प्रेस विज्ञप्ती
झन्डै दुई वर्ष जतिको लामो अन्तराल सम्म शिक्षा विभाग साथै सिक्किम सरकारले सरकारी स्कुलहरूलमा शिक्षक शिक्षिकाको नियुक्ति नगरी स्कुल चलायो। शिक्षक शिक्षिकाहरू साथै विभिन्न संगठनहरू लगायत सिक्किम प्रोग्रेसिभ युथ फोरमको निरन्तर दवाबमा र माँगले सरकारले शिक्षक शिक्षिकाहरूको ईन्टरभ्यु गरायो। ईन्टरभ्यु गराएको लामो अन्तराल बाद मात्र योग्यताक्रम(मेरिट लिस्ट) निकालियो। पुन: लामो अन्तरालको पछी मात्र ग्राजुएट र पोस्ट ग्राजुएट शिक्षक शिक्षिकाहरूलाई योग्यताक्रमको आधारमा विभिन्न स्कुलहरूमा नियुक्ती गरियो ।
प्राईमेरी शिक्षक शिक्षिकाहरूको योग्यताक्रम निकालिएको २३/०३/२०२२’मा हो, तर यो योग्यताक्रम निस्किएको यतिका समय सम्म प्राईमेरी शिक्षक शिक्षिकाहरूको स्कुलहरूमा नियुक्ती गरिएको छैन। हामी सिक्किम प्रोग्रेसिभ युथ फोरमको (एस.पि.वाई.एफ) तर्फबाट सरकार साथै शिक्षा विभागलाई झट्ट भन्दा झट्ट प्राईमेरी शिक्षिक शिक्षिकाहरूको नियुक्तिको माँग गर्दछौं।
यो सरकारको स्थापना भएसंगै २५वटा प्राईमेरी स्कुलहरूलाई बन्द गरिएको हो। सरकारी स्कुलहरूमा आवश्यक सुविधाहरू प्रदान नगरीदिनु, शिक्षिक शिक्षिकाहरूको नियुक्ती नगरीदिनु, साथै आधारभूत सुविधा प्रदान नगरिदिनुले सरकारी स्कुलहरूले उचित शिक्षा प्रदान गर्न सक्दैन। यस स्थितिमा नीजि स्कुलहरू हुर्किएर जानु अनी शिक्षा श्रमजीवि वर्गले खरिद गर्न नसक्ने स्थिति निर्माण हुन्छ। यस्ता कदमले सरकारको निरन्तर रूपमा शिक्षालाई निजीकरण गर्ने षडयन्त्र छर्लङ देखिन्छ। हामी सरकारको यो निजीकरण गर्ने षडयन्त्रको विरोध गर्दछौं। यस्तो स्थितिले थप नयाँ प्राईमेरी स्कुलहरू बन्द गरिने पडयन्त्रको पनि हामी बिरोध गर्दछौं।
एकापट्टी धेरैवटा सरकारी प्राईमेरी स्कुलहरूमा शिक्षक शिक्षिकाको नितान्त खाँचो छ, अर्को तर्फ पढाउनकालागी योग्य शिक्षक शिक्षिकाहरू पनि उपलब्ध छन्, तर सरकार भने उदासहीन देखिन्छ। यो महत्वपुर्ण समस्यालाई सम्बोधन गरिरहेको छैन्। हामी सरकारको यो प्रकारको उदासहीनता र हेलचेक्राईको बिरोध गर्दछौं।
देश र राज्यका नानीहरूलाई प्राथामिक शिक्षाबाट वञ्चित गराउनु भनेको हात खुट्टा काटिदिनु सरह हो, साथै देशको भविष्यलाई अन्धकार तर्फ धकेलनु सरह हो। हामी एस.पी.वाई.एफको तर्फबाट सरकारलाई माँग गर्दछौं की कुनै ढिलाई नगरी प्राईमेरी शिक्षिका शिक्षकहरूको चाँडो भन्दा चाँडो नियुक्ती गरिनु पर्छ।