By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: जंगल राज एस डी एफ पार्टीको सरकारको पालामा थियो : एस के एम
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
PoliticsSikkim

जंगल राज एस डी एफ पार्टीको सरकारको पालामा थियो : एस के एम

SC Desk
Last updated: 2021/10/07 at 9:47 AM
By SC Desk
Share
4 Min Read
SHARE

प्रेस विज्ञप्ति  21-08-2021 

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार आएपछि सिक्किममा शान्ति, सुरक्षा र आत्मीयताको स्थापना भएको प्रत्यक्ष कुरालाई स्वीकार गर्न नसकी निहुँ खोजे जस्तो गरी आफ्नो भँड़ास पोख्दै एसडीएफ प्रवक्ता जेबी दर्नाल हप्तामा दुइपल्ट फेसबुकमा रुन्छन् ।

दर्नालले सिक्किमे जनतालाई भ्रममा पार्ने उद्देश्यमा उल्टापाल्टी कुरा गरेका छन् जसको एसकेएम पार्टी घोर विरोध अनि निन्दा गर्दछ। दर्नालको मनमा प्रश्न पक्कै छ “हामी सत्तामा हुँदा किन हामीले यतिको काम गर्न सकेनौं?” भन्ने, यही कुरालाई लिएर दर्नाल बार-बार रुन्छन्, सरकारलाई गाली गरेजस्तो गर्छन्।

कतिपय पत्र पत्रिकामा दर्नालले सिक्किममा जंगलराज  चलिरहेको भन्ने बयान दिएको छापिएको छ। दर्नालज्युसँगै एसडीएफ पार्टीमा रुएर जनतालाई अल्मल्याउन खोज्ने, भ्रमित पार्नेहरू अरु पनि छन् भने सुन्नुहोस्, सिक्किम क्रान्तिकारी मोर्चा सरकारले जंगली राजलाई मासेर जनताको राज स्थापित गरेको तपाईंहरूको आँखै अघि छ। जंगलराज एसडीएफ सरकारको पालामा थियो । 

तपाईंहरूलाई थाहा छ, जनतालाई बोल्नसम्मको अधिकार थिएन, हत्या र हिंसाले पराकाष्ठा नाघेको थियो, स्वतन्त्र रहेर समाचार सम्प्रेषण गर्ने पत्रकारहरूको टाउको फुटाएर प्रजातन्त्रको हत्या गरिएको थियो, त्यो थियो जंगलराज । त्यो अन्धो हुकुमतमा प्रशासनिक व्यवस्था यतिसम्म लाचार थियो जनताले स्वच्छन्द घुम्न डराउँथे। जनता न्याय पाउनबाट, अधिकार पाउनबाट वञ्चित थिए। त्यस्तो एकनायकवादी शासकले जनतामाथि यतिबिघ्न अन्याय गर्दा आज  फेसबुकबाट ट्याउँ-ट्याउँ गर्दै कराउने प्रवक्ताले त्यतिबेला जनताको पक्षमा जंगलराजविरुद्ध किन बोलेनन् ।

जबकि उनलाई पनि थाहा छ त्यसताकको घोर कुशासनलाई मासेर एसकेएम सरकारले स्वस्थ शासन स्थापित गरेको छ।  सत्ताको भोको दर्नाल जस्ता मनुवाले सबै कुरा छर्लङ्ग देख्दा देख्दै पनि आफ्नो भोक बिर्सने प्रयासमा, आफ्नो मनको भँडास पोख्ने कुप्रयासमा जनतालाई भ्रममा पार्ने कोशिश नगरून् । कुनै मुद्दा नै नपाएपछि सिक्किममा आत्महत्या बढ्यो भन्दै बुरुक्-बुरुक् उफ्रिने दर्नालहरूले बुझून्, एसडीएफ सरकारकालमा तीन-चार वर्षसम्म लगातार सिक्किम राज्य आत्महत्या दरमा शीर्षमा रहेको थियो। त्यतिबेला दर्नाल कुन दुलोमा थिए? किन चिच्याएनन्? दर्नालले बुझून्, एसकेएम पार्टी सरकारमा आएपछि सिक्किममा आत्यमहत्या दर धेरै घटेको छ, कोट्याएर हेरुन्। 

एसकेएम सरकारले व्यवस्थित ढङ्गमा सरकार सञ्चालन गरिरहेको देखेर आह्रिसे बेहोरा दोखाउने अनि दाह्रा किटेर सरकारलाई दोष्याउने दर्नालजस्ता मनुवालाई सिक्किममा सबैले राम्रोसँग चिनेका छन्। सरकार कसरी  सञ्चालन गर्नुपर्छ भन्ने दर्नालले सिकाइरहनु जरुरी छैन।

