By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: भावनात्मक राजनीति हाम्रो समाजमा हाबी बनेको छ: OPED
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Uncategorized

भावनात्मक राजनीति हाम्रो समाजमा हाबी बनेको छ: OPED

SC Bureau
Last updated: 2022/02/21 at 12:01 PM
By SC Bureau
Share
9 Min Read
SHARE

By Rupen Karki, the author can be contacted at karkirupen2228@gmail.com

राजनीति विज्ञान हो । समाजको गति बुझ्न, वस्तुगत यथार्थलाई बुझ्न वैज्ञानिक चिन्तन प्रणाली सबैभन्दा प्रभावकारी र तथ्यवादी मान्न सकिन्छ । आदर्शवादी चिन्तनलाई अङ्गीकार गरेर कतिपय मानिसहरू समाज र विश्व बह्रमाण्ड अज्ञेय छ अथवा यसलाई बुझ्नु सकिन्दैन भनेर सम्म भन्छन् । तर, समाजको विकास संग लाखौं करडौं अज्ञेय रहेका, रहस्यमय चिज, घटना ज्ञेय भएका छन् र हुने प्रकृयामा छन् । वैज्ञानिक दृष्टिकोणले संसारलाई हेर्दा मान्छे भन्ने प्रजाती आँफै पनि फुत्त बनिएको भन्दा पनि क्रमिक विकास हुँदै आएको हो । मान्छेको शारीरक बनावट संग संगै चेतनाको पनि विकास क्रमिक रूपमा नै भएको हो । चेतनाको विकास भौतिक परिस्थितिले निर्माण गर्दै गयो भने चेतनाले पनि भौतिक जगतलाई नयाँ आकृति दिँदै गयो । मान्छे सामाजिक प्राणी, समुहमा बस्छ । मानव समाजको विकास समेत संगठित संघर्षमा आधारित छ । मानिस संगठित बन्दै प्रकृतिलाई आफनो अस्तिव साथै समाज निर्माणमा उपयोग गरे।

