By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: मन्त्री सोनाम लामाको सिक्किमको इतिहास साथै लिम्बू जातीको व्याख्यालाई हामी खण्डन गर्दछौं : एलटीभीसी
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Sikkim

मन्त्री सोनाम लामाको सिक्किमको इतिहास साथै लिम्बू जातीको व्याख्यालाई हामी खण्डन गर्दछौं : एलटीभीसी

SC Desk
Last updated: 2021/12/29 at 12:38 PM
By SC Desk
Share
4 Min Read
SHARE

Press Release ​​​​​​​​ 29.12.2021

मन्त्री सोनाम लामाको सिक्किमको इतिहास, लो.मेन.चोङ्ग सोम साथै लिम्बु जातीको व्याख्यालाई हामी खण्डन गर्दछौं

दिसम्बर २७, २०२१ मार्तम रुम्तेक पूर्व सिक्किमको ‘पृ लोसुङ्गको’ कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा सिक्किम सरकारका मन्त्री सोनाम लामाले आफनो सम्बोधनमा लो.मेन.चोङ्ग सोम सन्धी साथै चोङ्ग समुदायका बारेमा गलत प्रकारले व्याख्या गर्दै इतिहासलाई नै झुटो प्रकारले प्रस्तुत गरेका छन् |

उनकै भाषामा भन्नु पर्दा “…नेपालीमा थुप्रो .हामी लो.मेन. चोङ्ग सोम भन्छ, तर लो मेन चोङ्ग सोममा चाहिँ, चोङ्गमा चाहिँ थिप्रो नेपाली आफ्नो आफनो जाती छ यो सबैले आफनो आफनो परम्परा चाहिँ आउने भावी पिढीले सिकोसो र हाम्रो सिक्किममा बसो बासो गर्ने र सिक्किममा जन्मेको हाम्रो आफनो संसकार नहरावोस …” ।

उनको यो सम्बोधनलाई हेर्दा लाग्छकी सिक्किम सरकारको मन्त्री जस्तो जिम्मेवार पदमा बसेर पनी सिक्किमको इतिहासलाई अलिकति पनि बुझेका छैनन् । यस्तो गलत प्रकारले व्याख्या गर्दा चोङ्ग जाती मात्र होईन सम्पुर्ण सिक्किमे नागरीकले नै मन्त्रीलाई प्रश्न गर्नु पर्छ आखिर तिनले व्याख्या गरेको त्यो इतिहास चाहिँ कहाँ छ ? यस्तो भ्रम पुर्वक इतिहास कुन चाहिँ किताबमा मन्त्री लामाले पढेछन् त्यो किताब सम्पुर्ण सिक्किमे समाजमा सार्वजानिक गरिदिउन भन्ने हामी माँग गर्दछौं ।

लो.मेन. चोङ्ग सोमको अंग्रेजी अनुवाद जसलाई प्रो.रिङ्गु टुल्कुले गरेका थिए त्यहाँ तिनले स्पष्ट संग भनेका छन् चोङ्ग भनेको लिम्बु जाती हो । सबै नेपालीहरू चोङ्ग भित्र पर्छन् भनेर कतै पनि भनेको हामी पाउँदैनौं । यसलाई बुझ्न सम्पुर्ण सिक्किमे समाजले इतिहासका विभिन्न किताब हेर्दा पनि हुन्छ । सिक्किम सरकारको वेलफेर विभागले निकालेको १३ सित्मबर २०१८को नोटिफिकेसन (विज्ञाप्ति) अनुसार लिम्बु जाती भित्र लिम्बु, सुब्बा, चोङ्ग अनी यकथुम्बा पर्छन् । तर मन्त्रीको आफनो गोजीको व्याख्याले हामी सम्पुर्ण लिम्बु समुदाय दुखित भएका छौं ।

यस विषयमा वहाँलाई अलिकति पनि सन्देह छ भने वहाँले सिक्किमको इतिहासलाई एक पटक राम्रो संग पढीदिने आग्रह पनि गर्न चाहान्छौं साथै सिक्किमको इतिहास सम्बन्धित थुप्रै मानिसहरू जस्तै ए.सि.सिनहा, एच.एच.रिस्ले, सौल मुलार्ड, डा. आर.के स्प्रिङ्ग, डा.चारू चन्द्र सान्यल, आदीले लेखेका किताबहरू पनि पढने सुझाव दिँदछौं ।

