एस सी नेपालीसमाचार

एसडीएफ पार्टी पश्चिम जिल्ला कार्यकारिणी समितिको समन्वय सभा सम्पन्न

प्रेस विज्ञप्ति

आज दिनाङ्‌क २९.०१.२०२२ शनिवारको दिन एसडीएफ पार्टी पश्चिम जिल्ला कार्यकारिणी समितिको समन्वय सभा जोरथाङस्थित दक्षिण-पश्चिम जोनल कार्यलय गरिब उत्थान भवनमा सम्पन्न गरियो। कोभिड प्रोटोकल पालन गर्दै सम्पन्न आजको सभामा पार्टीको भावी कार्यक्रमहरूबारे व्यापक रूपमा बहस गरियो। एसडीएफ पार्टीलाई संस्थागत रूपमा अझ सुदृढ बनाउन आगमी दिनमा पार्टीले रचनात्मक कार्यक्रम गरिने सभाले निर्णय लिएको छ। यस बाहके एसडीएफ कार्यकालमा सिक्किमले कमाएको शान्त राज्यको गौरवलाई यथावत राख्न सबैले भरपूर प्रयास गरिनु पर्ने पनि आजको सभामा बहस गरियो। युवाको प्रत्येक क्षेत्रमा अथवा सिक्किमको नवनिर्माण कार्यमा महत्त्वपूर्ण भूमिका हुने हुँदा राज्यका अझ धेरै युवाहरूलाई एसडीएफ पार्टीको नीति र सिद्धान्तसँग जोड्ने आजको सभामा प्रस्ताव पारित गरियो।

समन्वय सभामा पश्चिम जिल्लाका नव नियुक्ति पदाधिकारीहरूलाई कार्यलय आदेश पत्र पनि वितरण गरियो। यस बाहेक आजको सभाले पार्टीको रिक्त पदहरूमा यथाशीघ्र नयाँ पदाधिकारीहरूको नियुक्ति गरिने निर्णय पनि लिएको छ।

आजको सभामा सभाध्यक्षको भार देन्ताम निवासी वरिष्ठ नगारिक श्रीमती सुकमित लेप्चाले निर्वाह गर्नु भएको थियो। पार्टीका उपाध्यक्ष श्री तेन्जी शेर्पा, केन्द्रीय कार्यकारिणी उपाध्यक्ष श्री सतिस मोहन प्रधान, पश्चिम जिल्ला प्रभारी तथा महासचिव श्री टासी ग्याछो भोटिया, पश्चिम जिल्ला कार्यकारिणी अध्यक्ष श्री रबीन तामाङलगायत समस्त महासचिव प्रशासन, युवा संयोजक-उपसंयोजक, सिएलसी अध्यक्ष श्री रबीनलाल गुरुङ अनि अर्जुन गुरुङ तथा पश्चिम जिल्लाका विभिन्न अहोदामा आसिन पार्टी पदाधिकारीहरूले आजको सभामा उपस्थिति जनाए।

जी एस रिजाल

महासचिव, प्रचार-प्रसार मामिला (प.जिल्ला)

एसडीएफ।

29.01.2022

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button