एसडीएफकै सरकारकालमा मान्छे कुट्दा, मार्दा, पत्रकार कुट्दा, गाड़ी जलाउँदा, जनतालाई बोल्न नदिँदा विरोध गर्न नसक्ने दर्नालले अहिले आफू विपक्षमा छु भन्ने कुरा सहन नसकेर नानाभाँती कुरा गर्दैछन्, जसले सिक्किमेली जनतामा भ्रम पैदा गरेको छ। दर्नालले कुरा बङ्ग्याएर हरियोलाई पहेंलो भन्दै जनतालाई अल्मल्याउने अधिकार पटक्कै छैन।  कोभिड-19 लाई सिक्किममा नियन्त्रित गर्ने दिशामा एसकेएम सरकारको प्रयास सफल भएको छ। सरकारले आफैं प्रोटोकल तोड्यो भनेर दर्नालले रुन्चे हाँसो हास्नु पर्दैन। सबै सिक्किमे जनतालाई थाहा छ, एसकेएम सरकारले महामारीलाई ध्यानमा राखेर धेरैवटा कार्यक्रमहरू स्थगित गरेको छ। कोरोना संक्रमणको साङ्ली तोड्न सरकारले सबै उपाय लगाएको छ र अहिले संक्रमणको दर प्रतिदिन घटिरहेको छ।

एउटा कोठाभित्र बसेर बगमफुसे कुरा गरी जनतालाई अल्मल्याउँदा राज्यको विकास हुँदैन भन्ने कुरा एसडीएफका कोठे राजनीतिज्ञहरूले बुझून्। एसकेएम सरकार जनताको सुरक्षा, सेवा र सम्मानको निम्ति जहिल्यै पनि अघि रहनेछ र सिक्किमको सर्वाङ्गीण विकास र लोकतान्त्रिक जनाधिकारको दिशामा सधैं लागिरहनेछ। एसडीएफका प्रवक्ता भनौंदाहरूले आफ्नो व्यक्तिगत भड़ाँस पोख्ने कुत्सित प्रयासमा जनतालाई अल्मल्याउने कोशिश नगरुन् ।   

रञ्जना प्रधान सचिव,

प्रचार – प्रसार प्रभाग

एसकेएम पार्टी

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
SC Desk October 7, 2021 October 7, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
परिवर्तनको नाम गरेर झूठ, अफवाह र फरेबको आड़मा सत्ता हत्याउन सफल भएको एसकेएम सरकारमा जनता वाक्क दिक्क भएका छन् : एस डी एफ

प्रेस विज्ञप्ति  आज तारीख ४ अक्टोबर, २०२१ -को दिन जूम-सालघारी क्षेत्र अन्तर्गत…

Rs. 20000 for non-working mothers under ‘Aama Scheme’: CM PS Tamang

Chief Minister PS Tamang while addressing an event at Baiguney, West Sikkim…

Rider duo from Sikkim to participate in Royal Enfield Continental GT 650 Cup

Though motorsports ecosystem may not be popular in Sikkim or may be…

You Might Also Like

Sustainable Shiitake Mushroom Cultivation: Promoting Women-Led Livelihoods through Science and Technology
Sikkim

Sustainable Shiitake Mushroom Cultivation: Promoting Women-Led Livelihoods through Science and Technology

By SC Desk
Area Expansion Programme on Bamboo Plantation Under the National Bamboo Mission (NBM),organised by Department of Horticulture, Mangan District,North Sikkim.
Sikkim

Area Expansion Programme on Bamboo Plantation Under the National Bamboo Mission (NBM),organised by Department of Horticulture, Mangan District,North Sikkim.

By SC Desk
A taste of France, a Tibetan restaurant, a teahouse, a Korean culinary experience, and a restaurant where Japanese finesse meets Korean soul.
Sikkim

A taste of France, a Tibetan restaurant, a teahouse, a Korean culinary experience, and a restaurant where Japanese finesse meets Korean soul.

By SC Desk
Two New Awards Introduced to Honour Sikkim’s Aamas; Grand Preparations Underway for 2nd Aama Samman Diwas at Rangpo
PoliticsSikkim

Two New Awards Introduced to Honour Sikkim’s Aamas; Grand Preparations Underway for 2nd Aama Samman Diwas at Rangpo

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?