एस सी नेपाली

पवन चामलिङको पूर्व राजनैतिक दिनलाई हेर्ने हो भने प्रजातन्त्र भन्दा पार्टी ठूलो र पार्टी भन्दा आफू ठूलो भन्ने प्रवृतिले ग्रसित थियो : सी पी शर्मा ( प्रवक्ता, एसकेएम)

प्रेस विज्ञप्ति
01/02/2022

पच्चीस वर्ष एसडीएफ पार्टीको शोषण , दमन , र अत्याचारबाट मुक्ति पाउन क्रान्तिकारीहरु अघि आउँदा ती चुसिखाने र बसिखानेहरुको स्वार्थमा ठुलो धक्का लागेकाले अहिले पवन चाम्लिङ एसकेएम पार्टीको सरकारले जनहीतमा गर्न लागेको कामको बिरोध गर्दै तगारो बनेर छेक्ने प्रयत्नमा लागेका छन । तर, त्यस्ता बसिखानेहरु बिरुद्धमा उत्रिएका गरिखानेहरुको संघर्ष जारी छ । जनताको क्रान्ति र एसडीएफबाट मुक्ति चाहने जनताको विस्वासलाई , चाहनालाई तुहाइदिन पवन चाम्लिङ अक्सर साना मसिना कुरा उठाएर सुधारको स्वाङ्ग गर्दैछन । पच्चीस वर्षे त्यो हिंसक अनुहारलाई ढाकछोप गरेर आज पुनः सफा छु भन्दै जनतामा भ्रम फैलाउन प्रयत्नरत छन । सिक्किमे समाजले पवन चाम्लिङको पुर्व सरकार देखेकै हो तर । पवन चाम्लिङको सरकारकालमा ठगिएका र चुसिएका वर्गले अब फेरि पवन चाम्लिङका सुधारका कुरा र भ्रमलाई राम्ररी केलाई केलाई हेर्न आवस्यक , जरुरी छ ।यस्ता भ्रामक कुरा उब्जाउने किर्ते पर्चाकार चाम्लिङ्को अहिले वास्तविक कुन नियत लुकिछिपी खेल्दैछ त्यो बुझ्न जरुरी छ जनताले । यस्ता स्वाङे राजनैतिक नाटककारलाई उसकै इतिहास पल्टाएर नाङोझार पारिन पर्ने देखिएको छ नत्र , यिनिहरुले फेरि जनताका ढाड्मा मुङ्रो ठटाउने नै छन् । अब त्यस्ता बसिखान पल्केका एसडीएफका समर्थक र नाइके चाम्लिङबाट फेरि सिक्किममा गरीब , निर्धा र गरिखानेहरु माथि शोषण र दमन हुन दिने छैन भनी एसकेएम पार्टी खरो अडान राख्दछ ।

चाम्लिङले 2019 को भोट जितेर पुनः जनता ठग्न लागेका बेला एसकेएमले सरकार बनाएर भाँजो हाल्यो भनेर अहिले आरोप लाउँदैछन । कुनियतले संकलन गरेको धन्को ढिकुटिमा जनताले हात लगाउलान भनेर छट्पटीएका चाम्लिङ अहिले एसकेएम पार्टीको सरकार र मुख्यमन्त्रीलाई दोष्याउन छट्पटीनु , ननिदाउनु स्वाभाविक मानिन्छ । हामीले पच्चीस वर्ष चाम्लिङले सुन रोपे भन्ठान्यौं तर , आज आएर देख्यौं कि जनताका आँखामा ढाँट्को बिस्कुन छिरोलेर पित्तल गाडेको । सरकारबाट बाहिरिएको करिब तीन वर्ष नपुग्दै आफ्नो पच्चीस वर्षको इतिहास भुलेर दुष्याउनु लज्जास्पद विषय हो ।

