By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • Opinions
  • एस सी नेपाली
  • Sports
  • Health
  • Society
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Travel
  • Opinion
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Opinion
    • Travel
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Sikkim Breaking News | News From Sikkim > Blog > Politics > Sikkim > राज्यको आम मानिसहरुको निम्ति स्वास्थ सेवामा जुट्नेहरुलाई धम्काएर बाधा दिनु भनेको सिक्किममा अराजकता दादागिरीपनको राज कायम भएको छ : एस डी एफ
PoliticsSikkim

राज्यको आम मानिसहरुको निम्ति स्वास्थ सेवामा जुट्नेहरुलाई धम्काएर बाधा दिनु भनेको सिक्किममा अराजकता दादागिरीपनको राज कायम भएको छ : एस डी एफ

Sherab Palden Bhutia
Last updated: 2021/10/08 at 7:39 AM
By Sherab Palden Bhutia
Share
3 Min Read
15 3 Sikkim Breaking News | News From Sikkim
SHARE

प्रेस विज्ञप्ति

कोरोनाको कहर राज्यमा आजसम्म सकिएको छैन। कोरोना सङ्‌क्रमित दरमा सन्तोषजनक परिणाम अहिलेसम्म आउन सकिरहेको छैन। यसैले राज्यबासी कोरोना महामारीको संत्रास र भयबाट आजसम्म मुक्त छैन। यति मात्र नभएर कोरोना महामारीले ल्याएको सङ्‌कट परिस्थितिसँगै राज्यको ग्रामिण भेगका आम मानिसहरूलाई अन्य रोगले पनि चापिरहेको अर्को सत्यता हाम्रो अघि छ। यसरीनै कोरोना महामारीको संत्राससँगै राज्य अहिले सरकारशून्य बनेको सत्तारूढ पार्टीका कार्यकर्ताहरूको मनमानी, दादागिरीपन र गुणडागर्दीले पुष्टि गर्दछ। अन्याय र अत्यचारको विरोध गर्ने, अधिकारको माग गर्ने तथा सामाजिक सेवामा जुट्नेहरूलाई सत्तारूढ पार्टी कार्यकर्ताहरूद्वारा कुटपीट गर्ने, धम्काउने, रोक्ने जस्ता कुकृत्य हुनु भनेको एसकेम सरकार र यसको नेतृत्व बेकम्म बनेको छर्लङ्‌ग भएको छ। 

  ग्रामीण भेगका आम मानिसहरूलाई यस महामारीमा स्वास्थ्य सेवा दिन डाक्टर मिचुङ भोटिया र उनका टोली गत जूलाई महिनादेखि खटिरहेका छन्‌। हाम्रो मित मानवताको जीत-को नारा लिएर स्वास्थ्य सेवा दिन जुटेका डाक्टर भोटियाको टिमलाई पश्चिम सिक्किमको टाशीडिङ र धुब्दी योकसममा एसकेएम कार्यकर्ताहरूले अवरोध खडा गरेको घटना अत्यन्त निन्दनीय छ। राज्य सरकारको सल्लाकार श्री बी आर भोटिया, सत्तारूढ एसकेएम पार्टीका नारीशक्ति तथा युवा कार्यकर्ताहरूले स्वास्थ्य सेवामा निःस्वार्थ भावमा टाशीडिङ्ग पुगेका डाक्टर मिचुङ र उनका टोलीलाई अवरोध गरे। यसरी नै धुब्दी यकसोममा पनि एसकेएम पार्टीका स्थानीय युवा कार्यकर्ताहरूले डाक्टर भोटियाको टिमलाई आम मानिसहरूलाई स्वास्थ्य सेवा दिन बाधा पुराए। एसडीएफ पार्टी सत्तारूढ पार्टीको यस प्रकारको दादागिरीपन र उदण्डताको कडा शब्दमा भर्त्सना जनाउँदछ। 

