PoliticsSikkim

एसडीएफ शासनकाल जनताको सुखद परिवर्तन काल : पवन चामलिङ

प्रेस विज्ञप्ति 

आज तारिक 18 अगस्त, 2021-का दिन एसडीएफ पार्टीको मुख्य कार्यालयमा एसडीएफ पञ्चायत प्रकोष्ठ उत्तर अनि पूर्वको एक जरूरी सभा बस्यो। सामाजिक दुरिलाई पालना गर्दै पार्टी अध्यक्षको अध्यक्षतामा बसेको सभाले विभिन्न प्रस्तावहरू ग्रहण गरेको छ।

सभामा पञ्चायत प्रकोष्ठका बरिष्ठ उपाध्यक्ष श्री के.एन. राई, प्रशासनिक बरिष्ठ उपाध्यक्ष श्री के. टी. ग्याल्छेन लगायत पार्टीका महासचिव, सचिव, संयोजक अनि कर्मठ कार्यकर्ताहरूको उपस्थिति थियो। पूर्व र उत्तर जिल्लाका पञ्चायत, पूर्व पञ्चायत, नगरनिगम पार्षद, नगर पञ्चायतको व्यापक उपस्थिति रहेको उक्त सभा पञ्चायत प्रकोष्ठका महासचिव उमाकान्त शर्माले सञ्चालन गरेका थिए। सभामा पञ्चायत प्रकोष्ठका बरिष्ठ उपाध्यक्ष के. एन. राईले पञ्चायत प्रकोष्ठको औचित्य, उद्देश्य र अभिभारा सम्बन्धमा विस्तृत रूपमा सभामा प्रकास पारे।

एसडीएफ शासनकालमा पञ्चायतहरूलाई क्षमताको विकेन्द्रीकरण मात्र गरेको थिएन तर सत्ताको हस्तान्तरण पनि गरेको थियो। पञ्चायतहरू स्वतन्त्र र संवैधानिक अधिकारले सुरक्षित थिए। तर अहिले एसकेएम सरकारले पञ्चायतहरूका संवैधानिक अधिकार र हकलाई खोसेको छ भन्दै प्रजातान्त्रिक सरकारले अधिकार दिन्छ र अप्रजातान्त्रिक तानाशाहहरूले अधिकार खोस्छन् भन्दै अब निर्वाचित पञ्चायतहरूले आफ्नो साँचो हिमायती पार्टी र नेता चिन्नुपर्ने बताउनुभयो।

अब प्रत्येक जनजन र व्यक्ति-व्यक्तिमा गएर हाम्रो संगठन विस्तार गर्न सामुहिक जिम्मेवारी र सामुहिक नेतृत्वलाई प्रमाणित गर्नुपर्ने दायित्व हामी सामु आएको बताउनु भयो। सभामा विभिन्न पञ्चायत महोदयहरूले आ-आफ्नो सुझाउ, सल्लाह र अनुभवहरू बताएर एसकेएम सरकारले पञ्चायती राज संस्थामाथि गरेको खुल्ला हमलाको जानकारी गराए।

यस सभामा अध्यक्ष सम्भाषण राख्नुहुँदै पार्टी अध्यक्षले एसडीएफ शासनकालमा भएका प्रजातान्त्रिक पद्धति, विकास र सदुपयोगकोबारेमा बताउँदै एसडीएफ शासनकाल जनताको सुखद परिवर्तन काल रहेको बताउनुभयो। हामीले आत्मालोचना र समिक्षाको माध्यमद्वारा विगत र वर्तमानमाथि तुलना गर्नुपर्ने बताउँदै, हामीले 25 वर्ष खेर नफालेको कुरा बताउनु भयो। हाम्रा योगदानहरूले सिक्किमेली जनतामा ल्याएको सकरातामक परिवर्तनको फलनै हाम्रो खुशीको आधार रहेको बताउनुभयो। वहाँले सभामा उपस्थित सबै पञ्चायतहरूलाई कृतज्ञता प्रकट गर्नुभयो।

जो सभामा विभिन्न कारणले उपस्थित रहन सकेनन् वहाँहरूलाई गहिरो सम्झना रहेको बताउनु भयो। भौतिक विकास र मानसिक विकास समान रूपले हुन सकेनभने मान्छे दुःखी र अशान्त रहने हुँदा हामीले भौतिक विकाससँगसगै मानसिक विकासको क्रान्तिलाई पनि अघाड़ि लिएर जानुपर्ने कुरा बताउनुभयो। एसडीएफको राजनैतिक उद्देश्य भनेको भौतिक, वौद्धिक र मानसिक विकासको रोल मोडेल राज्यको रूपमा सिक्किमलाई फेर्नु हो। रोगमुक्त, शोकमुक्त र भोकमुक्त सिक्किम हाम्रो सपना हो। यहि सपनालाई विपनामा फेर्ने राजनैतिक प्रतिवद्धता नै हाम्रो राजनैतिक इमान्दारिता र नैतिकता हो।

ढाँट्नु/छल्नु र षड़यन्त्र गर्नु राजनीति नभएर त्यो फटाहा कुरा मात्र रहेको बताउनु भयो। हामीले जनताको सरकार जनताकै अधिनमा हुनुपर्छ भन्ने वृहत राजनैतिक उद्देश्यको सफलताका लागि पञ्चायति राजलाई पनि पार्टीगत आधारमा चुनाउ गरिने फैसला गरेका हौ। तर अहिले स्वतन्त्र चुनाउको पद्धतिले जवाफदेहिता एक व्यक्तिमा सिमित भएको बताउँदै वर्तमान अवस्थामा पार्टीकै हस्तक्षेप पञ्चायतमाथि लगाएर एसकेएम सरकारले पञ्चायतीराज प्रणालीकै खिल्ली उड़ाएको छ।

संवैधानिक संरचनालाई नै तोड़मोड़ गरेर देशको संविधानले दिएको अधिकारमा अतिक्रमण गर्दै पञ्चायतहरूलाई कम्जोर, अवहेलित र अपमानित बनाउने काम एसकेएम सरकारले गरेको छ भन्नुभयो। 

कृष्ण खरेल उपाध्यक्ष,

प्रचार-प्रसार मामिला 

एसडीएफ

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button