PoliticsSikkim

भाजपा सिक्किम प्रदेशले विभिन्न रुपमा सेवाकार्य गरेर प्रधानमन्त्री नरेंद्र मोदीको 71औं जन्मदिन पालन गरयो।

प्रेस विज्ञप्ति
18 सेप्टेम्बर, 2021

हिजो 17 सेप्टेम्बरको दिन देशका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको 71औं जन्मदिनको अवसरमा भारतीय जनता पार्टीले प्रधानमन्त्रीलाई उपहारस्वरूप देशव्यापी रूपमा विविध सेवाकार्य आयोजन गरेर पालन गरियो। यसै क्रममा भाजपा सिक्किम प्रदेशले पनि राज्यव्यापी रूपमा विभिन्न रूपले सेवाकार्य सञ्चालन गर्दै उक्त अवसरलाई सार्थक तुल्याउनले पहल गरेको छ।
यस अवसरमा राज्यव्यापी रूपमा पार्टी कार्यकर्ताहरू अनि स्वास्थ्य स्वयंसेवकहरूले आ-आफ्नो क्षेत्रका टीकाकरण केन्द्रहरूमा जलपान वितरण, मास्क वितरण आदि कार्यक्रम सम्पन्न भएको थियो। प्रधानमन्त्रीको जन्मदिनलाई समर्पित गर्दै प्रत्येक कार्यकर्ताहरूले आ-आफ्नो बलबुतामा यी कार्यक्रमहरू सञ्चालन भएको थियो। यसै गरी पार्टी पदाधिकारीहरूले पनि टीकाकरण केन्द्रहरूको भ्रमण गरेर कार्यप्रगतिबारे जायजा लिएका थिए।


यस अतिरिक्त विभिन्न स्थानमा सफाई अभियान, वृक्षरोपण साथै कृषक, अवकाशप्राप्त सैनिकहरू  अनि टीकाकरण केन्द्रहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई पनि पार्टी कार्यकर्ताहरूले खदा लगाएर उनीहरूको योगदानको निम्ति सम्मान साथै आभार व्यक्त गरे। यसका साथै पार्टी कार्यकर्ताहरूले पोस्ट कार्डमार्फत प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना सन्देश साथै राष्ट्रसेवामा अतुलनीय योगदानको निम्ति धन्यवाद सन्देश प्रेषित गरेका छन्।


यसपल्ट प्रधानमन्त्रीको जन्मदिनमा विशेष गरेर रेकर्ड तोड़ कोभिड टीकाकरणलाई मूल लक्ष्यको रूपमा लिइएको थियो। यसको निम्ति केन्द्र सरकारका साथ साथै भारतीय जनता पार्टीले देशव्यापी रूपमा स्वास्थ्य स्वयंसेवकहरूलाई खटाएर 2 करोड़ मानिसहरूलाई टीकाकरण गराएर कीर्तीमान स्थापित गर्ने लक्ष्य लिएको थियो जसलाई सहजै पार गर्दै हिजो एकै दिन 2 करोड़ 50 लाख भन्दा अधिक मानिसहरूले कोभिड भ्याक्सिन लगाएका छन् जो एक विश्व रेकर्ड हो।


पार्टीद्वारा निर्देशित आगामी 07 अक्टोबरसम्मको सेवा तथा समर्पण अभियान अवधि 21 सेप्टेम्बरको दिन भाजपा युवा मोर्चाको तत्वावधानमा रक्तदान शिविरको आयोजना भइरहेको छ। यस अतिरिक्त यस अवधिमा पार्टीले लगातार रूपमा विभिन्न सेवा कार्यहरू सञ्चालन गरेर यस अभियानलाई सफल बनाउने अठोट गरेको छ।

डा. राजु गिरी
प्रवक्ता
भारतीय जनता पार्टी

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button