By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: सिंहदेवी मन्दिर को उद्घाटन, मालबाँसे, बुदाङ पश्चिम सिक्किम
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Trending

सिंहदेवी मन्दिर को उद्घाटन, मालबाँसे, बुदाङ पश्चिम सिक्किम

SC Desk
Last updated: 2022/01/15 at 6:23 AM
By SC Desk
Share
3 Min Read
SHARE

गान्तोक, 12 अक्टोबरः पश्चिम सिक्किमको मलबाँसे बुदाङको ऐतिहासिक हिन्दु तीर्थस्थल मानिएको लुङ्चोके सिंहदेवी मन्दिरमा चारदिने धार्मिक पूजा आयोजन भइरहेको छ। स्थानीय मानिसहरूको सत्प्रयासमा शताब्दी पुरानो धार्मिक आस्था बोकेको यो मन्दिरको जीर्णोद्धारपछि हिजोदेखि यहाँ पूजा-अर्चना शुरु भएको छ। यो मन्दिर मूल सड़कदेखि लगभग 200 फिट दुरीमा अवस्थित छ। मन्दिरमा भक्तजनको सुविधाका लागि सिँढ़ीमा टाइल्स लगाउने कार्य, गेट, शेड, रेलिङलगायतका अन्य पूर्वाधार निर्माण गरिएका छन्।

मन्दिरका अग्रणी भक्त तथा शुभचिन्तक माधवप्रसाद शर्माले मन्दिरको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी दिँदै भने, “शताब्दी पुरानो यो मन्दिरप्रति स्थानीय मानिसहरूको आस्था र विश्वास जोड़िएको छ। हाम्रा बाजे-बराजुको समयदेखि नै यहाँ स्थानीय मानिसहरूले पूरा-अर्चना गर्दै आएका छन्। यहाँ पूजा-आराधना गर्दा आफ्नो मनोकामना पूरा हुने विश्वास गरिन्छ।” मन्दिरको दर्शन तथा पूरा-अर्चना गर्न आउने भक्तजनको सुविधा र विश्रामका लागि मन्दिर परिसरमा अन्य पूर्वाधार निर्माण गर्ने योजना रहेको छ। यसरी नै भक्तजनका लागि मन्दिर प्राङ्गमणको शुरुमै जुत्ता-चप्पल राख्न शेड निर्माण गरिने पनि योजना रहेको छ। यो मन्दिरको जीर्णोद्धार गर्न स्थानीय मानिसहरूले स्वेच्छाले यथाशक्य सहयोग पुर्‍याएका छन्। स्थानीय एसबी राउत, भानु राई, राजेश खड्का, सोरेङका वर्तमान संयुक्त निदेशक शिवप्रसाद शर्मालगायत अन्य स्थानीय मानिसहरूले सक्रिय रहेर ठूलो योगदान दिँदै आइरहेको उनले बताए।

“यसै वर्ष मन्दिर परिसरमा संसारी माईको मन्दिर पनि निर्माण गरिएको छ भने गणेशको मूर्ति पनि निर्माण गरिएको छ। मन्दिर परिसरमा यत्रतत्र छरिएका दुर्गामाता, सरस्वतीमाता, गणेश भगवान् र अन्य देवी-देवताका ढुङ्गाका मूर्तिहरूलाई सुन्दर ढङ्गमा सजाएर राख्न 10द10 को कोठा निर्माण गरिएको छ। मन्दिर परिसरमै नाग मन्दिर पनि निर्माण गरिएको छ। मन्दिरको निर्माण कार्य 90 प्रतिशत पूरा भएको छ। सिक्किमेली समाजको मानसिकता सरकारमाथि निर्भर रहने गर्दछ। तर यो मन्दिरको जीर्णोद्धार कार्यमा स्थानीय भक्तजन र शुभचिन्तकहरूको सहयोगी भाव रहेको पाउन सकिन्छ। यसलाई साँच्चै उदाहरणका रूपमा लिन सकिन्छ”-पेशाले शिक्षक रहेका शर्माले भने।

