SikkimTrending

गुण्डागर्दीको घटना सिक्किममा सामान्य घटना होइन: डाक्टर मेचुङ भोटिया

गुण्डागर्दीको घटना सिक्किममा सामान्य घटना होइन। यसले एसकेएम अनि गोले सरकारको चरित्र अनि व्यवस्थापनको नाङ्गो स्वरूप देखाएको छ। गुण्डागर्दीलाई गोले सरकारले किन रोक्नु सकेको छैन? कि एसकेएम कै संरक्षणमा यस्ता घटना भएको हो?

गत राति VHAS का डिरेक्टर डा बी बी राई माथि, नाम्चेबुङ समष्टि अन्तर्गत खेदीमा प्राणघातक आक्रमण भएको खबर पाएको छु। खबर अनुसार उनलाई मणिपाल अस्पतालमा उपचारको निम्ति ल्याइन्दैछ। उनलाई हेर्न म मणिपाल हस्पिटल पुगेको छु। कुन सामाजिक कुतत्वहरूले मानिसलाई जीवन दिने डाक्टर सम्मलाई यसरी अस्पातालमा भर्ना हुने गरी आक्रमण गर्दैछ? घटनाको पूर्ण जानकारी पाउनु सकेको छैन। पुलिसले खोजेर निकाललान।

तर मुद्दा यो हो सिक्किममा दैनिक रूपमा असामाजिक तत्वहरूको रग रगी बढेको बढेकै छ। के कुतत्वहरु कानुन देखि डराउनु छोडेका हुन कि कुतत्वहरु कसैको संरक्षणमा यसरी खुलेआम गुण्डागर्दी गर्दै हिँड्दैछ?
यस्तो गुण्डागर्दीको कारण केही दिन अघि हामीले एक कुशल डाक्टर गुमाउनु पर्यो। आज फेरि अर्का डाक्टरलाई यस्तै गुण्डागर्दीको कारण अस्पातलमा उपचार गर्न भर्ना गर्न ल्याईन्दैछ।

यस्ता गुण्डागर्दीको घटना सिक्किममा सामान्य घटना होइन। यसले एसकेएम अनि गोले सरकारको चरित्र अनि व्यवस्थापनको नाङ्गो स्वरूप देखाएको छ। गुण्डागर्दीलाई गोले सरकारले किन रोक्नु सकेको छैन? कि एसकेएम कै संरक्षणमा यस्ता घटना भएको हो? घरी विपक्ष माथि हमला, घरी डाक्टर माथि। के सिक्किमका जनता सुरक्षित छन? आज डाक्टर माथि हमला हुँदैछ। भोलि शिक्षक माथि, पर्सी कुनै अधिकारी माथि। त्यस पछि साधारण जनता माथि?
गोले सरकारले डा बी बी राई माथि भएको हिंसाको राम्रो छानबिन गरेर अपराधीको चाँडो भन्दा चाँडो पक्राउ गरेको हुनु पर्छ। सिक्किम जस्तो शान्तिप्रिय राज्य अनि यहाँको शान्तिप्रिय जनताको सुरक्षा भएको हुनु पर्छ।

डा मेचुङ भुटिया
संयोजक
युवा इकाई
एस डि एफ

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button