By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: “शान्तमय सिक्किममा एसडीएफका बन्दुकधारी आतंकवादी” – बिरेन्द्र तामलिङ, सिक्किम क्रान्तिकारी मोर्चा
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Uncategorized

“शान्तमय सिक्किममा एसडीएफका बन्दुकधारी आतंकवादी” – बिरेन्द्र तामलिङ, सिक्किम क्रान्तिकारी मोर्चा

SC Desk
Last updated: 2022/05/01 at 4:17 AM
By SC Desk
Share
3 Min Read
SHARE

प्रेस विज्ञप्ति

शान्तमय सिक्किममा एसडीएफका बन्दुकधारी आतंकवादीहरूले आज बन्दुक
उठाएर आफ्नो आतंकवादी स्वरुप मात्र देखाएको छैन सिक्किमे समाजमा त्रास जगाएको छ, सिक्किमका जनतालाई डरपूर्ण अवस्थामा पुन्याएको छ, जुन कुकृत्यको सिक्किम क्रान्तिकारी मोर्चा पार्टी घोर विरोध र निन्दा गर्दछ। पश्चिम सिक्किमको सोरेङमा आज एसडीएफका अग्रपंक्तिका कार्यकर्ता भनौदोहरूले बन्दुक पड्काउँदै आफूहरू आतंकवादी रहेको प्रमाणित गरेको छ। जन्मिएदेखि नै आतंकवादको रुप बोकेको एसडीएफले आज पनि गुण्डापन, हिंस्रक गतिविधि र जनतालाई डर देखाउने संस्कृति छोडन सकेको छैन।

आजको घटना अनुसार, सोरेङबाट कुनै काम विशेषले रिन्चेनपोङ गइरहेका
एसकेएम पार्टीका कार्यकर्ता प्रमोद तामाङ गाङ्डी जाम भएर रोकिएको बेला एसडीएफको
कथित प्रवक्ता अरुण लिम्बूले प्रमोदको आँखामा बिषालु वस्तु छ्यापिदियो। पसपछि अर्को
प्रवक्ता भनाउँदो अविनाश याखाले पिस्तोल निकालेर गाडीबाटै फायरिङ शुरु गन्यो।
याखाले बन्दुक बोकेको एसकेएम कार्यकर्ताले देखेपछि याखा घटनास्थलबाट फायरिङ गर्दै
भागेको हो। सामाजिक सञ्जालमा फैलिएको भिडियोमा स्पष्ट देख सकिन्छ कि पाखाले
दौडिँदै ३ देखि 4 फायर गरेको छ। यसरी खुल्लम खुल्ला बन्दुक पड्काउने अनुमति
याखालाई कसले दियो? याखाको आतंककारी क्रियाकलापको कारण एसकेएम कतिपय
कार्यकर्तालाई चोट समेत लागेको छ। एसडीएफ पार्टीले यस्तो हिंस्रक क्रियाकलाप गरेर
सिक्किमको छबिलाई बिगार्ने र राज्यको शान्ति शृंखला भंग गर्ने दुष्प्रयासको हामी घोर निन्दा
गर्दछौं।

यसरी दिउँसै बन्दुक बोकेर हिँडने एसडीएफ कार्यकर्ताहरूलाई सिधै आतंकवादीको
संज्ञा दिन्छ एसकेएम। यस घटनालाई लिएर पुलिसले अनुसन्धान गरिरहेको भए तापनि
अविनाश पाखालाई रौंचिरा अभियान चलाएर चाँड्डो पक्राउ गरी कड्डा भन्दा कड्डा कानुनी
कार्बाही गर्ने एसकेएम पार्टी माग गर्दछ। याखालाई यस्तो हतियार बोकेर हिँडने अनुमति
कसले दियो? एसडीएफ प्रमुख पवन चामलिङको इशारामा यो सबै क्रियाकलाप एसडीएफ