एस.के.एम सरकार साथै मन्त्री लामा स्वयंले सत्तामा आएको १० दिन भित्र नै लिम्बु-तामाङ जातिको सिट ल्याउने भनेर बचन दिएका थिए, आज त्यो नै पार्टी सत्तामा हुँदा अथवा सरकारमा हुँदा सरकार जातीको सिट ल्याउनु त होईन उल्टै लिम्बु अथवा चोङ्ग जातीको इतिहासलाई गलत प्रकारले सिक्किमे समाजमा प्रस्तुत गरिराखेका छन् । लिम्बु जातिमाथि मन्त्रि लामाको व्याख्या र सासंदको संसद भवनको अनुपस्तिथिले स्पष्ट संग देखाई रहेको छ कि सरकार सिट प्रति अलिकति पनि ईमान्दार छैन् ।

मन्त्री लामा, अन्य मन्त्री गण, कोही पनि जनताका प्रतिनिधि साथै संगठनहरूले इतिहासलाई आफनो मन मर्जी व्याख्या गर्न पटकै पाउँदैनन् चाहे त्यो लिम्बु जातीलाई लिएर होस या कुनै पनि जातीको होस । कुनै पनि जातीलाई मेट्टाउनु भन्दा ठुलो कुरा उसको इतिहासलाई मेटाउनु हो मन्त्रि लामाको यो खाले व्याख्याले त्यहि पुष्टी गरेको हामी पाउँछौं । यसरी गलत प्रकारले इतिहासलाई व्याख्या गर्दा जातीलाई मेटाउने काम मात्र होईन सिङ्गै सिक्किमको इतिहासलाई मेटाउने प्रयास पनि हो भनेर मान्छौं हामी । यस्ता झुठा प्रचार गरे वापत मन्त्रीले माफी माँग्दै वास्ताविक इतिहासलाई जनता सामु भन्नु पर्ने पनि हामी सगंठन बाट माँग गर्दछौं ।

यस्ता खाले गलत व्याख्यालाई हामी सम्पुर्ण सिक्किमे समाज मिलेर बिरोध जनाउनु पर्छ । सबै जातीको सहि इतिहास बुझ्न सक्दा हामी सम्पुर्ण सिक्किमका जात-जातीहरू मिलेर बस्न सक्छौं तर गलत इतिहासको पृष्ठभुमीमा भने सबै जातीलाई मिलाउनु अफठ्यारो हुन्छ अनि त्यो गर्नु उचित पनि होईन । सहि इतिहासलाई मान्नु हुने सम्पुर्ण संगठन, गैर सरकारी संगठन, साथै मानुभावहरूलाई यस्ता खाले वयानलाई बिरोध जनाउने पनि हामी अपिल गर्दछौं ।

LTVC

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: Gangtok, News from Sikkim, Sikkim, Sikkim News
SC Desk December 29, 2021 December 29, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
परिवर्तनको नाम गरेर झूठ, अफवाह र फरेबको आड़मा सत्ता हत्याउन सफल भएको एसकेएम सरकारमा जनता वाक्क दिक्क भएका छन् : एस डी एफ

प्रेस विज्ञप्ति  आज तारीख ४ अक्टोबर, २०२१ -को दिन जूम-सालघारी क्षेत्र अन्तर्गत…

Rs. 20000 for non-working mothers under ‘Aama Scheme’: CM PS Tamang

Chief Minister PS Tamang while addressing an event at Baiguney, West Sikkim…

Rider duo from Sikkim to participate in Royal Enfield Continental GT 650 Cup

Though motorsports ecosystem may not be popular in Sikkim or may be…

You Might Also Like

A taste of France, a Tibetan restaurant, a teahouse, a Korean culinary experience, and a restaurant where Japanese finesse meets Korean soul.
Sikkim

A taste of France, a Tibetan restaurant, a teahouse, a Korean culinary experience, and a restaurant where Japanese finesse meets Korean soul.

By SC Desk
Two New Awards Introduced to Honour Sikkim’s Aamas; Grand Preparations Underway for 2nd Aama Samman Diwas at Rangpo
PoliticsSikkim

Two New Awards Introduced to Honour Sikkim’s Aamas; Grand Preparations Underway for 2nd Aama Samman Diwas at Rangpo

By SC Desk
MLA Gnathang-Machong cum Advisor inaugurates rural development and community welfare initiatives at Gnathang-Machong constituency
PoliticsSikkim

MLA Gnathang-Machong cum Advisor inaugurates rural development and community welfare initiatives at Gnathang-Machong constituency

By SC Desk
Sikkim

Joint Inspection Reviews Restoration Measures on Pakyong–Rorathang and Rangpo–Rorathang Roads

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?