By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • Opinions
  • एस सी नेपाली
  • Sports
  • Health
  • Society
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Travel
  • Opinion
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Opinion
    • Travel
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Sikkim Breaking News | News From Sikkim > Blog > Trending > Latest News > एक परिवार एक नोकरी अन्तर्गत कार्यरत चारजना कर्मचारीलाई नोकरीबाट निकालिएकोमा सिक्किम भाजपाले आप्पती जनाएकोछ
Latest News

एक परिवार एक नोकरी अन्तर्गत कार्यरत चारजना कर्मचारीलाई नोकरीबाट निकालिएकोमा सिक्किम भाजपाले आप्पती जनाएकोछ

SC Desk
Last updated: 2022/06/24 at 4:07 PM
By SC Desk
Share
3 Min Read
Raju Giri Spokesperson BJP Sikkim Sikkim Breaking News | News From Sikkim
SHARE

प्रेस विज्ञप्ति

24 जून 2022

सिक्किम सरकारको कार्मिक विभागद्वारा गत वर्ष जारी भएको एउटा कार्यालय आदेश संख्या 533/6e/O मिति 08 सेप्टेम्बर 2021 भर्खरै मात्र भारतीय जनता पार्टीको संज्ञानमा आएको छ। आदेश अनुसार विभागले शिक्षा विभागबाट दुईजना अनि वन विभागबाट दुईजना गरी चारजना वान फेमेली वान जब अन्तर्गत कार्यरत कर्मचारीहरूलाई नोकरीबाट बर्खास्त गरिएको छ । आदेशमा उल्लेख गरिए अनुसार अञ्जुला मंगर अफिस एटेण्डेन्ट शिक्षा विभाग. हीना राई लश्कर एनसीसी, गान्तोक शिक्षा विभाग तार्जा राई वन विभाग नाम्ची अनि प्रिया तामाङ वन विभाग नाम्ची गरी चारजनालाई उनीहरूको पदबाट मुक्त गरिएको छ।

यस कार्यालय आदेशलाई लिएर अहिले अचम्मको तथ्य के अघि आइरहेको छ भने माथि उल्लेखित चारजना कर्मचारीहरू गत 18 जून 2020 सम्म नियमित रूपमा आफ्नो पदमा कार्यरत थिए अनि उनीहरूले आफ्नो वेतन पनि पाइरहेका थिए भूने उक्त दिन अचानक उक्त कार्यालय आदेश थमाएर उनीहरूलाई नोकरीबाट निकालिएको छ।

चारैजना कर्मचारीहरू नाम्ची जिल्लाको पोकलोक कामराङ निर्वाचन क्षेत्रका निवासी रहेका छन् भने त्यसमध्ये तीनजना भारतीय जनता पार्टीको मण्डलस्तरीय समितिका पदाधिकारीहरूको परिवारबाट रहेका छन्। अर्कोतिर एक परिवार एक नोकरी अन्तर्गत जून महिनासम्म काम गरिरहेका कर्मचारीहरूलाई 10 महिना अघिको कार्यालय आदेश देखाएर कसरी नोकरीबाट निकालियो भाजपा सिक्किम कार्मिक विभागको यस प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै विभागबाट यसको जवाफको माग गर्दछ।

यस अतिरिक्त कार्मिक विभाग यस प्रकारको शंकास्पद अनि राजनीतिप्रेरित कदमको घोर भर्त्सना जनाउँदछ अनि यस मामिलामा मुख्यमन्त्री जो •पोकलोक कामराङका विधायक पनि हुनुहुन्छ) स्वयंले हस्तक्षेप गरेर पीड़ित गरीब परिवारका कर्मचारीहरूलाई यथाशीघ्र न्याय दिनुपर्ने अनि उनीहरूलाई आफ्नो पदमा पुनर्बहाल गर्नुपर्ने माग गर्दछ ।

अर्कोतिर राज्यका विभिन्न स्थानहरूबाट से साना ठेकदारहरबाट आफूले गरिरहेको काम खोसिएको गरिसकेको कामको बील भुक्तानको निम्ति विभागमा जाँदा सत्तारूढ़ पार्टीको सीएलसी र क्षेत्र प्रभारीहरूको सिफारिस माग्ने चलन आदिबारे भाजपा सिक्किमलाई विभिन्न गुनासो र सिकायतहरू प्राप्त भइरहेको छ।

भारतीय जनता पार्टी सदैव सुशासन र सिफारिसमुक्त व्यवस्थामा विश्वास गर्न राजनीतिक दल रहेको कारण सिफारिस प्रथाको बारम्बार विरोध गर्दै आएको छ भने राज्यको ग्रामीण • स्तरमा सीधा सोझा ठेकादारहरूले यसरी राजनीतिक सिफारिसको चक्करमा आफ्नो बहुमूल्य समय गुमाउनुपर्ने व्यवस्थाको घोर विरोध गर्दै यस्तो व्यवस्थाको यथाशीघ्र अन्त हुनुपर्छ भन्ने भाजपा सिक्किम माग गर्दछ। यसै गरी नयाँ नीति अन्तर्गत शिक्षक भर्ना प्रक्रियामा पनि धेरै अघिदेखि कार्यरत शिक्षकहरूको नाम राजनीतिप्रेरित ढंगमा हटाइएको गुनासोहरू पनि भाजपा सिक्किमको संज्ञानमा आएको छ।

यसर्थ भाजपा सिक्किम यस्ता पुराना अस्थायी शिक्षकहरूलाई नयाँ नीति अन्तर्गत प्राथमिकताका साथ स्थान दिएर उनीहरूलाई न्याय गरिनुपर्ने सरकारसमक्ष माग गर्दछ ।

डा. राजु गिरी

प्रवक्ता भाजपा सिक्किम

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
Share This Article
Facebook Twitter Copy Link Print
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
SC remands back Multilevel Car Parking cum Shopping Hub case to NGT for fresh hearing 

The Supreme Court of India disposing  off a Civil appeal filed by…

The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

Your one-stop resource for medical news and education.

Your one-stop resource for medical news and education.
Sign Up for Free

You Might Also Like

IMG 20230823 WA0039 Sikkim Breaking News | News From Sikkim
Latest News

Sikkim Chief Minister unveils Rs. 50,000 award program for road labourers on labour day

By Paul Rai
e2 Sikkim Breaking News | News From Sikkim
TrendingLatest News

Election Commission of India opens web portal for filing political parties financial accounts online

By Abishek Sharma
InShot 20230614 093353658 Sikkim Breaking News | News From Sikkim
Latest News

“Prominent people will be Joining BJP in Namchi Function” DR Thapa

By Nirmal Mangar
FB IMG 1686561282018 Sikkim Breaking News | News From Sikkim
Latest News

Sikkimese Sports Legend, Football Coach Thupten Sir, Laid to Rest

By Nirmal Mangar
Facebook Twitter Pinterest Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
Welcome Back!

Sign in to your account

Lost your password?