कार्यकर्ताले गरिरहेको शंका उत्पन्न भएको छ। पवन चामलिङ अहिले मानसिक असन्तुलित
भएर आफ्ना आसेपासेलाई बन्दुक पड्काउन उक्साइरहेका हुन्‌? यदि चामलिङले यसो
गर्दैछन्‌ भने उनले क-कसलाई कति कति बन्दुक दिएका छन्‌ अरु हात हतियार कति
बाँड्रेका छन्‌ त्यो पनि पुलिसले खोजी गर्नुपर्छ भनी एसकेएम पार्टी माग गर्दछ।

इतिहास हेर्नु हो भने अविनाश याखाले असामाजिक र हिंसाजन्य क्रियाकलाप गरेको
हिसाब धेरै छ। वर्ष 1999 मा गाईको थुनौरो काटने र मान्छे कुट्ने अनि गाड्डी जलाउने मुख्य
व्यक्तिको रुपमा चिनिएको मान्छे हो याखा। त्यस बेलादेखि हिंसाजन्य अपराध गर्दै आएको
याखाले केही महिना अघि सदाम सुन्तलेमा एसकेएम कार्यकर्तामाथि ढुङ्गा हान्ने कुकृत्यमा
क्यापटेनको भूमिका निभाएको थियो। आज आएर यो मान्छेले हद पार गर्दै खुल्ला रूपमा
बन्दुक पड्काएर सिक्किमेली समाजमा व्यापक डर र त्रास फैलाउने काम गरेको छ।

वर्तमानमा सिक्किम पुलिसले सक्रिय भएर काम गरिरहेको छ, यसैले चाँडै प्रशासनले

याखा लगायत यस कुकृत्यमा संलग्न सबैलाई पक्राउ गरी कठोर कानुनी कार्बाही गर्नेछ भन्ने
विश्वास व्यक्त गर्दछौं।

बिरेन्द्र तामलिङ
उपाध्यक्ष प्रभारी, प्रचार प्रसार शाखा
सिक्किम क्रान्तिकारी मोर्चा


Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: Gangtok, News from Sikkim, Pawan Chamling, politics, PS Golay, SDF, Sikkim, Sikkim News, SKM
SC Desk May 1, 2022 May 1, 2022
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
परिवर्तनको नाम गरेर झूठ, अफवाह र फरेबको आड़मा सत्ता हत्याउन सफल भएको एसकेएम सरकारमा जनता वाक्क दिक्क भएका छन् : एस डी एफ

प्रेस विज्ञप्ति  आज तारीख ४ अक्टोबर, २०२१ -को दिन जूम-सालघारी क्षेत्र अन्तर्गत…

Rs. 20000 for non-working mothers under ‘Aama Scheme’: CM PS Tamang

Chief Minister PS Tamang while addressing an event at Baiguney, West Sikkim…

Rider duo from Sikkim to participate in Royal Enfield Continental GT 650 Cup

Though motorsports ecosystem may not be popular in Sikkim or may be…

You Might Also Like

BJP Leader Shri Murli Manohar Joshi Along with Policymakers, Scientists and Environmentalists Convened to Address the Future of the Himalayan Region and the Urgent Climate Risks It Faces
Uncategorized

BJP Leader Shri Murli Manohar Joshi Along with Policymakers, Scientists and Environmentalists Convened to Address the Future of the Himalayan Region and the Urgent Climate Risks It Faces

By admin
Chief Minister Prem Singh Tamang Inaugurates Refurbished Sikkim Guest House in Guwahati
PoliticsSikkim

Chief Minister Prem Singh Tamang Inaugurates Refurbished Sikkim Guest House in Guwahati

By SC Bureau
Joymoti Arrives at Vantara for Urgent Medical Care Following Flood Rescue
Sikkim

Joymoti Arrives at Vantara for Urgent Medical Care Following Flood Rescue

By SC Desk
Training & Demonstrations on Oyster Mushroom Cultivation Held for Border Populations under Civic Action Programme
Sikkim

Training & Demonstrations on Oyster Mushroom Cultivation Held for Border Populations under Civic Action Programme

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?