Latest News

भाइचुङ्ग भोटियाको बयान अज्ञानताको प्रमाण : जेकब खालिङ

 प्रेस बिज्ञप्ति , १७/३/२०२२ 

भाईचुंग भोटियाको बयान अज्ञानताको प्रमाण 

राजनीतिको सम्बन्ध सिधै देश,देशको शाशन व्यवस्था तथा जन सरोकारको मुद्दाहरुसंग जोडिएको हुन्छ | यसर्थ , राजनीति गर्ने वा गर्नु चाहने हरेक नेताहरुले देश,देशको संविधान,शाशन व्यवस्था सम्बन्धी ज्ञान लिएको हुनु पर्छ | ज्ञानी राजनीतिज्ञले देशको मान र सम्मान बढाउछ तर अज्ञानी राजनीतिज्ञले देशमा बिनास र बदनाम निम्ताउछ | 

सिक्किमको सन्दर्भमा बोल्नु पर्दा यस्ता ब्यक्तिहरुले पनि राजनेताको नौटंकी गर्ने गर्छन् जसलाई शाशन व्यवस्था कसरी चल्छ भन्ने बुनीयादी ज्ञानसम्म छैन् | हाम्रो सिक्किम पार्टीको संस्थापक नेता श्री भाईचुंग भोटियाले आज सोसियल मिडिया मार्फत बर्तमान मुख्यमन्त्री श्री पीएस गोलेप्रति लगाएको आरोप यही बर्गभित्र पर्ने गर्छ | 

गत १३ मार्च २०२२ को दिन दक्षिण सिक्किमको नाम्फिंगमा आयोजित एउटा सभामा दुई ब्यक्तिहरुले दिएको विवादित बयान बिषय मुख्यमन्त्री श्री पीस०एस० गोले किन मौन छन ? भनी उनले उठाएको प्रश्नले उनी आफै एक अपरीपक्क अनि शाशन व्यवस्थाको ज्ञानै नभएको ब्यक्ति रहेछन् भनेर स्वत: प्रमाणित भएकोछ | उनलाई यो कुरा याद हुनु पर्छ कि धेरै वटा बिषयहरुमा मुख्य मंत्रीको प्रेस सल्लाहकार,प्रवक्ता वा प्रेस सचिवले मुख्य मंत्री , सरकार वा पार्टीको प्रतिनीधित्व गरेर आधिकारीक बयान दिने गर्दछन् | यही नियम वा परम्परा हाम्रो राज्य अनि अन्य प्रान्तहरुमा पनि अभ्यासमा छ | 

१३ मार्च २०२२ को विवादित घटना बिषय मुख्यमन्त्री लगायत सम्पूर्ण सरकारलाई नै प्रतिनीधित्व गर्दै मुख्यमंत्रीको प्रेस सल्लाहकार एंव एसकेएम पार्टीको प्रवक्ता श्री सीपी शर्माले उक्त घटना वा बयानको भर्त्सना एंव खण्डन गर्दै आधिकारीक बयान जारी गरी सकेकाछन् | यो दुर्भाग्यपूर्ण घटना बिषय सिक्किम सरकार र एसकेएम पार्टीको अडान मुख्यमन्त्रीको प्रेस सल्लाहकार श्री सीपी शर्माले सर्वाजानिक गरी सकेपछि परम्परा वा नियम अनुरुप मुख्यमंत्रीले पुन: प्रतिक्रिया दिनु रहनु जरुरी पर्दैन | राजनीति र शाशन व्यवस्थाको यति साधारण कुरा पनि बुझ्नु नसक्ने श्री भाईचुंग भोटिया आफै ज्ञानको हिसाबले कम्जोर भएको साबित भएकोछ | 

हाम्रो सिक्किम पार्टीमा अन्य  भरपर्दो ब्यक्ति कोही नभएर हरेक मुद्दामा उहाँ भाईचुंग भोटिया आफै बोल्नु पर्ने बाध्यता होला तर एसकेएम पार्टीमा व्यवस्था र पार्टी संविधान अनुरुप बोल्ने पार्टीको प्रवक्ता लगायत मुख्यको प्रेस सल्लाहकार नियुक्त भएको कारण उहाँहरुको बयान आधिकारी रहने गर्दछ | यसर्थ , यो काण्डमा मुख्य मंत्री किन बोलेन भन्नु भरी गिलासमा पानी किन देखिंदैन भनेको जस्तै अज्ञानी र मुर्ख कुरा हो

धन्यवाद |

जेकब खालिंग , 

प्रवक्ता , एसकेएम तथा मुख्यमंत्रीको राजनैतिक सचिव |

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button