Latest News

डाक्टर बिणा बस्नेत, सलोनी प्रधान अनि भुमिका प्रधानले सिक्किम र सिक्किमेको हक, अधिकार, सुरक्षा र अस्मिताको रक्षाको लागि गरेको कामको एसडीएफ पार्टीले प्रशंसा गरेको छ

प्रेस विज्ञप्ति
सिक्किम राज्यका तीनजना सहासिक छोरीहरू डा. विणा बस्नेत, सलोनी प्रधान र भुमिका प्रधानप्रति उनीहरूको सिक्किम र सिक्किमे जनताका हक, अधिकार, सुरक्षा र अस्मिता रक्षाको लागि गरेका जिम्मेवारीपूर्ण कामको प्रशंसा गर्दै एसडीएफ पार्टी हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछ।
डा. विणा बस्नेत जसले गान्तोकको पुरनाो वेस्ट पोइन्ट स्कूलको प्राङगणमा बनिएको कार प्लाजामा अहिले निर्माणाधिन गैर-कानुनी चौध मन्जीले सपिङ कम्लेस विरूद्धमा जनहित याचिका ग्रिन ट्रिव्युनलमा दर्ता गरेर निर्माणमा रोक लगाउन सफल भएकी छन् भने उसगरी जोरथाङ महकुमा अधिकारी सलोनी प्रधानले अवैध रूपमा सिक्किम सब्जेक्टधारी र गैर सिक्किमे बीच भएको किनबेचको अचल सम्पत्तिको रेजिष्ट्रेसनलाई रद्द गरी सिक्किमको पुरनाो कानुन 371 (एफ) एवं लैण्ड रेभिन्यू अर्डर नम्बर एकलाई कदर गरेकी छन्। भुमिका प्रधान जो गेजिङ नगर पञ्चायतकी म्युनिसिपल एक्जीक्युटिभ अफिसर हुन, जसले गैर कानुनी रूपमा सब्लेट गरेर चलाईरहेका ट्रेड लाइसिनलाई रद्द गर्ने प्रक्रियालाई शुरू गरेकी छन्।
यी तिनैवटा काम पुराना रैथाने सिक्किम र सिक्किमे जनताका हक, अधिकार र सुरक्षा सम्बन्धमा गहिरो सम्बन्ध राख्ने विषयहरू हुन्। अहिलेको अराजकतामय शासन व्यवस्था र समाजमा सृजित डर, त्रास र आतंकको माहोलमा पनि सिक्किमेली जनताको जन-धन र सुरक्षाका लागि उनीहरूको योगदान अविस्मरणीय र ऐतिहासिक कदम भएको एसडीएफ पार्टी ठहर गर्दछ। वहाँहरूको यस्तो सहासिक हिम्मत र सिक्किमप्रतिको प्रेमलाई मुग्दकण्ठले प्रशंसा गर्दै वहाँहरूको काममा एकबद्धता जाहेर गर्दछ।

    कृष्ण खरेल
    उपाध्यक्ष, प्रचार-प्रसार मामिला

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button