पवन चामलिङले राजनीतिलाई आफूले मात्रै जानेको घमण्डको पर्दाबाट एकपटक बाहिर निस्केर हेरुन भन्न चहान्छौं । जनताको हक र हीतको कार्य गर्नु भन्दा आफ्नु विज्ञापनमा रमाउने पच्चीस वर्षे सत्तान्धताले ढुंगा( बज्र) बनेका चाम्लिङले अहिले आफुलाई मैन देखाउनु भनेको स्यालले गंगाको जल छोएर कुखुरा चडाएँ भने जस्तै हो र उन्ले अहिले एसकेएम पार्टी , सरकार र मुख्य मन्त्रीलाई लगाएका आरोप आफू एक्लो हुँदाको हतासा मात्रै हो । सरकार कसरी चलाउनुपर्छ ,सरकारको जिम्मेवारी के हो , राज्यको नाम कसरी रोशन गर्नुपर्छ , राज्यबासीको सुरक्षा कसरी गरिनुपर्छ र सरकारको दायित्व के रहन्छ भन्ने विषय पवन चाम्लिङले पाठ सिकाउनु भन्दा ईंजार छिनिसकेको आफ्नै एसडीएफ पार्टीको लाज ढाक्ने काममा लागुन भन्ने एसकेएम पार्टी सल्लाह राख्दछ र यो पनि स्पष्टशीत भन्न पर्छ कि पवन चाम्लिङ आफुलाई जत्तिकै सफल राजनीतिज्ञ मानुन र जनताले निर्माण गरेको एसकेएम पार्टीको सरकारको आलोचकका रूपमा हेरून् तयो उनको इतिहास केलाउने एउटा मार्ग बनिँदै जाने कुरामा एसकेएम पार्टी बिस्वस्त छ ।

एसडीएफको शिशिरकाल पछि एसकेएम पार्टीको सरकारले ल्याएको वसन्तलाई , वसन्त नदेखेर शिशिर नै देखिरहनु चाम्लिङको बूढो मस्तिष्कको बुढै उपज ठहर गर्दै उनले फेरि सरकार बनाएर जनतालाई शासन गर्नु भन्दा त्यो अह्मले भरिएको उनकै मस्तिष्कलाई शासनमा राखुन भन्ने एसकेएम पार्टी सल्लाह राक्दछ र एसकेएम पार्टी पवन चाम्लिङलाई यो सुन्दर संदेश पनि दिन चाहान्छ कि सत्य बाहेक संग्रह गर्न सकिने अर्को पदार्थको जन्म अहिलेसम्म भएको छैन अनि काँचुलिलाई अब सर्प मान्ने भ्रममा बस्ने जनता छैनन् भन्दै एसकेएम पार्टी पवन चाम्लिङलाई मनको त्यो भ्रष्ट खाडलबाट बाहिर निस्कने गहिरो सल्लाह राख्दछ ।

सत्तालाई सर्वोपरि मानेकैले एसडीएफ कालमा राज्यका मालिक जन्तालाई बेवारिसे नानी जस्तो पारेको इतिहास जनताले बिर्सेका छैनन ।प्रजातन्त्रको पुनर्स्थापनाका लागि सिक्किमे जनताले पि एस गोलेको नेतृत्वमा दस वर्ष संघर्षको लडाइँ लडेको थियो र पच्चीस वर्षको लामो कालो बादल च्यातेर प्रजातन्त्रको सुर्य उदाएको अहिले तीन वर्ष पुग्दैछ ।त्यस ताकको क्रूर शासनले कोल्टिएको घामको किरण अहिले सबैको आङमा न्यानु दिन पुगेको छ । पवन चाम्लिङको पुर्व राजनैतिक दिनलाई गम्भीरतापर्ूवक हेर्ने हो भने प्रजातन्त्र भन्दा पार्टी ठुलो र पार्टी भन्दा आफू ठुलो भन्ने प्रवृतिले ग्रसित थियो ।उनलाई यो पनि याद हुनुपर्छ कि एसडीएफको विज्ञापनमा निस्सासिएका जनताले त्यो भ्रमको जालो च्यातेर अहिले बाहिर निस्किसकेका छन ।ठुला ठुला लोककल्याणकारी राज्यको सपना भासणमा सिमित राखेर कसरी जनतालाई बलिको बाख्रा बनाएका थिए त्यो जनताका नजरबाट ओझेल भएको छैन । लामो सत्ता हाँकेको गफ हाँक्ने चाम्लिङले निजि स्वार्थ र परिवारवादको सिरानिमा अडेसिएर राज्यको ढुकुटीबाट फुपुको श्राद्ध गरेको नबिर्सिउन भन्दै एसकेएम पार्टी स्मरण गराउँदछ ।

   

सि पि शर्मा
प्रवक्ता एवं साहित्य प्रभारी
सिक्किम क्रान्तिकारी मोर्चा

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button