Latest News

कोभिड मामिला बढ़ी रहेकोले एसडीएफ पार्टीले पार्टीका सभाहरु पार्टी अध्यक्षको सामाजिक भ्रमण लगायत भिड़ जमा हुने पार्टी मिटिङहरु स्थगित गरेको छ

प्रेस विज्ञप्ति

सिक्किम राज्यमा अहिलेघरी अप्रत्यासित रूपमा फैलिएको कोरोना माहामारीले जनतालाई त्रसित तुल्याएकोे छ। जनताले यो महामारीबाट आफूलाई असुरक्षित अनुभव गरिरहेको अवस्थामा एसडीएफ पार्टीले पार्टीका सभाहरू, पार्टी अध्यक्षको सामाजिक भ्रमणलगायत भिड़ जम्मा हुने पार्टी मिटिङहरूलाई केही समयसम्मको लागि स्थगित गर्ने निर्णय गरेको छ।
सिक्किमेली जनताको जनधनको सुरक्षा र शान्ति भन्दा ठूलो एसडीएफको कुनै राजनैतिक उद्देश्य छैन। सम्पूर्ण सिक्किमेली जनता यस्ता माहामारीबाट जोगिन सकुन र उनीहरू कुनै भयपूर्ण स्थितिमा बस्न नपरोस् भन्ने उद्देश्यले जनहीतलाई ध्यानमा राखेर पार्टीले निर्णय गरेको सर्वसाधारणलाई जानकारी गराउँदछौं। कोरोना संक्रमित रोगीहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस माहामीराबाट ज्यान गुमाउने नागरिकको चीर शान्तिको कामना गर्दछौं। साथै शोकाकुल परिवारलाई दुःखको घड़ीमा सधैं साथमा रहने प्रण गर्दछौं।
राज्य सरकारले पनि यस माहामारीबाट जोगिन थुप्रै निर्देशनहरू जारी गरेको छ। यी निर्देशनहरूको पालना गर्ने सबै राजनैतिक पार्टी, संघ-संस्था र आम नागरिकको कर्त्तव्य हो। त्यसैले एसडीएफ पार्टी सम्पूर्ण जनगणमा यो कोरोना महामारीलाई फैलिन नदिन एक जिम्मेवार नागरिकको रूपमा आफ्नो भूमिका निर्वाह गर्न आह्वान गर्दछ।  यस वैश्कि महामारीबाट सर्वसाधरण जनताको जनधनको सुरक्षा सुनिश्‍चित गर्न एसडीएफ पार्टी सरकारसमक्ष आग्रह गर्दछ।

कृष्ण खरेल
उपाध्यक्ष,
प्रचार-प्रसार मामिला
एसडीएफ

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button