By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: कूकुर तिहार अनि काग तिहारको महत्व यस्तो रहेको छ
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Week in Review

कूकुर तिहार अनि काग तिहारको महत्व यस्तो रहेको छ

SC Desk
Last updated: 2021/11/03 at 3:45 AM
By SC Desk
Share
4 Min Read
SHARE

कुकुर तिहार- चेलीबेटीको माईती राजा।
    
      वैदिक सनातन धर्ममा कुकुरको विशेष महत्व रहेको छ। कुकर मानव सभ्यता देखिनै मानवसँग अत्यन्त बफादार संग-सँगै परिवारको अमूल्य सदस्य रहेको पाइन्छ। हिन्दु सभ्यतामा कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रुपमा मानिन्छ र मृत्युपर्यuन्त पनि मोक्षको द्वारमा कुकुरलेनै हुने कथन गरूढ पुराणमा व्याख्या गरिएको पाईन्छ।

      महाभारतमा पनि सत्यवादी युधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदाहरण र सत्मार्गका प्रतिनिधिका रुपमा लिइन्छ । तन्त्र साधक निडर भगवान भैरवको वाहन पनि कुकुर नै हो भने चाणक्य नितीमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो कम खाएर पनि सन्तुष्ट हुने प्राणीका रुपमा उल्लेख गरिएको छ ।

     आजको दिन पुण्य प्राप्तिको निम्ति कुकुरलाई विधीवतरुपमा पूजा गरी खान दिने परम्परा रहेको छ। यसर्थ विहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकरको पूजा साथै नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप दक्षिण फर्कार्इ बाली बगाउनाले मृत्युपछि नर्कको दर्शन गर्नुनपर्ने धार्मिक विश्वास छ।

     वैज्ञानिक आधारमा हेरो भने कुकुरलाई Investigations को अतिनै मुख्य आधर मानिन्छ। ऋग्वेदमा स्पष्ट रूपमा ‘समरा’को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरूको आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ ।

काग तिहार सम्बन्धित धार्मिक विश्वास। हार्दिक शुभकामना।

हिन्दू धर्म शास्त्र अनुसार कार्तिक महिनको विशेष महत्व रहेको छ। प्राकृतिक रूपमा पनि सयपत्री, मखमली र गोदावरी जस्ता फूल फुल्ने समयमा तिहार पर्वमै पर्ने भएकाले वातावरण हेर्दै मनमोहक हुन्छ।

तिहारमा काग, कुकुर, गाई, गोरु, दाजुभाइ र दिदी बहिनीका अतिरिक्त बलिराजाको पनि पूजा गर्ने चलन छ ।

विशेष गरि दीपावली यनि तिहार जस्तो महान् चाड कार्तिक महिनमै रहेको पाइन्छ। रमा एकादशीको भोलीपल्ट देखि तिहारको आगमन हुनेगर्छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म तिहार मनाइन्छ ।

धार्मिक मान्यता अनुसार पौराणिक कालमा यमराजले पाँच दिनसम्म आफ्ना बहिनी यमुनाकहाँ गएर टीका तथा माला ग्रहण गरेको हुनाले तिहारको पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ र पर्वको रूपमा मानिन्छ।

आजैका दिनदेखि यमदीप दान गर्नाले यमयातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। यमदीप दान दक्षिण (South) फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको धर्मशास्त्रमा वताएको छ।

यमपञ्चकको पहिलो दिन आज कागको पूजा गर्ने चलन छ। वैदिक मान्यताअनुसार कागलाई सन्देश बाहक साथै यमको दूतको रूपमा पनि लिइन्छ। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको अनि आजका दिनम कागलाई मीठो–मीठो खान दिई खुसी राख्नुपर्छ भन्ने धार्मिक विश्वास छ।

“काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ। मान्यता अनुसार लोक व्यवहारमा काग घरमा आई कराएमा उसले केही शुभ खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ।

  1. धनतेरसको त्योहार, Dhanteras 2nd November, 2021.
  2. यमपञ्चक पहिलो दिन यनि त्रयोदशी, काग तिहार 3rd November 2021.
  3. कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, 3rd November 2021.
  4. कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, 4th November 2021.
  5. कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवर्द्धन पूजा, 5th November 2021.
  6. कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका तिहार पर्व मनाइन्छ । 6th November 2021.

by RB Bishwakarma

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: Gangtok, News from Sikkim, Sikkim, Sikkim News
SC Desk November 3, 2021 November 3, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
परिवर्तनको नाम गरेर झूठ, अफवाह र फरेबको आड़मा सत्ता हत्याउन सफल भएको एसकेएम सरकारमा जनता वाक्क दिक्क भएका छन् : एस डी एफ

प्रेस विज्ञप्ति  आज तारीख ४ अक्टोबर, २०२१ -को दिन जूम-सालघारी क्षेत्र अन्तर्गत…

Rs. 20000 for non-working mothers under ‘Aama Scheme’: CM PS Tamang

Chief Minister PS Tamang while addressing an event at Baiguney, West Sikkim…

Rider duo from Sikkim to participate in Royal Enfield Continental GT 650 Cup

Though motorsports ecosystem may not be popular in Sikkim or may be…

You Might Also Like

MLA Gnathang-Machong cum Advisor inaugurates rural development and community welfare initiatives at Gnathang-Machong constituency
PoliticsSikkim

MLA Gnathang-Machong cum Advisor inaugurates rural development and community welfare initiatives at Gnathang-Machong constituency

By SC Desk
Sikkim

Joint Inspection Reviews Restoration Measures on Pakyong–Rorathang and Rangpo–Rorathang Roads

By SC Desk
Independence Day Football Tournament Kicks Off in Mangan
Sikkim

Independence Day Football Tournament Kicks Off in Mangan

By SC Desk
Sikkim

Government of Sikkim Accelerates Scientific Mission to Revive Large Cardamom under “Mero Alaichi, Mero Dhan”

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?