प्रकृतिलाई आफनालागी उपयोग गर्ने सिलसिल्लामा मानिसले विभिन्न उत्पादन शक्तिको खोज गर्दै साथै विकास गर्दै गए । यसरी निश्चित उत्पादन शक्ति त खोजो तर त्यस शक्तिलाई गति दिन मानव जातिको संलग्नता जरुरी हुन्छ । यसै संलग्नताको प्रकृयामा मानवजाती संगठित हुनु आवश्यक भयो । मानिसहरू यसरी उत्पादन शक्तिको संचालनमा आफुहरू माझ एउटा निश्चित सम्बन्ध बनाएर समाजलाई संचालन गर्न थाले । मानव समाजको विकास र इतिहास आखीर यी नै उत्पादन शक्तिको विकास त हो । यि नै उत्पादन शक्तिको विकासले समाजमा चेतना उमार्छ, अर्थको जग बसाउँछ, राजनीतिक संस्थाको स्थापना गराउँछ आदी । अत्पादन शक्तिलाई नियन्त्रण गेर्ने वर्ग नै निश्चित समाज व्यवस्थाको मालिक बन्यो । निरन्तर उत्पादन शक्तिको विकास र अवस्थित अथवा मौजुदा उत्पादन सम्बन्द बीच द्वन्द पैदा जबसम्म हुँदैन समाजको विकास हुने सम्भावना भई नै रहन्छ । जब दुई बीच द्वन्द हुन्छ तब नयाँ समाज व्यवस्थाको खाँचो भौतिक परिस्थितिले आँफै निर्माण गर्छ । मानव स्वयं उत्पादन शक्तिको हिस्सा भएको हुनाले मानिसहरू आफैको सचेतन प्रयास जरुरी हुन्छ । मानिसहरूदेखि पृथक राखेर समाज परिवर्तनको कल्पना मिथ्या हो । खासमा उत्पादन शक्तिको विकासले नयाँ उत्पादन सम्बन्ध स्थापित गर्नु नै क्रान्ति हो, मान्छेको संलग्नता र सचेतन प्रयास संग।
परिवर्तन प्रकतिको नियम हो । कसैले मन पराए पनि मन नपराए पनि परिवर्तन भई नै रहन्छ, प्रकृति अनि समाज व्यवस्था दुवै । संसारकै भयंकर पात्राहरू जस्तै सिक्न्दर, चेनगिस खान, आदी इतिहासका पान्नामा मात्र छन् । तिनले स्थापना गरेको सत्ता आज कथा जस्तो मात्र बन्न पुगेको छ । परिवर्तन चाहानु एस.के.एम पार्टीको सदस्य हुनु होईन । एस.डी.एफ सरकारलाई सत्ताबाट फ्याँकनु पनि होईन । क्रान्तिकारी हुनु पनि एस.के.एम पार्टीको सदस्य हुनु होईन । यी दुई शब्द “परिवर्तन” र “क्रान्ती” सबैभन्दा ज्यादा दुरुपयोग भएको शब्द हुन् अहिलेको सन्दर्भमा, सिक्किमा ।
हरेक दिन समाजमा संकटहरू बढी रहेका छन् । गरीब र धनि बीचको दुरी बढी रहेको छ । बेरोजगारीको संख्याले आकाश छुनेवाला छ । नसालु पधार्थको सेवन तीब्र गतिमा बढि रहेका छन् । जगण्य अपराध, नारी माथी हिंसा दैनिक रूपमा बढी रहेको छ । भ्रष्टचार नयाँ सामन्य बनि सकेको छ । प्राकृतिक सम्पदाको, एकमुठ्ठी मानिसहरूले दोहन गरिरहेका छन् । स्वास्थ्य र शिक्षालाई निजीकरण र व्यापारीकरण गरेर आम मानिसहरूले खरिद गर्न नसक्ने बनाईन्दैछ आदी धैरै संकट यस व्यवस्थामा चुल्ली रहेको छ । यी नै संकटहरूलाई सुल्झाउने समाधान एस.डी.एफ सरकारमा थिएन । २०१९को चुनाव अघि कतिवटा आन्दोलन आदी भए यी सबै आखीर यहि व्यवस्थाले निम्त्याएको संकटका कारण हुन । संकटलाई समाधान गर्नु त होईन तर सत्ता स्वयम त्यसबेला भ्रष्टचारमा लिप्त थियो त्यसबेलाको सरकार । झुक्याउन अनेक प्रयास गरेको थियो तर सकेन ।
त्यसबेला एस.के.एम पार्टी संकटलाई बुझेन । जरामा गएर के भएको थियो भनेर हेरेन, समस्यालाई नै घुमाउन तर्फ लाग्यो । गोलो स्वयमलाई त्यसबेला यो हिसाबमा प्रस्तुत: गरियो कि समाजका समस्यालाई उनले चलचित्रका हिरोले एकलै समाधान गरे झैं गर्छन् । एक तर्फ एस.डी.एफ चामलिङको पार्टी भई रहँदा अर्को तर्फ एस.के.एम गोलेको पार्टी बनाउन थालिएको थियो ।
समाजलाई बुझ्ने दृष्टीकोण वैज्ञानिक नभए पछि राजनीति भावनात्मक भएर गयो । खाली भोट चाहिँ हाल बस सबै समाधान हुन्छ भनेर भन्थे त्यसबेला । समाजको संकटलाई वस्तुगरूपमा नहेरेर विषयगतरूपमा मात्र हेरिएको थियो र अहिले पनि उस्तै छ । त्यसबेला समस्या एस.के.एमले चामलिङ्गमा मात्र देखाएको थियो । एस.के.एमका विचारकहरू यति लठुवा छन् कि यो समाजको गति बारे अलिकति पनि जानकारी छैन् त्येसैले सत्तामा पुगे पछि पनि समस्या चामलिङमा गएर खोजछन् र खोजिरहेको छन् । मान्छेको ध्यान भटकाउन त हो, तर उनिहरू आफैलाई पनि थाहा छैन् । मान्छेलाई त्यहि पुरानो अपरिपक्क विचार सुनाउँछन् । राजनीति विज्ञानलाई अलिकति बुझ्ने मानिस समेत यस्ता कलिलो व्याख्या सुनेर हाँस्छ ।