 डाक्टर मिचुङ भोटिया एसडीएफ पार्टीका वरिष्ठ कार्यकर्ता भए पनि उहाँ पारङ्‌गत डाक्टर हुनुहुन्छ। राजनीतिदेखि माथि उठेर मानवतालाई सर्वोपरी मान्दै उहाँ आम मानिसहरूमा निःस्वार्थ रूपमा सेवा पुर्‍याउने अभियानमा हुनुहुन्छ। यसैले सत्तारूढ पार्टीका अनुशासनहिन र मनमानी चरित्र भएका ती कार्यकर्ताहरूलाई हामी भन्न चाहन्छौं कि डाक्टर मिचुङ भोटिया महामारीको यस समयमा एसडीएफ पार्टीको झण्डा र घोषणा पत्र लिएर होइन आफ्नो लगनशीलताले कमाएको डाक्टरी ज्ञान, औषध-उपचार अनि स्वास्थ्य औजारहरूको अमूल्य उपहार लिएर पश्चिम सिक्किमको अभेग गाउँहरूमा पुग्नु भएको हो। 

आम मानिसहरूलाई स्वास्थ्य सेवा पुर्‍याउने ठुलो अभियानमा जुटेका डाक्टर भोटियालाई अवरोध  र बाधा पुर्‍याएर एसकेएम पार्टीका नेता अनि कार्यकर्ताहरू बुद्दि र विवेकशून्य रहेको स्पष्ठ भएको छ। यतिमात्र नभएर उनीहरूको यस प्रकारको कुकृत्यले एसकेएम पार्टी नीति र सिद्दान्तहिन पार्टी रहेको छर्लङ्‌ग भएको छ। आम मानिसहरूलाई स्वास्थ्य सेवा पुर्‍याउने मानवतावादी कार्यलाई बाधा दिएर एसकेएम कार्यकर्ताहरूले एसकेएम पार्टीले गुण्डाराज र हैकमवादलाई राज्यमा स्थापति गरेको उदाङ्‌गो भएको हामी ठहर गर्दछौं।

जनताको पक्षमा बोल्नेहरूलाई धम्काउने, डराउने र घरमै गएर कुटपीट गर्ने एसकेएमको दादागिरीपन राज्यबासीहरूले अघिनै देखिसकेका छन्‌। त्यसरी नै आफ्नो अधिकार खोज्ने आन्दोलनरत विद्यार्थीहरूलाई शिक्षा आर्जन गर्ने नैसर्गिक अधिकारबाट बञ्चित गर्ने एसकेएम सरकारको अन्यायी प्रशासनलाई जनताले जानीसकेको छ। 

आज आएर राज्यको आम मानिसहरूको निम्ति स्वास्थ्य सेवामा जुट्नेहरूलाई धम्काएर बाधा दिनु भनेको सिक्किममा अहिले अराजकता, उदण्डता र दादागिरीपनको राज कायम भएको छ। यसको हामी घोर प्रतिकार गर्दछौं। यसका साथै सिक्किमेली जनतालाई एसकेएम कार्यकर्ताहरूको उदण्डता र दादागिरीपनबाट सतर्ग रहने अपील पनि गर्दछौं। 

कृष्ण खरेल

महासचिव, प्रचार-प्रसार मामिला

एसडीएफ।  

16.07.2021

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
Share This Article
Facebook Twitter Copy Link Print
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
SC remands back Multilevel Car Parking cum Shopping Hub case to NGT for fresh hearing 

The Supreme Court of India disposing  off a Civil appeal filed by…

The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

Your one-stop resource for medical news and education.

Your one-stop resource for medical news and education.
Sign Up for Free

You Might Also Like

SDFskm Sikkim Breaking News | News From Sikkim
Politics

SDF 2.0 is just  a strategy  to regain power  by Pawan Chamling  and  SDF party  or in  simple  words “OLD WINE IN NEW BOTTLE” : SKM

By SC Desk
sf Sikkim Breaking News | News From Sikkim
SikkimPOLITYSC Stories

Denying Ashish Rai 2019 ticket cost Sikkim Democratic Front position in govt: PK Chamling

By Sherab Palden Bhutia
Major Medical Milestone Achieved at STNM Hospital - First Total Knee Replacement (TKR) Successful!
SikkimHealth

Major Medical Milestone Achieved at STNM Hospital – First Total Knee Replacement (TKR) Successful!

By Sherab Palden Bhutia
images 9 Sikkim Breaking News | News From Sikkim
SikkimLAW

ED searches premises of Emparta Infrastructure Pvt Ltd in Sikkim, Siliguri; Unaccounted cash of Rs 44 lakhs seized

By Sherab Palden Bhutia
Facebook Twitter Pinterest Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
Welcome Back!

Sign in to your account

Lost your password?