By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: सिक्किममा सीबीआई ल्याउने सही समय हो, यसमा सरकार चुक्नुहुँदैन: भाजपा सिक्किम
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Latest News

सिक्किममा सीबीआई ल्याउने सही समय हो, यसमा सरकार चुक्नुहुँदैन: भाजपा सिक्किम

SC Desk
Last updated: 2022/04/20 at 2:43 PM
By SC Desk
Share
3 Min Read
SHARE

सिक्किम राज्यमा लामो समयदेखि सीबीआई ल्याउने अनि राज्यमा भएका भ्रष्टाचारहरूको जाँच गराउने विषय चर्चामा रहेको छ। यस मुद्दामा विभिन्न राजनीतिक दलहरूले आ-आफ्नो तरिकाले माग उठाउँदै आएका छन् भने यो सिक्किमेली आम जनताको एउटा प्रमुख चाहना अनि आकांक्षा पनि हो। वर्तमान सत्तारूढ़ पार्टी, सिक्किम क्रान्तिकारी मोर्चाले पनि आफ्नो शुरूका दिनदेखि सरकार आएलगत्तै सीबीआईलाई सिक्किममा भित्र्याएर राज्यमा भएका वित्तीय अनियमितता र भ्रष्टाचारहरूको सघन जाँच गराउने वकालत गर्दै आएको थियो भने जनताले पनि यसै मुद्दाको आधारमा एसकेएम पार्टीलाई बहुमत दिलाएर सत्तामा पुऱ्याएका छन्। तर एसकेएम पार्टीको सरकार आएपछि पनि विगत तीन वर्षको अवधि यस विषयमा कुनै पहल नहुनु विडम्बनाको विषय हो। सीबीआई सिक्किम आउने विषयमा पूर्व सरकारले जहाँ बाटो बन्द गरिदिएको थियो, त्यो आज नयाँ सरकार आएको तीन वर्षसम्म पनि यथावत छ अनि यसप्रति कुनै पहल नहुनु सिक्किमे जनाकांक्षा साथै आफ्नो वचनवद्धताको ठाड़ो बेवास्ता हो।
केही दिन अघिदेखि सिक्किम राज्य राष्ट्रिय स्तरमै चर्चाको विषय बनेको छ। यो कुनै राम्रो कामको कारण नभएर ठूलो वित्तीय अनियमितता अनि धाँधलीको कारण भएको छ। विगत 20 महिनादेखि मल्टी कमोडिटी एक्सचेञ्ज (एमसीएक्स) मा सिक्किम राज्यबाट भएको अप्रत्यासित लगानीले अहिले सारा देशलाई नै चकित बनाइरहेको छ भने यसबाट अरबौंको घोटाला भएको सहजै अनुमान लगाउन सकिन्छ। यस मामिलामा दिनदिनै नयाँ-नयाँ रहस्यहरूबाट विस्तारै पर्दा उठ्दै गइरहेको छ भने यसमा राज्यमा सञ्चालित ठूलठूला वित्तीय संस्थानहरू पनि शंकाको घेरोमा पर्न गइरहेका छन्। यस अतिरिक्त सिक्किममा आयकर छुट रहेकोले यसको फाइदा उठाउँदै यहाँबाट एमसीएक्समा लगानीको निम्ति ठूलो हवाला ऱ्याकेट चलिरहेको पनि हाम्रो संज्ञानमा आएको छ। यस विषयमा मुख्यमन्त्री स्वयंले पनि ठूलो अनियमितता भएको आशंका व्यक्त गर्दै राज्यको सतर्कता विभागलाई छानबीनको निम्ति निर्देश दिइसकेका छन्। तर, राष्ट्रिय स्तरको एउटा व्यापारिक संस्थानमार्फत भएको यति ठूलो अनियमितताको छानबीन गर्न भिजिलेन्स विभागको क्षमता पर्याप्त छैन।
यसर्थ, भाजपा सिक्किम राज्य सरकारलाई अविलम्ब राज्यमा सीबीआईलाई आउने मार्ग प्रशस्त बनाएर यस अप्रत्यासित वित्तीय अनियमितताको गहन छानबीन गराउन सुझाउ दिँदछ। राज्य सरकारले विगत तीन वर्षमा विभिन्न बहाना बनाउँदै सीबीआई ल्याउने विषयलाई तन्काउँदै आएको भए तापनि यो नै सिक्किममा सीबीआई ल्याउने सही समय हो र यसमा सरकार चुक्नुहुँदैन। यसर्थ, भाजपा सिक्किम राज्य सरकारलाई आफूले चुनाउअघि पटक पटक जनतासँग गरेको वाचालाई पूरा गरेर सिक्किमे जनतालाई न्याय दिलाउनका साथै भविष्य सुरक्षित गर्नेतर्फ अविलम्ब पहल गरियोस् भनी माग गर्दछ।
डा. राजु गिरी
प्रवक्ता, भाजपा सिक्किम

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: BJP Sikkim, Gangtok, News from Sikkim, Sikkim, Sikkim News
SC Desk April 20, 2022 April 20, 2022
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
परिवर्तनको नाम गरेर झूठ, अफवाह र फरेबको आड़मा सत्ता हत्याउन सफल भएको एसकेएम सरकारमा जनता वाक्क दिक्क भएका छन् : एस डी एफ

प्रेस विज्ञप्ति  आज तारीख ४ अक्टोबर, २०२१ -को दिन जूम-सालघारी क्षेत्र अन्तर्गत…

Rs. 20000 for non-working mothers under ‘Aama Scheme’: CM PS Tamang

Chief Minister PS Tamang while addressing an event at Baiguney, West Sikkim…

Rider duo from Sikkim to participate in Royal Enfield Continental GT 650 Cup

Though motorsports ecosystem may not be popular in Sikkim or may be…

You Might Also Like

Chief Minister Prem Singh Tamang Inaugurates Refurbished Sikkim Guest House in Guwahati
PoliticsSikkim

Chief Minister Prem Singh Tamang Inaugurates Refurbished Sikkim Guest House in Guwahati

By SC Bureau
Joymoti Arrives at Vantara for Urgent Medical Care Following Flood Rescue
Sikkim

Joymoti Arrives at Vantara for Urgent Medical Care Following Flood Rescue

By SC Desk
Training & Demonstrations on Oyster Mushroom Cultivation Held for Border Populations under Civic Action Programme
Sikkim

Training & Demonstrations on Oyster Mushroom Cultivation Held for Border Populations under Civic Action Programme

By SC Desk
National Space Day-2026, Celebrated in Namchi with Focus on Space Science and Opportunities for Students
Sikkim

National Space Day-2026, Celebrated in Namchi with Focus on Space Science and Opportunities for Students

By SC Bureau
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?