वैज्ञानिक ढंगमा समाजलाई नबुझे पछि समग्र राजनीतिक पार्टी भावनात्मक राजनीतिलाई प्रचार गर्नुमा व्यस्त छन् । प्राय: नेतागण भावनात्मक राजनीतिमा मानिसहरूलाई डोर्याउन लिप्त छन् । आफ्ना आफनै विषयगत रूपमा समाजको व्याख्या लिएर हिँढिरहेका छन् । धेरै चाहिं मनगढन्ते नै छ । जातको राजनीतिमा, धर्मको राजनीति, नाकको राजनीति, क्षेत्रियताको राजनीति, गलत इतिहासको राजनीति, आदी किन गरिन्छ भन्दा भावनात्मक रूपमा मान्छेलाई फसाँउनु आदी हो । भोक भोकै हौ तर तिम्रा जातको मान्छेलाई मान्, मन्दिर मस्जिद आदीकोलागी लढ, तर वैज्ञानिक रूपमा चाहिँ व्याख्या पनि नगर, नबुझ पनि, यो फिँजाउने आखिर यहि किसिमका राजनीतिक पार्टी त हो ।
संकटलाई समाधान गर्न पुरानो सरकार विफल भएको चाहिँ एउटा प्रमुखा कारण हो, हार्नुको । नयाँ सत्तारूढ पार्टी केही दिन त भावनात्मक कुरा सुनाएर मान्छेलाई उल्लु बनायो तर धेरै दिन मान्छे उल्लु हुन सक्दैनन् । आखिर मान्छेलाई थाहा भयो विगत गर्न नसकेको काम अहिलेको सरकारले झन् गर्न नसक्ने रहेछ । यी संकटहरूका साथ सरकार बचाउन यो पार्टी दादा हुनु पर्यो, मान्छेलाई धम्की दिनु पर्यो, कसले के कमेन्ट गर्दैछ, के लाईक गर्दैछ त्यो हेर्नु पर्यो, पुर्व भन्दा झन् गुण्डा हुनु पर्यो, अलि ज्यादा तानाशाही, अली ज्यादा इनटोलरेन्ट, अली फासीवादी आदी । यति सम्म सहन नसकने हुनु पर्यो की यो लेख पढदा समेत रिस उठ्ने । यहाँ भएका यथार्थहरूलाई झुट झैं लाग्ने । यो लेख्नेलाई कुट्न पाए हुन्थ्यो जस्तो लाग्ने । सरकारलाई लिएर कोहि केहि नबोलुन, केहि नलेखुन आदी लाग्ने ।
आफैलाई वैचारिक रूपमा संग्राम, एस.डि.एफ या एस.के.एम सबै प्रजातान्त्रिक समाजवादी हुन भनेर ठुकुवा गर्छन् । प्रजातात्रिक समाजवाद नै हो भनेपछि कसरी भिन्नता भयो एक अर्कामा । आखिर कुन टिमले संकटलाई दबाउन सक्छ त्यो कुरा मात्र महत्व राख्छ झैं लाग्यो मलाई त ।
धेरै मानिसहरू राजनीतिमा चासो राख्ने, नयाँ केहि गर्नुपर्छ भन्नेहरू पनि यो विचारले ग्रस्त छन् । राजनीतिलाई जिब्रोले विज्ञान भनेता पनि व्यवाहारमा भावनात्मक विषयलाई नै केन्द्रमा राखेर राजनीति गरेको देखिन्छ । समाजका समस्या मानव समाजमा नखोजेर, व्यक्तिमा खोज्नु र समाधान समुहमा नभेटेर व्यक्तिमा भेटनु आखिर विषयगत चिन्तनले नै पिडित भएको होईन भन्न सकिन्छ र ? मान्छे ज्ञानी प्राणी भएको छ, कहिले काहिँ कल्पनाको सागरमा यति तल डुब्छ की यथार्थलाई नै चिन्न सक्दैन । बस्तुगत सत्यलाई पनि मिथ्या नै मानिरहेको हुन्छ । तर, वस्तुगतरूपमा बुझ्ने प्रयास गरेर वैज्ञानिक दृष्टिकोणलाई अपनाएर, समाज र प्रकृतिको वैज्ञानिक विश्लेषणको आधारमा उभिन्नु नै सबैभन्दा बुद्दिमता हुन्छ भन्ने ठान्दछु म त ।
भावनात्मक राजनीतिले ग्रस्त पारेको दिमाग नेतागणको मात्र होईन जनताहरूमा पनि छ । उनमुक्ति जनतालाई चाहिएको हो, चाहिएको छ । त्यसैले समाजको वैज्ञानिक विश्लेषणलाई नै आधार बनाएर समुहको मुक्ति खोज्ने समग्र श्रमजीवि जनताले हो । ठुला शोषक वर्ग त केहि गर्दैनन्, जता सत्ता छ त्यतै बसछन् अनि नयाँ सत्ता आएपछी उता सम्मिलित हुन्छन् । अहिले सिक्किममा पनि त दैनिक रूपमा सत्तारूढ पार्टीमा सामेल हुने पुराना सरकारका नेतागण, मालिक वर्ग, सामन्तवर्ग नै ज्यादा छन् । सत्ता बनाउन आम मान्छेले संघर्ष गरे अनि सत्ताको मौज गर्न ति नै विगतका शाषक वर्ग भए । यहाँ हो हामीले बुझ्ने, आम श्रमजीवि वर्ग सचेत भएर काम गरे मात्र हुन्छ नत्र भावनात्मक राजनीतिको भेलले सबैलाई बगाई लैजान्छ ।

