Latest NewsPolitics

आजको SDF : “हार्ने गोरुको छेर्ने बानी”: सिक्किम क्रान्तिकारी मोर्चा

प्रेस विज्ञप्ति

आजको SDF : “हार्ने गोरुको छेर्ने बानी”

एसकेएम सरकारले पार्टीगत चुनाउ प्रथालाई हटाएपछि अहिले SDF पार्टीले आधार नै नभएको आरोप लगाइरहेको छ। निर्दलीय पञ्चायत चुनाउ  हुने भएपछि आफ्नो उम्मेद्वार उठाउन नसकेको एसडीएफलाई अहिले विगतको पञ्चायत चुनाउमा चामलिङले “निर्दलीय पञ्चायत झुण्डेर मर्नेछ” भनी दिएको बयानले पाप लागेको हो। निर्दलीय पञ्चायतहरूको श्राप लागेको हो।

एसडीएफ र चामलिङलाई थाहा होस्, राज्य चुनाउ आयोगले एसडीएफलाई समर्थन दिने उम्मेद्वार चुनावमा उठ्न पाउदैन भनेको छैन  अनि कुनै पार्टीसित संलग्न भएको व्यक्ति पञ्चायत चुनावमा उठ्न पाउदैन भनेर पनि आयोगले भनेको छैन। तर किन एसडीएफ आत्तिएर बौलाहा बन्यो त?  पञ्चायत चुनाउमा उठाउने सम्मको समर्थक पनि एसडीएफ पार्टीमा रहेको छैन।

कुरा साधारण छ। एसडीएफले पञ्चायत चुनाव जित्न सक्ने एउटै समर्थक अथवा कार्यकर्ता भेटेको छैन। आफ्नो यो कमजोरी लुकाउन एसडीएफले अब सरकारको पार्टीगत चुनाव नगरिने पहलमाथि हमला गरेको छ। यसलाई भन्छ ‘हार्ने गोरूको छेर्ने बानी’।

विकास बस्नेत

प्रमुख समन्वयक, प्रचार-प्रसार

सिक्किम क्रान्तिकारी मोर्चा

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button