Latest News

सत्ताले अन्धा अनि मदहोश भएको गोले अनि विकास बस्नेतले सी सी टी भी फूटेज हेरिदिने अनुरोध गर्दछु : अरुण लिम्बु, एसडीएफ

Press Release

विकास बस्नेतलाई मेरो ठाडो जवाफ।

एसकेएम पार्टीका प्रेस सेक्टरी विकास बस्नेत ज्यूले आफु कतिको मानसिक तौरमा असन्तुलित अनि अपरिपक्क हुन भन्ने कुरा वहाँबाट जारी गरिएको प्रेस विज्ञप्तिले (तल फोटोले) पुष्टि गर्दछ।
एसडीएफ पार्टी आफै बोक्सी आफै धामी हो भन्ने विकास बस्नेतले जनतालाई बताइदिनु पार्यो की ती ४ जाना एसकेएम‌ पार्टीका कार्यकर्ताहरुलाई किन उक्त केसमा सरदार पुलिसले पक्राउ गर्यो? हामी २१औं शताब्दीका नागरिकहरु हाउ, यो जमानामा खाली भित्ताको कान‌ मात्र होइन आँखा पनि हुन्छ। सत्ताले अन्धा अनि मदहोश भएका गोले अनि विकास बस्नेतले सी°सी-टि°भी फुटेज हेरिदिने अनुरोध गर्दछु। उक्त फुटेजले आज एसकेएम‌ पार्टीका कर्तुत अनि गुण्डागर्दी सारा सिक्किमे जनता सामु नाङ्गो-झार पारिदिएको छ।

सारा सिक्किमे जनतालाई थाहा छ कि एसकेएम पार्टीका प्रवक्ताहरु प्रेस विज्ञप्ति अनि कन्फरेन्सहरुमा जनतालाई जहिले लाटो सम्झी छल,कपट र झूट बोल्नु अनि लेख्नुमा पल्केका छन् जसरी, “कुकुरको मुखमा सधैं हड्डीको स्वाद हुन्छ अनि त्यो कुकुर हड्डीमा पल्केको जस्तो”।
एसकेएम पार्टीका प्रवक्ताहरु जैले बोक्सी-धामीको मन्त्र जप गर्दै अनि कुनै एक ढोँगी बाबाले अज्ञान भक्तजनहरुलाई अफ्नु ढोँगको जालमा फसाउने षड्यन्त्र रचेको जस्तो एसकेएम पार्टीका ढोँगी रणनीति र कार्यनीतिको पैंतरा अब पुरानो र आउटडेटेड भइसकेको छ। घोषणापत्रमा लेखिएका एउटै पनि काम एसकेएम पार्टीद्वारा यो ३ वर्षमा गरिएको छैन। घोषणापत्रमा लेखिएका मुद्धहरुबाट जनताको ध्यान हटाउनु एसकेएम पार्टीका नाइके र एक दुई जाना कार्यकर्ताहरु पागल कुकुर जस्तो आज हामी अनुशासित एसडीएफ पार्टीका युवाहरु माथि पुलिस स्टेशन अनि राज्यको हाईकोर्ट सामने ज्यानलेव हमला गर्न रोडमा उत्रिएका छन्। तर जनताले घोषणापत्रमा लिखित एसकेएम पार्टीका प्रतिज्ञहरु पटक्कै बिर्सने छैन। त्यसकारण, जारी गरिएको विज्ञप्ति वहाँहरुको जाल, छल, कपट, झूट र घबराहटको एक नमुना मात्र हो।

बोक्सी-धामीको बारम्बार कुरा गर्ने विकास बस्नेत, गोले अनि एसकेएमका झोले नेताहरुलाई मेरो सुझाऊ छ कि, आफ्नु देब्रे हात कुनै एक जन्डा-धामीलाई झट्ट २०२४ चुनाव नतिजाको विषय लिएर जोखना हेर्ने लगाईहल्नु, त्यो जोखना सुने पश्चात झटका लागि कोमामा जाने अवस्था सृजना हुनेछ। २०१४ को चुनावमा बोक्सीको कालो जादू अनि मन्त्रीले पनि एसकेएमलाई बचाउने वाला छैन। यति मात्र होइन गोले र विकास बस्नेतले आज देखिनै आफ्नु पार्टीमा घट्दै गाको लोकप्रियताको दशागरा ठीक पार्न २०२४ सम्म यज्ञ गरे पनि अब पार लाग्नेवला छैन। किनभने जनताको शक्ति भन्द अरु कुनै पनि तंत्र-मन्त्र, काला जादू अथवा दिव्य शक्ति संसारमा छैन। गोले अनि विकास बस्नेतले ख्याल गर्नु की जनताको खुन-पसिना चुस्ने पिशाचहरुलाई इतिहासले कहिले माफ गरेको छैन र सिक्किमे जनताले पनि आफ्नु खुन-पसिना चुस्ने पिशाचहरुलाई राम्रोसँग चिनीसकेका छन्। त्यसर्थ गोले अनि विकास बस्नेत जस्ता सोच राख्नेहरुलाई समय छँदै सुद्रिने अनुरोध गर्दछु।

साउन-भदौमा आँखा फुटेको गोरुले जैले हरियो देख्छ अरे! अब कुरा गरौं २०१९ चुनाव अघिको, गोले त्यसबेला विपक्षी दलका नाइके थिए, अनि वहाँको भ्वाइस रेकर्ड लीक भएको तपाईं-हामीलाई राम्रोसँग थाहा छ जसमा वहाँले एक षड्यन्त्र रचदै भनेका थिए, “…आफ्नु लुगा च्यात्नु त्यो त नन बेलेबाल सेक्सन होनी आदि..” जस्ता झुट र षड्यन्त्रकारी गोलेको चरित्र जनतामाझमा उदाङ्गो भएको थियो।
यतिमात्र नभएर एसडीएफ पार्टीमा मन्त्री हुँदा गोलेले बर्मन कमिसनकाे रिपोर्टलाई समर्थन गरेका थिए, अनि आफु विपक्षी दल र मुख्यमन्त्री भएर फेरि त्यो कमिसनको बिरोध गरे, यस्तो हिपोक्रेसी र पाखण्डपन सम्भवतः यो संसारमा गोले बाहेक अरु कोसैले गर्नु सक्दैन होला। जैविक खेती विषय लिएर सिक्किममा बिरोध गर्ने अनि नयाँ दिल्लीमा गएर जैविक खेती राम्रो पैसा चाईयो भन्दै बुरुक-बुरुक उफ्रेने इन्द्र हाङ सुब्बा र गोलेनै हुन्, “मैदावाला भेट्दा मैदा राम्रो र आलुवाला नराम्रो, फेरि आलुवाला भेट्दा आलु राम्रो र मैदावाला नराम्रो, अनि मैदावाला र आलुवालासँगै भेट्दा समोसा राम्रो” भनेको जस्त हो यो।
हामी गोले अनि एसकेएम पार्टीका यस्त हजारौं आफै बोक्सी आफै धामी भएका उदाहरणहरु दिन सक्छौं। अन्ततः यी सबै घटना, विषय अनि उदाहरणहरुले पुष्टि गर्दछन् कि एसकेएम पार्टी अनि गोलेनै बोक्सी-धामीको खेलमा एक नम्बरको खेलाड़ी हुन।

अरुण लिम्बू,
एसडीएफ कार्यकर्ता

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button