PoliticsSikkim

कोभिड नियमवाली सरकारले आफै बनाएर आफै तोड्ने काम गरेको छ : एस डी एफ

प्रेस विज्ञप्ति      

आज तारिख 19-अगस्त 2021-को दिन , एसडीएफ पार्टीका प्रवक्ता जे.बी. दर्नालले भिडियो कन्फ्रेन्समार्फत सरकारको चरित्रलाई उदाङ्गोे पारेकाछन्।

प्रशासनिक अधिकारीहरु भनेका जनताका सेवक भएपनि अहिले केहि प्रशासनिक अधिकारीहरुले राजनैतिक भाकामा प्रशासन चलाउँदै छन्। सरकार चलाउने कुरामा नेतृत्व सही नभएकोले गर्दा  राज्यको कानून अनि व्यवस्था लाचार भएको बताउँदै सिक्किममा अहिले जंगलराज स्थापित भएको दावी गरेका छन् ।

सरकार चलाउने पक्षबाट एकतर्फी र अन्धो बनेर शासन सत्ता चलाएकोले गर्दा संगठित अपराधहरु बढेर गएका छन्। राजनैतिक पूर्वाग्रह र पक्षपाती शासनशैलीले गर्दा राजनीतिमा राजनैतिक  अपराधीकरण र अराजकतापूर्ण क्रियाकलाप मौलाएर गएको छ। सिक्किमेली जनताको संवैधानिक र प्रजातान्त्रिक अधिकारको पूर्णरुपले हत्या भएको छ।  सरकारले कानूनी राजको खिल्ली उढाउँदै जनतालाई न्याय गर्न विफल बनेको कुरा बताउनु भयो। उदाहरणका लागि मुलुकेस्थित फर्मा कम्पनीमा एउटी चेलीमाथि एसकेएम पार्टीको कार्यकर्ताले हातपात गरी कुटपिट गरिएको थियो पीडितको पक्षमा अहिलेसम्म न्यायको सुनवाइ नभएको बताउँनुभयो।  

 राज्यमा लक्डाउन र सरकारको अव्यवस्थाले गर्दा जनतामा निरासा र हतासा बढेको कुरा बताउँदै उनीहरुमा पूर्णरुपले निराशाको सिकार भएका छन्। जसले गर्दा अहिले सिक्किममा आत्माहत्याको दर बढेर गएको छ। सिक्किम अहिले देशकै आत्माहत्या गर्ने राज्यमा शिर्ष बनेको छ। कतिपय आत्माहत्यामा उचित छानबिन र जाँचबुझ गर्न सरकार बिफल भएको कुरा वहाँले बताउनु भयो जसमा कुलप्रसाद दाहालको रंङ्गे जेलमा भएको मृत्यु शंकास्पद भएको बताउनुभयो।  कानून राज समाप्त भएकोले गर्दा सुधार गृहमा पनि जनता सुरक्षित नरहेको कुरा बताउनु भयो।    

कोभिड नियमवाली सरकारले आफै बनाएर आफै तोड्ने काम गरेको छ। आम जनता र विपक्षी पार्टीलाई मात्र कोभिडको प्रोटोकल लगाएर सरकारले आफै तानाशाही भएको प्रमाण गरेको छ। राज्य सरकारको जिम्मेवार मन्त्री, विधायक, चेयरमेन र एसकेएम पार्टीका वरिष्ठ कार्यकर्ताले कोभिडको नियमवाली तोडेको कारणले गर्दा कोरोना अनियंत्रितरुपमा फैलिएको कुरा भिडियो कन्फेन्समा बताउनुभयो। आज सिक्किममा बिमारीहरुको चापले गर्दा राज्यमा खुनको अभाव महसुस भईरहेको छ र यस्तो अवस्थामा एसडीएफ पार्टीका सचेत युवाहरुले रक्तदान गर्ने इच्छा राख्दा पनि सरकारले अनुमति नदिएर मानवताविरोधी कार्य रहेको कुरा ठोकुवा गरे।          

विष्णु दुलाल    

प्रचार सचिव, एसडीएफ

Sikkim Democratic Front,

Head Office, Indira Byepass, 

Gangtok, East Sikkim. 

Ph. No. 280595 / 281586. 

Website: www.smilingsikkim.org. 

E-Mail: sdf.sikkim@gmail.com / jaisdf.jaisikkim@yahoo.com. 

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button