By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: एसकेएम पार्टीको प्रचार शाखाले मनगड़न्ते र वेफजुलका कुराहरु लेखेर समयलाई नष्ट गरिरहेको छ : एस डी एफ
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
PoliticsSikkim

एसकेएम पार्टीको प्रचार शाखाले मनगड़न्ते र वेफजुलका कुराहरु लेखेर समयलाई नष्ट गरिरहेको छ : एस डी एफ

SC Desk
Last updated: 2021/11/23 at 11:49 AM
By SC Desk
Share
4 Min Read
SHARE

प्रेस विज्ञप्ति
एसकेएम पार्टीको प्रचार शाखाले मनगड़न्ते र वेफजुलका कुराहरू लेखेर समयलाई नष्ट गरिहेको कुरा उनीहरूले जारी गरेको प्रेस बयानले प्रमाण गर्दछ। सिक्किममा अड़ाई वर्षको कुशासनले निम्त्याएको चौपट शासन व्यवस्थाको सन्दर्भमा जवाफदेहिता दिनुको सट्टा फगतका गफहरूले सिक्किमेली जनता अल्मल्याउने नाकाम कुण्ठा जाहेर भएको पाउँछौ। विपक्षले उठाएको मुख्य राजनैतिक मुद्धाहरूमा जवाफ दिनुको साटो झुटको कथा लेखेर समय कटनी गर्ने एसकेएमको प्रचार शाखा आफै उदाङ्गो भएको छ।
कथित परिवर्तनको नाराका साथ आएको एसकेएमको सरकारले यतिका वर्ष वितिसक्दा पनि कुनै नयाँ कार्यक्रम जनतामासु ल्याउन सकेको छैन। एसडीएफ पार्टीकै सिद्धान्त र नीतिद्वारा प्रतिपादन भएका योजना र कार्यक्रमलाई लिपपोत गरेर आफ्नो कार्यक्रम भन्ने उनीहरूको मानसिकता दिउँसै रातपार्ने जस्तै हो। एसकेएमको शासन सञ्चालनदेखि यता एसकेएमको एक सुत्रीय कार्यक्रम भनेको पवन चामलिङको विरोध गर्नु र राज्यका सम्पदाहरूलाई बाहिरका व्यापारीलाई सुम्पने होड़मा नै समय व्याथित गरिरहेको छ। सिक्किम बैंकको ढिकुटी रित्यापछि एकपछि अर्को गर्दै सिक्किमको जमिन, सम्पदा, बिल्डिङ, उद्योग, बनजंगल आदि सबै नीजिकरणको नाममा सखाप बनाइसकेको छ। राज्यको विशेष संवैधानिक अधिकार 371(एफ) लाई निमिट्यान्न पार्न कमिसन र नाफाखोरीको राजनीतिलाई चरममा पुर्‍याएको छ। जताततै अव्यवस्था, अराजकता र गुण्डातन्त्रको जगमा उभिएर प्रशासन र व्यवस्थालाई पार्टीकरण गर्ने असंवैधानिक कामहरू बड़ेर गएको जगजाहेर छ। यस्तो राजनैतिक अवस्थामा युवाहरूलाई स्वनिर्भरताको एसकेएम पार्टीले कुरा गर्नुभनेको उनीहरूको घोषणा-पत्रको झुटको राजनीतिलाई अझै मौलाएर लैजाने उनीहरूको घृणित कसरत हो।
एसकेएम पार्टीले बताओस्, कुन नीति, योजना र कार्यक्रमले युवाहरू स्वनिर्भर हुने सौभाग्य पाए? के कमिसनबाट आएको पैसाले केही युवाहरूलाई गाड़ी बाँड़दा, पैसा बाँड़दा र प्रावधानै नराखिकन एभव रेटमा कामधन्दा दिँदा युवाहरू स्वनिर्भर बन्न सक्छन्? आजसम्म एसकेएम सरकारले नीति, योजना र बजेटमा राज्यका युवाहरूलाई स्वनिर्भर हुने कुनै कानुनी प्रक्रिया बनाएको छैन। जबसम्म सरकारी प्रक्रियामा नीतिगत योजनालाई कानुनी प्रक्रियामा बद्लिएको हुँदैन तबसम्म त्यो शासन स्वैच्छाचारी र अराजक हुन्छ। शासन व्यवस्थाको सिस्टमसम्म बनाउन असक्षम सरकारले युवाहरूको भविष्यको कुरा गर्नु भनेको रोविनहुड प्रवृत्ति मात्र हो।