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: News from Sikkim, politics, Sikkim, Sikkim News
SC Bureau February 21, 2022 February 21, 2022
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Bureau
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
परिवर्तनको नाम गरेर झूठ, अफवाह र फरेबको आड़मा सत्ता हत्याउन सफल भएको एसकेएम सरकारमा जनता वाक्क दिक्क भएका छन् : एस डी एफ

प्रेस विज्ञप्ति  आज तारीख ४ अक्टोबर, २०२१ -को दिन जूम-सालघारी क्षेत्र अन्तर्गत…

Rs. 20000 for non-working mothers under ‘Aama Scheme’: CM PS Tamang

Chief Minister PS Tamang while addressing an event at Baiguney, West Sikkim…

Rider duo from Sikkim to participate in Royal Enfield Continental GT 650 Cup

Though motorsports ecosystem may not be popular in Sikkim or may be…

You Might Also Like

Sustainable Shiitake Mushroom Cultivation: Promoting Women-Led Livelihoods through Science and Technology
Sikkim

Sustainable Shiitake Mushroom Cultivation: Promoting Women-Led Livelihoods through Science and Technology

By SC Desk
Area Expansion Programme on Bamboo Plantation Under the National Bamboo Mission (NBM),organised by Department of Horticulture, Mangan District,North Sikkim.
Sikkim

Area Expansion Programme on Bamboo Plantation Under the National Bamboo Mission (NBM),organised by Department of Horticulture, Mangan District,North Sikkim.

By SC Desk
A taste of France, a Tibetan restaurant, a teahouse, a Korean culinary experience, and a restaurant where Japanese finesse meets Korean soul.
Sikkim

A taste of France, a Tibetan restaurant, a teahouse, a Korean culinary experience, and a restaurant where Japanese finesse meets Korean soul.

By SC Desk
Two New Awards Introduced to Honour Sikkim’s Aamas; Grand Preparations Underway for 2nd Aama Samman Diwas at Rangpo
PoliticsSikkim

Two New Awards Introduced to Honour Sikkim’s Aamas; Grand Preparations Underway for 2nd Aama Samman Diwas at Rangpo

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?