सिक्किम बचाउ भन्ने नौटंकी अभियान बोकेर पवन चाम्लिङ आजकल पच्चीस वर्ष नपुगेका गाउँहरुमा, ठाउँहरुमा पुग्दैछन्। पच्चीस वर्ष उनले गरेको हत्या र हिँसाको राजनीतिको प्रायश्चित्त गर्न जति नै गाउँ र घरहरु, मराउ र बिहे घरहरु गए पनि, घुमे पनि पच्चीस साल जनताले बगाएको रगतको आँसुले क्षमा दिने छैन। आज उनले ती तमाम पच्चिसै वर्ष च्यादर फेर्न नसकेका घरहरु सायद भेट्दै होलान्। ती 2011 सालमा गएको भुइँचालोले चरचर चर्काएका गाउँका घरहरू भेट्दै होलान, जसले त्यो विकट समय चाम्लिङको प्रतीक्षा गरेका थिए र ती तमाम घरहरु आज भेट्दै होलान्। दिल्ली र कोलकाताबाट सहयोगका हात बडाएर नेताहरु सिक्किमे जनता भेट्न, सिक्किमे जनतालाई परेको संकटमा सहयोग र साथ दिन आइपुग्दा पनि आफ्नै राज्य सिक्किमको तत्कालीन मुख्यमन्त्री पवन चाम्लिङ देखा नपर्नु नै उनमा जनताप्रति माया र दया नभएको एउटा पाषाण (पत्थर) दिल भएको नेता भनेर चिनेकैले 2019 मा सत्ताच्यूत गराएका थिए। उनको त्यसैबेला मन र भावना जनताप्रति कसतो छ अड्कल लगाइसकेका थिए र आज उनी सत्ता बाहिर भएपछि पुनः जनतामा म साखै तिम्रै हूँ भन्ने जत्तिसुकै चिच्याए पनि जत्ती नै आँसु खसाले पनि जनताको विश्वासीलो नेता बन्न सक्दैनन्।
जनताले त्यो घाउ बिर्सेका छैनन् र बिर्सन सक्दैनन् पनि। आजको उनको सिक्किम बचाउ अभियान भनेको जनताको हित होइन उनको सत्ताको लोभ हो भन्ने पनि जनताले बुझेका छन् र आजको उनको सिक्किम बचाउ अभियान पनि सत्ताको अनि कुर्सीको लोभ बोकेर गाउँ झरेका हुन भन्ने बिश्वास जो कोहिले अडकल लाउन सकिने विषय हो। अब पवन चाम्लिङले जनता सम्मुख लाचार बनेर गोहीको आँसु झारे पनि जनताको निखृएको रगतका आँसुका डोबहरु भर्न सक्दैनन्।
आज पवन चाम्लिङ सिक्किम बाहिरबाट हतियारधारी मान्छे भित्र्याएर राजनीति गर्दैछन्। तर, त्यस विपरीत उनी वर्तमान सरकारलाई आतंकको दोष थोपर्दैछन्। उनले आफ्नो सत्ताकालमा थिचेका जनताले कुन साँचो र कुन झूटो बुझेकाले पवन चाम्लिङ त्यो दोषबाट मुक्त हुनै सक्दैनन्। आज चाम्लिङ उनको राजनीतिक लक्ष्य भनेको सिक्किमको सुरक्षा, सिक्किमेको अस्तित्वको सुरक्षा र जुन बिकास र समृद्धिको कुरा गर्दैछन् त्यो नै उनको राजनैतिक नाटक हो। पच्चीस वर्ष व्यक्तिगत र पारिवारिक बिकास गर्नपटि लागेर जनता बिर्सेका चाम्लिङले आज सिक्किमको बिकास गर्ने कुरा गर्दैछन्। त्यसो भए, गाउँ किन उठ्न सकेन पच्चीस वर्ष ? जनता सम्बृद्ध किन हुन सकेनन पच्चीस वर्षमा ? ती गाउँका झोपडीले किन काँचुली फेर्न सकेनन पच्चीस वर्षमा ? अस्पतालमा दबाई नपाएरै किन जवानी मै साधारण रोगको कारण सिकार बने गाउँका जनता ? लोग्नेलाई डाइलसिस गर्न स्वास्नीले बुलाकीसम्म बेच्न बाध्य बन्दा पवन चाम्लिङको दया कहाँ थियो ? छोराछोरी पडाउन आफ्नो घरबारी नै बेच्न पर्ने अवस्थामा अभिभावक बिवस भएका बेला पवन चाम्लिङको आज देखाउँदै गरेकै नौटंकी नै भए पनि भावना कहाँ थियो ? आफ्नो सत्ताभरी एकलै राजा रजाइँ गरेका पवन चाम्लिङले आगामी दिनमा सिक्किमेको राज हुनेछ भन्नू नै उनको बिफल नाटक हो।
जनाताबाट पाँच रुपियाँ डाँक्ला गरेर गरिबले औंला फुटाएर फुलाएको फूल किनेर आफूले पचास रुपियाँमा बेच्ने पवन चाम्लिङलाई पचासै रुपियाँ जनतालाई दिलाउने भावना किन पलाएन त्यो बेला? कात्रो किन्न नसकिरहेका जनताको ब्यथा नबुझ्ने र आफू मखमलमा सुत्ने पवन चाम्लिङलाई आफ्नो सरकार ढलेपछी मात्रै जनता पनि छन भन्ने भावना आउनु सत्ताको लोभ बाहेक अरु के हुन सक्छ ?आज जनताको त्यो अवसथा देखेर उनमा चिन्ता बडेकै भए सत्ता झर्ने बित्तिकै गाउँमा गएर गाउँलेको अवस्था र व्यवस्थामाथी सुधार गर्नुपर्ने विषय विधानसभामा किन गर्न नसकेर आज सोझा जनता भट्काउँदैछन ? जनताकै समृद्धि चहानथे पवन चाम्लिङ भने विधानसभा नै जान किन डराए चाम्लिङ ? किनकि , त्यहाँ उनलेे गरेको भ्रष्टाचारको र मनमानीको जवाफ दिन नसक्ने अवस्था र पोल खुल्ने डर थियो। किनकि, त्यहाँ उनले गरेको हत्या र हिँसाको जवाफ दिन सक्ने अवस्था थिएन। किनकि, त्यहाँ उनले परिवारवादले ग्रसित उनको राजनीतिको उत्तर दिन सक्ने अवस्था थिएन। किनकि, उनमा 2011 को भुइँचालोमाथी भएको भ्रष्टाचारको जवाफ दिन सक्ने अवस्था थिएन।
आज पवन चाम्लिङ त्यो अवस्थामा पुगेका छन कि, मराउ घरहरुमा पुगेर शोकित परिवारप्रति संवेदना दिनु बदली राजनीति गर्दैछन्। कोरामा बसेका क्रियापुत्रीलाई के परिरहेको छ त्यो नदेखेर केवल वर्तमान सरकार र मुख्यमन्त्रीपीएस गोलेको बिरोधको कुरा गर्दैछन्। आज बेहुला र बेहुलीलाई बधाई र शुभकामना दिनका बदली तिनैहरुसित राजनीति गर्न पुग्दैछन्।
सीपी शर्मा
सिक्किम क्रान्तिकारी मोर्चा पार्टी