“युगौं पहिलाअघि यो मन्दिरमा धूलपूजा पनि गरिएको इतिहास पाउन सकिन्छ। बुदाङ-मलबाँसे क्षेत्रमा हिँउदो महिनामा धूलो उड्ने गरेको कारण रोग फैलिन नपाओस् भनेर धूलपूजा गरिन्थ्यो। दिउँसो धूलपूजा गरेपछि साँझ पख पानी परेपछि धूलो हराएर जाने बूढ़ापाखाहरू बताउँछन्। यसैले यो मन्दिरप्रति मानिसहरूको अगाध आस्था र विश्वास छ”-शर्माले अघि भने।

स्थानीय मानिसहरूले बताएअनुसार सिक्किमका भूतपूर्व मुख्यमन्त्री नरबहादुर भण्डारी स्कूले शिक्षा पूरा गरेपछि उच्च शिक्षा हासिल गर्नका लागि दार्जीलिङ जानअघि यसै मन्दिरमा आएर शिर निहुराएर भगवानको पूरा-अर्चना गरेका थिए। यस्तै प्रकारले भण्डारीले यसै मन्दिरमा पूरा-अर्चना गरेर नै आफ्नो राजनीतिक जीवन शुरु गरेका थिए। उनको शासनकालमा यो मन्दिरको रखरखाउप्रति पनि ठूलो काम भएको थियो। “यसपछिको सरकारकालमा पनि परोक्ष-अपरोक्ष रूपमा सहयोग प्राप्त भएकै छ। मरम्मती कार्य, छाना फेर्ने र पार्टिसनका कामहरू भएकै हुन्। हिजोआज पनि सोरेङ महकुमाका अधिकारीहरूले पनि बेलामौकामा यहाँ आएर निरीक्षण गरिरहेका छन्। मन्दिरका लागि सबैले आफ्नो हैसियतअनुसार योगदान दिइरहेका छन्। यो पवित्र मन्दिरलाई सरकारले रोलु मन्दिर, गान्तोकमा ठाकुरबारी र अन्य उदाहरणीय मन्दिरजस्तै बनाउन चाहेको खण्डमा हामी स्थानीय जनताबाट भरपुर सहयोग पुर्‍याउनेछौं। यो मन्दिर परिसरमा धेरै जमिन छन्। मन्दिरसित जोड़िएको फाँटिलो सरकारी जमिन छ। सरकारले यस दिशामा सहयोग गरेको खण्डमा स्थानीयसँगै भक्तजनका लागि ठूलो उपलब्धि हासिल हुनेछ”-शर्माले भने।

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
SC Desk January 15, 2022 January 15, 2022
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
परिवर्तनको नाम गरेर झूठ, अफवाह र फरेबको आड़मा सत्ता हत्याउन सफल भएको एसकेएम सरकारमा जनता वाक्क दिक्क भएका छन् : एस डी एफ

प्रेस विज्ञप्ति  आज तारीख ४ अक्टोबर, २०२१ -को दिन जूम-सालघारी क्षेत्र अन्तर्गत…

Rs. 20000 for non-working mothers under ‘Aama Scheme’: CM PS Tamang

Chief Minister PS Tamang while addressing an event at Baiguney, West Sikkim…

Rider duo from Sikkim to participate in Royal Enfield Continental GT 650 Cup

Though motorsports ecosystem may not be popular in Sikkim or may be…

You Might Also Like

Chief Minister Highlights Sikkim's Achievements and Development Priorities at NITI Aayog Interaction Programme
Latest NewsNorth-EastSikkim

Chief Minister Highlights Sikkim’s Achievements and Development Priorities at NITI Aayog Interaction Programme

By SC Desk
Commercial Establishments in Burtuk Inspected During Weekly Drive led by SDM Gangtok
Latest NewsSikkim

Commercial Establishments in Burtuk Inspected During Weekly Drive led by SDM Gangtok

By SC Desk
Research Conclave 1.2 Successfully Organized at SIST Under the visionary leadership and constant encouragement of the Principal-cum-Director, Prof. (Dr.) B. B. Pradhan, Sikkim Institute of Science and Technology (SIST), Chisopani, successfully organized Research Conclave 1.2 on 10 June 2026.
Latest NewsSikkim

Sikkim Institute of Science and Technology (SIST), Chisopani, successfully organized Research Conclave 1.2 on 10 June 2026.

By SC Desk
District Collector Chairs District Skill Committee Meeting on Skill Development Initiatives
entrepreneurshipLatest NewsPoliticsSikkim

District Collector Chairs District Skill Committee Meeting on Skill Development Initiatives

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?