Latest News

पवन चामलिङले मुख्यमन्त्री एंव राज्यपालको बजेट भाषणलाई अध्ययन नै नगरी केवल आफ्नो अंहकार मात्र दर्शाउन विधानसभामा उपस्थिति जनाएको देखियो : एसकेएम

प्रेस विज्ञप्ति

2022-23 को बजेट सत्रको तेस्रो दिन राज्यपाल एवं मुख्य मन्त्रीले पेश गरेको बजेट अभिभाषणमाथि आफ्नो सहमति असहमति जनाउने क्रममा पूर्व मुख्य मन्त्री पवन चाम्लिङले राज्यपालको भाषणलाई कविताबाट शुरु गरेर कवितामा नै सकिएको भाषण भनेर कटाक्ष गर्नु उनको अल्प ज्ञान मान्नुपर्छ । उनले मुख्य मन्त्री एवं राज्यपालको बजेट भाषणलाई प्रथमतः अध्ययन नै नगरी केवल आफ्नो अहंकार मात्रै प्रदर्शन गर्न विधानसभामा उपस्थित जनाएको देखियो । सिक्किम र सिक्किमेली जनताको भविष्य निर्माण गर्न तयार पारेको बजेटमा यदि असन्तुष्ट रहेका थिए भने सदनभित्र त्यसमाधी बहस गरिनुपर्ने हो। सदनका नेता तथा मुख्य मन्त्रीले बहसको क्रममा पूर्व मुख्य मन्त्री पवन चाम्लिङको कार्यकालमा भएका भ्रष्टाचार र अनियमिततामाथी सदनलाई प्रमाण सहित बुँदा प्रस्तुत गर्दा पानी पानी बन्नुपरेको शर्मनाक अवस्थाको ढाक्छोप गर्न उनले सदन बाहिर गएर प्रेस विज्ञपति मार्फत आक्रोश उगेलेका हुन । हामीले अपेक्षा गरेका थिय त्यत्रो लामु 38 वर्षको राजनीति मा 25 ( पच्चीस) वर्ष मुख्य मन्त्री गरेका व्यक्तिको भद्रता, अनुशासन लगायत बहस गरिने तरिका सायद सिक्ने मौका पाइएला तर विधान सभाभित्र उपस्थित सबैले 1 उनिभित्र झ्याँड्डिएको अहंकार सिवाय केही भेटिएन (यो पनि जानकारी हुनुपर्छ कि यो दसौं बिधान सत्र हो र सदनको पच्चीस दिनको अन्तरालमा पवन चाम्लिङले केवल छ दिन मात्रै आफ्नु उपस्थिति दिएका हुन र यो पनि उनलाई ज्ञात हुनु पर्ने नै हो कि आफ्नो अनुपस्थितिको लिखित विधानसभा अध्यक्ष समक्ष पुग्नु पर्ने अनिवार्यता रहन्छ । त्यो नियम अझै नबुझेका हुन या नियम उलंघन ?) जानकारी सदनभित्र हुनुपर्ने शिष्टचार, अनुशासन एवं सदनको मर्यादा नै यत्तिका सालसम्म पवन चाम्लिङले नबुझ्नु उनको पार्टीको लागि मात्रै नभएर सिक्किमे सम्पुर्ण समाजको ने दुर्भाग्य मान्नुपर्छ । समयले राजनीतिबाट बिदाइ दिइसकेका चाम्लिङले अहिले पनि त्यो पुरानै मुख्य मन्त्रीको घमण्ड बोकेर हिड्नु नै राजनैतिक यात्रामा विश्राम बिन्दु भेट्नु हो। पवन चाम्लिङ्को युवाहरूलाई लट्याएर पडगु बनाउन प्रयोग गरिने संयन्त्रहरुले काम गर्न छोडेपछि आयातित आतंककारीको सहायता लिएर अहिले सदन छोडेर सिक्किमको शान्ति शृङ्खलालाई भत्काएर दोष वर्तमान सरकारमाथि थोपर्ने दुष्प्रयास चलेको सबैले अनुभव गरिरहेछन तर, उनका विशिष्टिकरण नभएका बिचारहरुमाथी वर्तमान सरकार बहस गरेर समय बर्बाद गर्न चहाँदैन ।

