Latest News

टाशिलिङ सचिवालयमा भएको तोड़फोड़को घटना सामान्य घटना नभएर सिक्किमको मान सम्मान र अस्तित्वमाथि प्रहार हो : सिक्किमे नागरिक समाज

प्रेस विज्ञप्ति

१९१५ साल देखि सिक्किमको प्रशासनिक केन्द्रको रुपमा स्थापित टाशिलिङ सचिवालयमा ग़त तारीक १५.०२.२२ मा भएको तोडफोडको घटना एउटा सामान्य घटना नभएर सिक्किमको मान-सम्मान र अस्तित्व माथि भएको प्रहार हो भनि सिक्किमे नागरिक समाज ठहर गर्दछ साथै उक्त घटनाप्रति घोर निन्दा र भर्तसना जनाउँदछ।

वर्तमान समय सिक्किममा मौलाउँदै गरेको आपराधिक घटनाक्रमले सिक्किमको प्रशासनिक व्यवस्था प्रणाली माथि ठूलो प्रश्नचिन्ह खडा गरेको छ भने यस घटनाले कुशासनको अझ थप उदाहरण प्र्स्तुत गर्दछ, र दिन प्रति दिन नयाँ-नयाँ आपराधिक मामिलाहरू बडदै गईरहेको कारण सिक्किमे समाजमा अराजकताको माहौल सृजना भएकोछ।

बेरोजगारी, भ्रष्टचार, प्राकृतिक सम्पदाको दुरुपयोग, सार्वजनिक संपत्तिको निजीकरण, सिक्किमेको अधिकार माथि गैर-सिक्किमेहरूको अतिक्रमण, पुरानो कानुनहरूको खुल्ला उल्ङ्घन, कृषक र गवालाहरुको अवहेलना, बिग्रँदै गएको कानुन व्यवस्था, खस्किदो शिक्षा र स्वास्थ्य प्रणाली, जाली कागजात मामिलामा दोषीहरू विरूद्व कार्वाही गर्न असमर्थ जस्ता अनेकों तथ्यांकले सिक्किमे समाज अनौयलता र असमंजसताको भुवँरी भित्र उकुसमुकुस भएर जिउनु वाध्य भएको प्रष्ट भएकोछ।

तसर्थ, जनमत पाएर सत्ता उपभोग गरिरहेको नेतृत्व र पार्टी यदि सिक्किमे जनता प्रति किञ्चित् मात्रपनि ईमानदार छ भने गम्भीरताको साथमा सिक्किमको वर्तमान र भविष्यलाई मध्यनजर गरेर झट्ट भन्दा झट्ट उचित पहल गर्ने सिक्किमे नागरिक समाज आव्हान गर्दछ।

विश्वमानै शान्ति र समृद्धि को परिचायक सिक्किमको गरिमा जोगाउने जिम्मावारी र दायित्व पुर्णरूपमा सिक्किम सरकारको कार्य क्षेत्रभित्र रहेको कारण यदि सरकार र प्रशासनको लापरवाहीले सिक्किमको कुनै पनि क्षेत्रमा आंच आएको खण्डमा यसको समपूर्ण जवाबदेही सिक्किम क्रान्तिकारी मोर्चा र भारतीय जनता पार्टीको गठवन्धन सरकार हुनेछ।

पासांग शेर्पा
महासचिव एवं प्रवक्ता
सिक्किमे नागरिक समाज
१८/०२/२०२२

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button