Sikkim

SBS बाट विगत वर्षहरुमा डुबेको सम्पूर्ण ऋण उकासी गर्न राज्य विधानसभामा विधेयक लायाउने अनि कानून बनाएर ऋण उठाउने मुख्यमन्त्रीको घोषणा स्वागत योग्य : भाजपा

प्रेस विज्ञप्ति

27 अक्टोबर, 2021

सिक्किम राज्यको धरोहरको रूपमा रहेको सिक्किम राज्य ब्यांक (एसबीएस) विगत लामो समयदेखि विभिन्न विवादको घेरोमा रहेको विषय सर्वविदितै छ। विशेष गरी यो ब्यांकलाई विगत लामो समयदेखि राजनैतिक रूपमा गलत प्रबन्धनको शिकार बनाइएको अनि मुख्यमन्त्री, मन्त्रीलगायतका राजनीतिक रूपमा उच्च पदमा आसीन व्यक्तिहरूले यसलाई आफ्नो मनमुताबिक आफ्ना वरिपरिकोहरूलाई करोड़ौं रुपियाँको ऋण उपलब्ध गराएर जनताको पैसा डुबाउने काम गरेको कुरालाई अनदेखा गर्न सकिँदैन।

यसबीच यस्तै राजनीतिक प्रभावमा ब्यांकले सिक्किमे जनताको पैसाको दुरूपयोग गर्दै करोड़ौं रूपियाँ ऋणमा डुबाएको तथा राजनीतिक दबावमा आएर ब्यांक प्रबन्धन पक्षले पनि ब्यांकिङ प्रणालीको नियमहरूलाई ताकमा राखेर काम गरेको जगजाहेर छ। भारतीय जनता पार्टीले पूर्व सरकारको समय पटक-पटक यो मुद्दा उठाउँदै यस ब्यांकलाई उचित प्रबन्धन गर्न साथै ब्यांकिङ प्रणालीको मुख्यधारामा ल्याउनको निम्ति आवाज उठाएको थियो भने त्यस समय ब्यांक प्रबन्धन पक्षले 371 एफ को हावाला दिएर अरबौंको भ्रष्टाचारलाई छोप्ने कार्य गरेको अनि अझै पनि ब्यांक प्रबन्धन पक्षको बयानहरूमा यस्तै गन्ध आइरहेको देखिन्छ।

यसैबीच, आज राज्यका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले एसबीएसलाई लिएर बयान दिँदै एसबीएसबाट विगत वर्षहरूमा डुबेको सम्पूर्ण ऋण उकासी गर्न राज्य विधानसभामा विधेयक ल्याउने अनि कानून बनाएर सबै डुबेको ऋण उठाउने गर्ने घोषणा गरेका छन्। भारतीय जनता पार्टी मुख्यमन्त्रीको यस साहसिक अनि पारदर्शी कदमलाई सहर्ष स्वागत जनाउँदै चाँड़ै यसलाई कार्यरूपमा उतारेर ज-जसले सिक्किमे जनताको पैसा खाएका छन् उनीहरूबाट सबै ऋण उकासी गर्नमा सिक्किम सरकार सफल बन्नेछ भन्ने आशा गर्दछ।

यस अतिरिक्त सिक्किमे जनताको आर्थिक गतिविधिको केन्द्रमा रहेको एसबीएसलाई ब्यांकिङ प्रणालीको मुख्य धारामा ल्याउनका साथै राजनीतिक प्रभावहरूबाट मुक्त राखेर आगामी दिनमा स्टेट ब्यांक अफ सिक्किमलाई आम सिक्किमे जनताको ब्यांकको रूपमा स्थापित गराउन पनि भारतीय जनता पार्टी, सिक्किम माग गर्दछ।

डीबी चौहान,

अध्यक्ष

भारतीय जनता पार्टी

सिक्किम प्रदेश

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button