीसँग सम्बन्धित रहेको बताएको तर उनीहरु पार्टीको सदस्य नरहेको एसडीएफ पार्टीको दाबी

प्रेस विज्ञप्ति

गत ३१ मार्चको दिन राजधानीस्थित नामनामको पाइनरिज होटलमा पक्राउ परेका सातजना संदिग्ध युवाहरूबारे पुलिस प्रशासनले प्रेस कन्फरेन्सद्वारा आधिकारिक बयान जारी गरे। गान्तोक एसपी श्री तेञ्जिङ लोदेन लेप्चाले प्रेसलाई सम्बोधन गर्ने क्रममा पक्राउ परेका ती संदिग्ध युवाहरू सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीसँग सम्बन्धित रहेको बताउनु भएको छ। यसै सन्दर्भमा हामी भन्दछौँ कि, पुलिसद्वारा पक्राउ परेका ती युवाहरू कोही पनि एसडीएफ पार्टीको सदस्य नभएको र कुनै पदमा नरहेको हुँदा तिनीहरूको एसडीएफ पार्टीसँग कुनै पनि सम्बन्ध छैन। यसै सत्य-तथ्यलाई प्रकाशमा ल्याउँदै एसपी गान्तोकको उक्त बयानलाई हामी कडा शब्दमा खण्डन गर्दछौँ।

पुलिस प्रशासनले यस मुद्दालाई अपराधिक कानुन प्रक्रिया (CRPC) र प्रमाण अधिनियम (Evident Act)-अनुसार छानबिन गर्नुपर्दछ। यी कानुनहरूको आधारमा छानबिन प्रक्रिया पूर्ण नभई अथवा कुनै ठोस प्रमाण बिना र ती संदिग्ध युवाहरूको पक्राउ गरिएको केही समय नबित्दै एसपीले जारी गर्नु भएको उक्त बयान शंकास्पद तथा राजनीतिले प्रेरित देखिन्छ । मुद्दाको छानबिन प्रक्रिया पूर्ण नभई एसडीएफ पार्टीको छबी धमिलाउने र जनतालाई दिग्भ्रमित पार्ने श्री लेप्चाको उक्त बयान अत्यन्त दुर्भाग्यपूर्ण बयान हो। यो बयान निष्पक्ष र न्यायसंगत नरहेको एसडीएफ पार्टी ठहर गर्दछ।

यसरी नै पुलिस प्रशासनले संदिग्ध युवाहरू पक्राउ गरेर थाना नपुराइकन अथवा युवाहरू पक्राउ भएको केही समय नबित्दै एसकेएम पार्टीद्वारा सञ्चालित हाम्रो वार्ता टेलिभिजन र एसकेएम दर्पणले यस घटनालाई एसडीएफ पार्टीसँग जोडेर सामाजिक सञ्जालमा दुष्प्रचार गरे। यो अत्यन्त खेदजनक विषय हो। यो एसकेएम पार्टीको सस्तो राजनीति र निम्न मानसिकताको प्रदर्शन हो भन्दै हामी यसको घोर भर्त्सना गर्दछौँ।
एसडीएफ पार्टीले ३० वर्षको आफ्नो लामो इतिहासमा हिंसा, हत्या र अशान्तिलाई कहिल्यै पनि प्रोत्साहन दिएको छैन। यो सिक्किम र सिक्किमेली जनतालाई विदित भएको विषय हो। एसडीएफ पार्टीको नीति र सिद्धान्त लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित छ। यसै आधारमा प्रतिपक्षीको रूपमा एसडीएफ पार्टीले विगत तीनवर्षदेखि यता जनमुखी कार्यक्रमहरू गर्दै आइरहेका छौँ।

एसडीएफ पार्टी राज्यमा हुने कुनै पनि प्रकारको हत्या, हिंसा र असमाजिक क्रियाकलापको विरोध गर्दछ। पुलिस प्रशासनले पक्राउ गरेका ती संदिग्ध युवाहरूमाथि उचित छानबिन गरी दोषी साबित भएको खण्डमा कडाभन्दा कडा कानुनी कार्वाही गर्नुपर्छ भन्ने हाम्रो माग छ।

विष्णु दुलाल

सचिव, प्रचार-प्रसार मामिला

एसडीएफ।

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button