Latest News

“एसडीएफ अध्यक्षले आगामी 28 मार्चदेखि हुने विधानसभाको चौथो वित्तिय सत्रमा सहभागिता दिनुहुनेछ ” एसडीएफ

प्रेस विज्ञप्ति

एसडीएफ पार्टी प्रजातान्त्रिक मूल्य र मान्यतालाई मान्ने पार्टी हो। त्यसर्थ २०१९ -को १०औं विधानसभा चुनाउको परायजलाई स्वीकारेर एसडीएफ पार्टीले आजपर्यन्त विपक्षी पार्टीको भूमिका निर्वाह गर्दै आइरहेको छ। प्रजातान्त्रिक पद्धतिमा जनमतले चुनिएका सरकारलाई काम गर्ने माहौल र अवसर दिनु विपक्षी पार्टीको ठूलो धर्म हो। यसलाई शिरोपर गर्दै एसडीएफ पार्टी विपक्षीमा बसेर वर्तमान सरकारलाई सिक्किम र सिक्किमेली जनताको पक्षमा रचनात्मक सुझाउ दिँदै आइरहेका छौं।

आज सिक्किमेली जनताले एसकेएम पार्टीलाई सत्ता सुम्पिएको लगभग तीन वर्ष पुगेको छ। जनतालाई अनेकौं वाचा र कसमहरू दिएर सत्ता ग्रहण गर्न सफल बनेको एसकेएम पार्टीले आफ्नो घोषणा पत्रमुताबिक आजसम्म कुनै पनि काम गर्नसकेको छैन। एसकेएम पार्टीको घोषणा पत्रमाथि जनताले ठुलो आशा गरेका थिए। जनताको आशा र विश्वास टुटाएको हुनाले एसकेएम पार्टीको घोषणा पत्रको आज कुनै इज्जत रहेको छैन।

एसडीएफ पार्टीले विपक्षीको रूपमा सिक्किम र सिक्किमेली जनताको हक, हित र अधिकारका पक्षमा आवाज उठाउँदै आइरहेका छौं। एसकेएम सरकारको पहिलो विधानसभा सत्र ३ जून, २०१९ -मा सम्पन्न भएको थियो। त्यस सत्रमा एसडीएफ पार्टीका अध्यक्ष श्री पवन चामलिङलाई सदनमा सत्तारूढ़ पार्टीकै कार्यकर्ताहरूले असंसदीय शब्दले गाली गलौज गरी दुर्व्यवहार गरेका थिए। सदनको गरिमामाथि ठूलो अपमान गरिएको त्यस दुर्व्यवहार र असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्ति गरिएका प्रतिवादमा एसडीएफ पार्टीले प्रजातन्त्रको मर्यादा र जनताका पक्षमा अघिल्ला विधानसभा सत्रहरूलाई बहिष्कार गर्दै आइरहेको थियो। यद्यपि, सिक्किम र सिक्किमेली जनताका हित, सुरक्षा र अधिकारका पक्षमा विधानसभा सत्रहरूमा लिखित प्रश्नहरू एसडीएफ पार्टीले पठाइरहेका थियौं। यसका साथै हामीले जनताका हितसँग सम्बन्धित हरेक मुद्दामाथि सरकारसमक्ष सकारात्मक सुझाउहरू राख्दै आयौं। सिक्किमको हितमा हुनुपर्ने विषयहरूबारे सरकारलाई अवगत गर्दै आइरहेका छौं।

वर्तममान समयमा कोभिड महामारीसँगै एसकेएम सरकारको गैर जिम्मेवार नेतृत्वको कारण राज्य र जनताको आर्थिक स्थिति धेरै खस्किएको छ। राज्यको कानून व्यवस्था पूर्ण रूपले बिग्रिएर गएको छ। एसकेएम सरकारले आफ्नो कार्यकालको चौथो बजेट प्रस्तुत गर्न गइरहेको छ तर अहिलेसम्म चुनावी घोषणा पत्रमा लेखिएको वाचा-बन्धन पूरा गर्नसकेको छैन। सिक्किम र सिक्किमेली जनताको आवश्यकतालाई हेरेर यस सरकारले जनमुखी काम गर्छ भन्ने सम्भावना अलिकति पनि देखिँदैन। सिक्किमको स्थिति अहिले अत्यन्त नाजुक बनेको छ। यसै विषयहरूलाई मध्यनजर राख्दै सिक्किम र सिक्किमेली जनताका पक्षमा आवाज उठाउन एसडीएफ पार्टीका अध्यक्ष श्री पवन चामलिङले आगामी २८ मार्चदेखि हुने विधानसभाको चौथो वित्तीय सत्रमा सहभागिता दिनुहुनेछ। चार दिनसम्म चल्ने विधानसभा यस सत्रमा उहाँले राज्यका प्रमुख राजनीतिक मुद्दाहरूसहित सम्पूर्ण सिक्किम र सिक्किमेली जनताका सुरक्षा, न्याय र अधिकारको पक्षमा सदनमा आवाज उठाउनुहुनेछ।

एम.के. सुब्बा

मुख्य प्रवक्ता, एसडीएफ।

27.03.2022

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button