Sikkimart and culture

जेत्सन डोना लामालाई भोटको निम्ति अपिल गर्दै विक्रम राई,जेकब खालिङ अनि अन्य

दार्जिलिंग विक-रन फाउन्डेशनका संस्थापक बिक्रम राई, सिक्किम राज्यका मुख्यमंत्रीका राजनैतिक सलाहकार जेकब खालिङ,जेत्सन डोना लामाका पिता रोशन लामाले आज सिलिगुड़ी प्रेस क्लबबाट सारेगामापा लिटिल च्याम्पको टप-8 मा पुग्न सफल बनेकी सिक्किमकी छोरी जेत्सन डोना लामालाई जिताउन पहाड़ तराई डुवर्सले भोट गर्ने अपिल गरे।

श्री बिक्रम राईले भने -” जेत्सन डोना लामा एक प्रतिभावान गायिका हुन्। जेत्स्नलाई भोट गर्नको निम्ति धेरैवटा कार्यक्रमहरु विगत केही दिनदेखि दार्जिलिंग, कालेबुङ, सिलिगुड़ी तथा सिक्किममा चलिरहेको छ र यस कार्यलाई निरन्तरता दिंदै दार्जिलिंग कालेबुङ अनि सिक्किमका 7 जना धावकहरुले जेम्सन डोना लामाको सपोर्टमा भोट अपिल गर्दै म्याराथनमा भाग लिने छन्।”

श्री जेकब खालिङ भन्छन् -” जेत्सन डोना लामाको प्रतिभा गायिका हुन्। जसरीकवि,लेखक,खेलाडी, संगीतकारको कुनै सीमा ‌हुंदैन ,उसरी नै जेत्सन डोना लामालाई हामी सिक्किमको ‌पहाडहरुमा मात्र सिमित राख्दैनौं। जेत्सन डोना अब भारत देशको छोरी बनिसकेकी छिन्। “

उनले थप भने – विगत केही दिन अघिदेखि जेत्सनलाई भोटको अपिल गर्दै धेरैवटा कार्यक्रमहरु गरी सकेका छौं साथै आगमी 14 जनवरीदेखि 18 जनवरीसम्म दार्जिलिंगका प्रख्यात म्युजिकल ब्याण्ड ‘ मंत्र ब्याण्ड’, डुवर्सका ख्यातिप्राप्त गायक पुष्पण प्रधान अनि ब्याण्ड साथै सिलिगुड़ीका गायक तन्मय चोधरी अनि ब्याण्डलाई लिएर जयगाउंदेखि सिलिगुड़ी हुंदै दार्जिलिंग,कालेबुङ ,मिरिक साथै सिक्किममा सांगितिक कार्यक्रमहरू गरिने छ। दार्जिलिंग कालेबुङ सिलिगुड़ी साथै सिक्किमले विपुल मतले भोट गरी जेतस्नलाई जिताऔं।”

जेत्सन डोना लामाका पिता श्री रोशन लामाले पनि भोट निम्ति अपिल गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button