By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: मल्लीस्थित सुन्तलेमा एसडीएफ पार्टीका नाइके पवन चामलिङको निर्देशनमा उनका कार्यकर्ताहरुले गरेको गुण्डागर्दीको निन्दा अनि भत्सर्ना गर्दछ : एसकेएम
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Latest News

मल्लीस्थित सुन्तलेमा एसडीएफ पार्टीका नाइके पवन चामलिङको निर्देशनमा उनका कार्यकर्ताहरुले गरेको गुण्डागर्दीको निन्दा अनि भत्सर्ना गर्दछ : एसकेएम

SC Desk
Last updated: 2022/02/01 at 9:35 AM
By SC Desk
Share
5 Min Read
SHARE

प्रेस विज्ञप्ति
09/01/2022

आज दिउँसो दक्षिण सिक्किमको मल्लीस्थित सुन्तलेमा एसडीएफ पार्टीका नाइके पवन चामलिङको संलग्नता र निर्देशनमा उनका कार्यकर्ताहरूले गरेको गुण्डागर्दी र हिंसात्मक कार्यको सिक्किम क्रान्तिकारी मोर्चा पार्टी कड़ा रूपमा निन्दा अनि भर्त्सना गर्दछ। आज यहाँ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको कार्यकर्ता अनि आम जनतामाथि हातपात र कुटपीट गर्न एसडीएफ प्रमुख आफै उपस्थित रहेर उनका भरौटेहरूलाई अह्राउनु बढ़ो दुर्भाग्यपूर्ण कुरा हो। एसडीएफ पार्टीका प्रमुख पवन चामलिङ दङ्गा फसाद गर्ने पूर्वनियोजित योजना लिएर 30-40 गाड़ी भाड़ाका गुण्डाहरूसँग मल्ली गएर एसकेएम कार्यकर्ता अनि आम जनतामाथि कुटपीट गरेका छन्, जसको एसकेएम पार्टी घोर निन्दा गर्दछ। पवन चामलिङले गाड़ीमा हात-हतियार लिएर तयारीका साथ मल्ली गएको हामीलाई थाहा भएको छ। एक मरौ घरमा जाने बहाना बनाएर चामलिङ सो ठाउँमा पुगेका थिए जहाँ मरौ भएको 45 दिन पनि नाघिसकेको थियो। यसरी बुझ्दा चामलिङले मरौमा जाने बहाना मात्र बनाएको तर वास्तवमा उनी मान्छे कुट्नु र दङ्गा फसाद गर्ने योजनामा त्यहाँ गएको स्पष्ट थाहा भएको छ।
पवन चामलिङ खुद् घटनामा संलग्न भएर दङ्गा फसाद गरेको स्पष्ट भएपछि सिक्किम क्रान्तिकारी मोर्चा पार्टी पवन चामलिङको विधायक पद बर्खास्त गर्न सँगै उनलाई तत्काल कानुनी कार्बाही गर्न प्रशासनप्रति माग गर्दछ। यहाँ एसकेएम पार्टीका कार्यकर्ता ओङ छिरिङ लेप्चा र साथीहरूमाथि पवन चामलिङ अनि उनका भरौटेहरूले निर्ममतापूर्वक कुटपीट गरे। धेरैवटा निजी तथा पर्यटक बोकेका वाहनहरू तोड़फोड गरिएको छ। 25 वर्षसम्म सत्ता बसेर सैयौं गाड़ी जलाएर सार्वजनिक सम्पत्ति नष्ट गर्ने एसडीएफ पार्टीको जन्मैदेखिको संस्कार हो। अहिले विपक्षमा बस्नसक्ने क्षमता र साहस नभएपछि चामलिङ स्वयं यस्ता हिंसात्मक घटनामा सामेल हुनु भनेको उनको वास्तविक चरित्र उदाङ्गो हुनु हो।
सिक्किम क्रान्तिकारी मोर्चा पार्टी प्रजातान्त्रिक प्रणालीमाथि विश्वास राख्ने पार्टी हो। विरोध गर्न पाइन्छ, तर गाड़ीमा हात हतियार बोकेर एक निश्चित ठाउँमा गई निर्दोष जनतामाथि कुटपीट गर्नु सरासर गुण्डा प्रवृत्ति हो। एसडीएफ पार्टी र यसका नाइकेको सिद्धान्त नै यही हो भन्ने एसडीएफ पार्टीको यस वर्षको क्यालेण्डरमा उल्लेख गरिएको “सिक्किमको दुश्मन मास्नैपर्छ”- भन्ने उक्तिलाई आजको घटनाले प्रष्ट पारेको छ।