विधानसभा जस्तो गरिमामय मन्दिरलाई त गुण्डातन्त्र जस्तो परिस्थितिमा धकेलेर ती अराजक झुण्डहरूलाई सरकारी संरक्षण प्रदान गर्नु भनेको प्रजातन्त्रको गला दबाउनु हो। आज विधानसभामा नै जन-निर्वाचित प्रतिनिधिहरू अपमानित र असुरक्षित हुने स्थिति छ भने राज्यका जनताको अवस्था अझ भयानक भएर गएको छ।
विपक्षी कार्यकर्तालाई जेलनेल गर्नु, मन्त्री, विधायकले कुटाई खानु, पञ्चायतहरू कुटिनु, घरमै युवाहरुले कुटाई खानु, विद्यार्थीहरूलाई देशद्रोही र आतंकवादी भन्दै पढ़ने अधिकारबाट वन्चित बनाउनु, विपक्षी विधायकलाई ढुङ्गा लड़ाएर हत्या गर्ने जस्ता कुकृत्य गर्नु, सामाजिक कार्यमा जाँदा बाटो छेक्नु अनि विपक्षीका नेताको पुत्ला दोहन गर्नु, एमजीमार्गमा कसरी हिड़लास भनेर धम्की दिनु आदिजस्ता अपराधहरू सरकारको आड़मा भइरहेको छ। यी विषयहरूमा चुँइक्क नबोल्ने एसकेएमको प्रचार शाखाले जनताको हितको कुरा गर्नु भनेेको भोकाएको गोहिले आँशु झार्नु जस्तै हो।
आफ्ना नाकामी र कर्तुत लुकाउन सत्ताको आड़मा चढ़ेर तथ्यहिन कुरा गर्ने एसकेएमको प्रचार शाखा, रक्सी भट्टिमा गएर मात चड़ेको जड़याँहाले राति सुर, ताल, लय र संगीत बिना वेसुरमा गीत गाउँदै गाउँलेको निन्द्रा भंग गर्ने हर्कत जस्तै हो। के यस्तो राजनैतिक चरित्रले सिक्किमे युवा, तथा आम जनतालगायत सिक्किमे समाजलाई सही दिशा दिन सक्ला त भन्ने प्रश्‍न आज आम जनतामा उठेको छ। हामी एसकेएमको यस्तो गैर जिम्मेवार कार्यको घोर निन्दा गर्दै भर्त्सना जनाउँदछौं।

कृष्ण खरेल
उपाध्यक्ष, प्रचार-प्रसार मामिला

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: Gangtok, News from Sikkim, Pawan Chamling, Sikkim, Sikkim News
SC Desk November 23, 2021 November 23, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
First batch of Kailash Manasarovar Yatra 2025 commences via Nathula

Gangtok, June 20 (IPR): The flag-off ceremony of the first batch of…

The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

You Might Also Like

Latest News

First batch of Kailash Manasarovar Yatra 2025 commences via Nathula

By SC Desk
Latest News

Gyalsing district conducts bi-monthly inspection of dams associated NHPC within the District.

By SC Desk
Health

Free cataract screening camp held for senior citizens in Namchi under AVYAY scheme

By SC Desk
Trending

Fisheries Dept along with MG-NREGA, RDD conducts work initiation meeting for sanctioned Organic Fish Tanks at Lungyam village

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?