अहंकारलाई आफ्नो अन्तर्निहित सफलता ठान्ने पवन चाम्लिङले अनावश्यक कुरा उठाएर सिक्किमे समाज सामुन्ने आफ्नो असलियत छुपाउने प्रयत्न गर्नु भन्दा राजनीतिलाई ब्यापार सम्झने मानसिकताको बाटो परित्याग गरेर बाहिर संसारमा आउने सुझाव राख्छु । जनताको तल्लो तहसम्म निहुर्रिदा आफूलाई होचो ठान्नु र भाव सम्प्रेषण गर्न सदनमा आफ्नो अहमको पहाडै बोकेर आउने मनसाय भएका व्यक्तिको सैद्धान्तिक बहस नाटक मात्रै लाग्छ । चाम्लिङको सिक्किमलाई अन्तिम थोपोसम्म निचोरेर सुकाउने मनसाय आज एसकेम पार्टीको सरकारले बिफल गरिदिएकोमा बजनु उनको रोष प्रकटिकरण मात्रै हो । तथ्य र सत्यहीन आधार बोधो हतियार हो उनले बुझुन पच्चीस वर्ष उनले स्थापित गरेका उनको उद्योगका लगानीकर्ताको मुख सुक्ने र अब उप्रान्त आफू फुटेका ओंठ लिएर भाका फेर्न नसक्ने बनेपछी एउटै विकल्प आतंकवाद समाउन पुगेका छन । तीन वर्षपछि बिधान सभा आउनु अनि बोल्न नदिएको आरोप लगाउनु भनेको हिजोको सदनले उनले गरेको भ्रष्टाचार प्रमाणित गरेपछी उनको व्यापारको युद्ध परास्त ● बनिँदाको छट्पटी मात्रै हो । अरुको भाग्यलाई बिरुवा मै निमोठिदिएर एकल व्यक्ति पच्चीस वर्ष सदनको नेता बनेर हाँकेका गफलाई स्मरण नगरेर निर्धारित सात मिनेटमा आफ्नु बुँदा राख्नका बदली तिनै पुराना झ्यास कुरामा अल्डनु हुँदैन भन्ने बुझ्न जरुरी थियो अनि सबैले कुरा राख्ने समय पाउँदा उनले मात्रै कसरी पाएनन ?

जुन बेला उनको उपस्थिति बिधान सभामा अनिवार्यता थियो त्यो ने बेला उनी थिएनन । सो दिन बजेटलाई

विधानसभामा परि गरिनु थियो जहाँ उनले उपस्तिथि दिनु पर्ने हो तर, त्यसो भएन। उनलाई यदि बजेट स्वागतयोग्य लागेको थिएन भने त्यहीँ तर्क राख्न सक्नु पर्थ्यो। बहसमा आउन सक्नु पर्थ्यो । त्यो किन गर्न सकेनन र बाहिर गएर चिच्याउँछन ? आश्चर्य त त्यो बन्न गएको छ । ठाउँ र परिवेश अनुसार हामिले निः सन्देह तर्क राक्न सक्नु पर्छ भन्ने विचार लिएर आएको पार्टी र सरकार हो एसकेम। पुराना दिनलाई स्मरण गर्दा वर्तमान मुख्य मन्त्री र विधायक सोनाम लामाले उनको सत्ताकालमा बहसमा निष्फिक्री भाग लिएकै थिए त । तर बजेटमाथी बहस गर्नका बदली चाम्लिङलाई पार्टी अफिस पुग्न त्यो दिन किन आतुर बन्नु पर्यो, त्यो हामिले होइन जनताले प्रश्न गर्न पर्ने हुन्छ । यदि उनले जनताको भलो र बिकास चहान्थे भने केही क्षणलाई पार्टीको काम बिर्सेर बजेटमाथि बहस गर्न सक्दैन थिए ? यसैले उनको बेबुनियादी तर्कलाई आरोपलाई पुर्ण खण्डन गर्दै स्वस्थ बिचार लिएर आउने सल्लाह राख्दछु

सिपि शर्मा

प्रवक्ता एवं साहित्य प्रभारी

सिक्किम क्रान्तिकारी मोर्चा पार्टी

Download Sikkim Chronicle App

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker