एस सी नेपाली

एसकेएम पार्टीलाई आरोप,लालछना र षड्यन्त्र गर्ने मानसिक रोगले सताएको कुरा उनीहरुद्वारा प्रेसित प्रेस बयानले प्रमाण गरेको छ : एसडीएफ

प्रेस विज्ञप्ति
एसकेएम पार्टीलाई आरोप, लालछना र षड्यन्त्र गर्ने मानसिक रोगले सताएको कुरा उनीहरूद्वारा प्रेसित प्रेस बयानले प्रमाण गरेको छ। हिजो विपक्षमा रहँदा पनि त्यहि विमारीले सताएर जनता अलमल्याउन सफल भएको थियो भने आज सत्तामा रहँदा पनि त्यहि विमारीले ग्रसित भएको जगजाहेर छ।
विना प्रमाणका कुरा गर्नु, भ्रम र अफवाह फैल्याउनु, षड़यन्त्र गर्नु अनि अराजकता फैल्याएर समाजमा सन्त्रासको माहोल सृजना गर्नुनै अहिले उनीहरूको सत्ताको काम भएको छ। जातीय सम्प्रीति विथोल्ने, सिक्किमे समाजमा एकमाथि अर्को जाति, धर्ममा शंका, घृणा र द्वेश पैदा गराएर सिक्किमे समाजलाई विखण्डन गर्नु उनीहरूको राजनैतिक उद्देश्य बनेको छ। व्यक्तिगत जीवनमाथि हमला गर्नु, चरित्र चित्रण गर्नु र बद्लाको राजनीति उनीहरूको राजनैतिक धर्म भएको छ।
बन जंगलको अनाधिकृत फड़ानी, नदिमा वालुवा माफियाको रगरगी, शान्ति सुरक्षामा माफिया तन्त्रको बोलवाला, सिक्किमका विशेष अधिकारमा बाहिरका शक्तिको बलमिचाई, माटो, उद्योग, कलकारखाना सबैमा माफिया तन्त्रको हुकुमत आदि कुरामा सरकारले जनपक्षीय हुनको साटो वेमतलव र वेफजुलका कुरामा एसकेएमले समय कटनी गर्नु भनेको सिक्किमे जनताले दिएको जनादेशको माहा धोका र उलंघन हो। सरकारमा बसेपछि आरोप लगाउने मात्र होइन, ती विषयहरूमा चुणान्त निष्कर्ष निकालेर सत्य उद्धघाटन गर्ने सरकारको नैतिक जिम्मेवारी हुनेछ। आफ्नो नैतिक जिम्मेवारीबाट चुकेका सत्तापक्षले प्रेस बयान जारी गर्नुभनेको आफ्नो कालो पोतिएको अनुहारलाई झुटको पर्दा ओड़ाएर लुकाउने प्रयत्न मात्र हो।
एसकेएम सरकारलाई आफू अझै सत्तामा छुके? भन्ने भ्रमले सताइरहेको कुरा उनीहरूका विचार र व्यवहारले देखाइरहेको हुँदा एसडीएफ पार्टी उनीहरूका वेबुनियाद र बगमफुसे आरोप, लालछना लगाउने कार्यको ठाड़ो खण्डन गर्दै एसकेएमलाई जिम्मेवार भूमिका निर्वाह गर्न सुझाउ दिन चाहन्छौं।
स्मरण रहोस्, एसकेएम पार्टीले बारम्बार लगाउँदै आएको हिजोका राजनैतिक हत्याको आरोपलाई तुरून्त जाँचप्रक्रिया अघि बड़ाएर दोषीलाई कार्वाही गरेको सत्य-तथ्य उजागर गर्न फेरी पनि एकपल्ट एसकेएम पार्टीलाई अवगत गराउन चाहन्छौं।

कृष्ण खरेल
उपाध्यक्ष, प्रचार-प्रसार मामिला

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button