अर्कोतिर, हिजो 8 जनवरीको दिन दक्षिण सिक्किमको मल्लीको तारेभीर छेउ सुन्तलेमा भएको नाराबाजीको घटनालाई सिक्किम क्रान्तिकारी मोर्चा पार्टी प्रजातान्त्रिक प्रणालीमा घट्ने सामान्य घटना हो भन्ठान्छ। प्रजातान्त्रिक प्रणालीमा यस्ता नाराबाजीको छिटपुट घटनाहरू भइरहन्छन् जो जनताले पाएको अधिकार हो। विशेष गरी मल्लीमा हिजो भएको घटनाबारे सत्य-तथ्य कुरा गर्नु हो जनताले एक निर्वाचित विधायकप्रति कतिपय प्रश्न सोद्धा त्यसको जवाफ नपाएपछि जनताले नाराबाजी गर्नु सामान्य कुरा हो। घटनाबारेको वास्तविक कुरा के हो भने, विगत 6-7 महिनाअघि यस क्षेत्रमा वर्षाको कारण पैह्रो जाँदा मानिसहरूले धेरै दुःख र कष्ट सहेका थिए। त्यतिबेला त्यस ठाउँका मानिसहरूले धेरै पीड़ा सहेका थिए। तर त्यतिबेला विधायक चामलिङ जनताको दुःख बुझ्न त्यहाँ पुगेनन्। चामलिङलाई त्यहाँका जनताले कतिको दुःख पाए भन्ने समेत थाहा थियो या थिएन। अहिले लगभग 6 महिनापछि मरौमा जाने बहानामा त्यहाँ पुग्दा जनताले विधायकप्रति प्रश्न गरेका थिए। तर त्यसको जवाफ दिन नसक्दा जनताले उनको विरुद्धमा नाराबाजी गर्नु कुनै ठूलो कुरा थिएन। हिजोकै घटनालाई लिएर चामलिङले आज योजनाबद्ध ढङ्गमा हात-हतियार लिएर फेरि त्यहाँ पुगी दङ्गा-फसाद गरे। 25 वर्ष मुख्यमन्त्री जस्तो गरिमामय पदमा बसेका चामलिङ हतियार बोकेर जनता कुट्न मैदानमा निस्कनु उनी आफैं गुण्डा रहेको उनले नै प्रमाणित गरेका छन्। नाराबाजीको घटनालाई सामान्य घटनाको रूपमा लिन्छ एसकेएम पार्टी। किनभने विगत केही दिनअअघि एसकेएम पार्टी अध्यक्ष एवं सम्माननीय मुख्यमन्त्री पीएस तामाङको तुमीन लिङगी समष्टिको कार्यक्रममा जनताले नाराबाजी गरेका थिए। जनताले प्रजातान्त्रिक प्रणालीमा नाराबाजी गर्न पाउँछन् भन्ने बुझेको एसकेएम पार्टीले त्यसलाई सामान्य कुराको रूपमा लियो। तर पवन चामलिङले आफू विपक्षमा हुँदा नाराबाजी मात्रै पनि झेल्न नसकी हतोत्साहित भएर जनता कुट्न आफैं मैदानमा उत्रिए जसले सिक्किम र सिक्किमेली जनताको निम्ति भयपूर्ण अवस्था सिर्जना गरेको छ। यसरी सिक्किमको शान्ति सुरक्षालाई तोड्ने, भाड़ाका गुण्डा प्रयोग गरेर साधारण जनता अनि एसकेएम पार्टीका कार्यकर्तालाई कुट्ने, गुण्डागर्दी मच्चाउने पवन चामलिङलाई कुनै अधिकार छैन यसकारणले पवन चामलिंगलाई विधायक पदबाट सम्बन्धित पक्षले तत्काल बर्खास्त गर्नुपर्छ भन्ने एसकेएम पार्टी मांग गर्दछ । यसका साथै राज्यको कानुनी प्रशासनले तत्काल पवन चामलिङसहित अन्य सबै संलग्न व्यक्तत्वलाई पक्राउ गरी कड़ा कानुनी कार्बाही गर्नका साथै सम्पूर्ण क्षतिपूर्ति बहाल गर्नुपर्ने पुनः एसकेएम पार्टी माग गर्दछ।

बीपी भण्डारी
महासचिव प्रचार – प्रसार
सिक्किम क्रान्तिकारी मोर्चा पार्टी

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: Gangtok, News from Sikkim, Pawan Chamling, PS Golay, SDF, Sikkim, Sikkim News, SKM
SC Desk February 1, 2022 February 1, 2022
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

Young footballer snaps at being benched, team manager vehemently denies allegation

Tshering Tamang, a 26-year-old state-level football player from Rangpo has allegedly reported…

You Might Also Like

Opinions

Sikkim’s Switzerland moment: turning geography into global leadership

By SC Bureau
Latest News

Ravangla celebrates 42nd Pang Lhabsol festival with the theme Sikkim invokes Mt. Kanchendzonga

By SC Desk
Trending

Pang Lhabsol Celebration 2025 observed with grandeur at Tsuglakhang

By SC Desk
Latest NewsTrending

National level NQAS virtual external assessment held at HWC-SHC West Pendam

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?