By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • Opinions
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: सिक्किममा कानून व्यावस्था अनि सुरक्षामाथि हामीले प्रश्न उठाउँदै थियौं ,अब जनताको स्वास्थ सुरक्षा पनि नहुने रहेछ : डाक्टर मिचुङ भोटिया
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Travel
  • Opinion
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Opinion
    • Travel
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Latest News

सिक्किममा कानून व्यावस्था अनि सुरक्षामाथि हामीले प्रश्न उठाउँदै थियौं ,अब जनताको स्वास्थ सुरक्षा पनि नहुने रहेछ : डाक्टर मिचुङ भोटिया

SC Desk
Last updated: 2022/02/01 at 9:33 AM
By SC Desk
Share
4 Min Read
SHARE

प्रेस विज्ञप्ति

“सिक्किममा कानुन व्यवस्था अनि सुरक्षा माथि हामीले प्रश्न उठाउँदै थियौं। अब सिक्किमका जनताको स्वास्थ्य सुरक्षा पनि नहुने रहेछ। अझ देखाउँदै जानुहोस है गोले सरकार कुन कुन असुरक्षाको घेरा भित्र सिक्किमे जनतालाई थुनेर राख्नुहुन्छ?” डा मिचुङ भुटिया

आज बिहान, एक आँगनवाडी कर्मचारीको प्रसव समय मृत्यु भयो।

घटना यस्तो छ।

गर्भवती महिला खामदोङ निर्वाचन क्षेत्र कि हुन। उनको पति एक शिक्षक। उनलाई Super Speciality Hospital, एस टि एन एम एच, गान्तोकमा भर्ना गरिएको थियो। अल्ट्रा साउण्डको रिपोर्ट अनुसार बच्चाको मृत्यु गर्भमा नै भएको पाइयो। आमाले पनि मृत बच्चालाई गर्भमा साथमा लिई आज बिहान ७ बजे अन्तिम श्वास फेरी। मृतकको पतिको भनाई अनुसार बच्चा पेटमा मरेको थाहा भए पछि बच्चालाई शरीर बाहिर निकाल्ने कुनै कार्य भएन। यहाँ सम्म कि महिलालाई एक्लै छाडियो। रातभरि पीडित महिला केही नर्सहरूको देखभाल मात्र रहे।

मुद्दा के हो त?

राज्यको राजधानी गान्तोकमा स्थित सरकारी Super Speciality hospital मा मेडिकल इमरजेन्सी ठानेर गर्भमा तुहिएको बच्चालाई शरीर बाहिर निकाल्नु पर्ने थियो। बच्चा तुहिएको जानकारी साँझ ५ बजे भित्र भएको थियो। तर दुर्भाग्यवंश महिलाको ठीक उपचार नै भएन। के Super Speciality Hospital मा यसरी नै बिरामीको उपचार गरिन्छ?

दोस्रो, हामी जनताको सुरक्षाको कुरा गर्दैछौ। सुरक्षा कुतत्व अनि गुण्डागर्दीबाट मात्र होइन तर स्वस्थ्य सुरक्षाको कुरा पनि हो। Super Speciality hospital मा प्रसवको कारण कसैले मृत्यु भोग्नु पर्छ भने, त्यो स्वस्थ्य व्यवस्थाको लापरवाही हो। स्वस्थ्य व्यवस्था पनि ध्वस्त?

मृत्यु माथि राजनीति गर्नु मिल्दैन। तर मलाई अचानक याद आयो महिला कहाँबाट आएको भनी थाहा पाएर। महिला खाम्दोङ निर्वाचन क्षेत्रका हुन। कसको निर्वाचन क्षेत्र ? डा एम के शर्मा ज्यूको।

डा एम के शर्मा ज्यूले चुनाव समय भोट माग्दा स्वास्थ्य सुरक्षा माथि ठूलो बयान दिनु भएको थियो। उनले भनेका थिए, ” अब सिक्किमका कुनै पनि बिरामी सिलिगुडी अथवा सिक्किम देखि बाहिर उपचारको निम्ति जानु पर्ने छैन। बरु सिक्किम बाहिरबाट गाडीका गाडी बिरामीहरू सिक्किममा उपचार गर्न आउनेछन्।”

मलाई यही बयानले झस्कायो। सिक्किममा स्वास्थ्य सुरक्षा कहाँ छ? एउटा प्रसव सफल गराउनु नसक्ने speciality अस्पतालमा सिक्किमका मानिसहरु फेरि उपचारको निम्ति जानेछन्? डा शर्मा, खोई हजुरले देखाउनु भएको स्वास्थ्य सुरक्षा? एस के एम सरकार शासनमा आए सिक्किम स्वास्थ्य लाभको केन्द्र बनिने छ भन्ने हजुरको ठूलो बयान कहाँ कार्यमा परिणत भयो?

अस्पतालको लापरवाही त स्पष्ट देखिन्छ। आज त्यही लापरवाहीको कारण एउटा जिन्दगी समाप्त भयो। यस्ता कति रिपोर्ट नै नभएका जिन्दगीहरु समाप्त भई सके होलान्?

सिक्किममा सबै जना धनाढ्य छन भन्ने धारणा नै गलत हो। यहाँ उपचारको निम्ति सिक्किम बाहिर लैजान नसक्ने परिवारहरू पनि छन। कतिले त Super Speciality Hospital देख्ने बित्तिकै अस्पताल माथि विश्वास गर्छन्। तर खोई जनताको विश्वास माथि काम भएको?

पोलिसी बनाउने एस के एम सरकार हो। यदि अस्पतालमा कुनै पनि विरामीको ठीक उपचार नपाएर मृत्यु हुन्छ भने त्यसको जिम्मेवारी स्वास्थ्य मन्त्रालयका मन्त्रीको अनि अधिकारीको पनि रहन्छ।

सिक्किममा कानुन व्यवस्था अनि सुरक्षा माथि हामीले प्रश्न उठाउँदै थियौं। अब सिक्किमका जनताको स्वास्थ्य सुरक्षा पनि नहुने रहेछ। अझ देखाउँदै जानुहोस है गोले सरकार कुन कुन असुरक्षाको घेरा भित्र सिक्किमे जनतालाई थुनेर राख्नुहुन्छ?

डा मिचुङ भुटिया
एस डि एफ
संयोजक, युवा इकाई

TAGGED: Gangtok, News from Sikkim, Pawan Chamling, SDF, Sikkim, Sikkim News, SKM
SC Desk February 1, 2022 February 1, 2022
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

You Might Also Like

On the occasion of fifty years of statehood the state government has released the official census of the snow leopards in Sikkim.
Environment

Sikkim Records 21 Snow Leopards in First Official Count

By SC Desk
Sikkim Launches Pioneering Mental Health & Suicide Prevention Strategy on Statehood Day
HealthSC Stories

Sikkim Launches Pioneering Mental Health & Suicide Prevention Strategy on Statehood Day

By SC Desk
Sports

Thunderbolt North United lead tight Sikkim Premier League table after thrilling opening round

By Avinav Pradhan
EducationLatest NewsTrending

MP Indrahang Subba Demands Inclusion of Gurung, Rai, Sherpa, and Tamang Languages in CBSE Curriculum

By admin
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?