By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • Opinions
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: भारतीय जनता पार्टीको राष्ट्रीय स्वयंसेवक अभियान अन्तर्गत पश्चिम जिल्लाको गेजिङमा एक दिवसीय प्रशिक्षण कार्यशाला सम्पन्न
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Travel
  • Opinion
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Opinion
    • Travel
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
PoliticsSikkim

भारतीय जनता पार्टीको राष्ट्रीय स्वयंसेवक अभियान अन्तर्गत पश्चिम जिल्लाको गेजिङमा एक दिवसीय प्रशिक्षण कार्यशाला सम्पन्न

SC Desk
Last updated: 2021/10/07 at 10:42 AM
By SC Desk
Share
3 Min Read
SHARE

प्रेस विज्ञप्ति
12 अगस्त, 2021

भारतीय जनता पार्टीको राष्ट्रिय स्वास्थ्य स्वयंसेवक अभियान अन्तर्गत हिजो 11 अगस्तको दिन पश्चिम जिल्लाको गेजिङस्थित पार्टी कार्यालयमा जिल्लाका 8 वटा मण्डलबाट आएका 32 जना स्वयंसेवकहरूलाई लिएर एक दिवसीय प्रशिक्षण कार्यशाला सम्पन्न भयो। कार्यशालामा पर्यवेक्षकको रूपमा प्रदेश अध्यक्ष श्री डीबी चौहानको प्रमुख उपस्थिति रहेको थियो भने जिल्ला अध्यक्ष श्री दिगम लिम्बू, अल्पसंख्यक मोर्चाका अध्यक्ष श्री आरटी लेप्चा, महिला मोर्चा अध्यक्ष श्रीमती कर्मा छोकी भोटिया, स्वयंसेवक अभियानका राज्य समन्वयक श्री भुपेन्द्र गिरीलगायत आठवटा मण्डलबाट आएका प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो।
द्वीप प्रज्ज्वलन साथै वन्दे मातरम गायनका साथ शुरू भएको प्रशिक्षण कार्यक्रमको शुरूमा सबै प्रशिक्षार्थीहरूको अनलाइन पंजीकरण गरियो। कार्यशालामा स्वयंसेवक अभियानका प्रदेश समन्वयक श्री भुपेन्द्र गिरीले यस अभियानको औचित्य अनि उद्देश्यमाथि प्रकाश पार्दै स्वयंसेवकहरूले कसरी आ-आफ्नो गाउँमा स्वास्थ्य सम्बन्धी शिकायतहरूलाई सम्बोधन गर्नुपर्ने, आशा तथा स्वास्थ्य केन्द्रहरूसित सम्पर्कमा रहेर असहायहरूलाई सहयोग पुर्‍याउने, कोभिड महामारी सम्बन्धी आम मानिसहरूलाई जागरूक गराउने, टीकाकरण सम्बन्धी अफवाह र भ्रमहरूबाट आम जनतालाई बाहिर निकाल्ने जस्ता उपायहरूबारे प्रशिक्षार्थीहरूलाई अवगत गराए। यस क्रममा उनले कोभिड प्रबन्धन सम्बन्धी विभिन्न उपकरणहरू थर्मोमिटर, थर्मल स्केनर, अक्सीमिटर प्रयोग विधिबारे पनि प्रशिक्षार्थीहरूलाई अवगत गराए। यसै गरी उनले स्वयंसेवकहरूले गरेको सेवाकार्यलाई भाजपाको सेवा नै संगठनसम्बन्धित पोर्टलमा निरन्तर रिपोर्ट गर्नुपर्ने बताउँदै यसको विधिबारे पावरपोइन्ट प्रस्तुति दिए।
कार्यशालालाई प्रमुख पर्यवेक्षकको रूपमा सम्बोधन गर्दै प्रदेश अध्यक्ष श्री डीबी चौहानले सबै प्रशिक्षित स्वयंसेवकहरूले प्रतिबद्ध भएर काम गर्न आह्वान गर्दै यसमा पार्टीले सधैं साथ दिने वचन दिए। राष्ट्रिय स्वास्थ्य स्वयंसेवक अभियान अन्तर्गत पार्टीले प्रत्येक गाउँमा 2 जना स्वयंसेवकहरू तयार गर्ने लक्ष्य लिएर काम गरिरहेको बताउँदै सबै स्तरका स्वयंसेवकहरूले समन्वय स्थापना गरेर जनताको सेवामा समर्पित हुनुपर्ने उनले बताए। भाजपा कार्यकर्ताहरूको निम्ति आफूलाई समाजमा चिनाउने अनि आफ्नो पहिचान बनाउने सुनौलो अवसर रहेको बताउँदै यस अवसरलाई सबैले सदुपयोग गर्नुपर्ने आह्वान गरे। आफ्नो सम्बोधनको क्रममा प्रदेश अध्यक्षले उपस्थित प्रशिक्षार्थीहरूसित सोझो अन्तर्क्रिया गर्दै प्रशिक्षण अवधि जाने-बुझेका विषयहरूबारे जानकारी लिए।
कार्यक्रमलाई जिल्ला अध्यक्ष श्री दिगम लिम्बू, महिला मोर्चा अध्यक्ष श्रीमती कर्मा छोकी भोटिया अनि जिल्ला स्वयंसेवक सुश्री एन्जेला राईले पनि सम्बोधन गरेका थिए भने कार्यक्रमको संचालन पश्चिम जिल्ला महासचिव श्री लक्ष्मी प्रसाद शर्माले गरेका थिए। राष्ट्रिय स्वयंसेवक अभियान अन्तर्गत अब 13 अगस्तको दिन दक्षिण, 14 अगस्तको दिन पूर्व अनि 16 अगस्तको दिन उत्तर जिल्लाको निम्ति प्रशिक्षण कार्यक्रम आयोजन गरिनेछ।

डा. राजु गिरी
प्रवक्ता

SC Desk October 7, 2021 October 7, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

You Might Also Like

SikkimTrending

Sikkim Legislative Assembly Adopts Paperless Initiative

By Nirmal Mangar
PoliticsSikkimTrending

Tibetan Community Expresses Gratitude to Rajya Sabha MP Shri Dorjee Tsering Lepcha

By SC Desk
Resident of Jorethang Murders Wife Over Domestic Feud
SikkimTrending

Resident of Jorethang Murders Wife Over Domestic Feud

By SC Desk
SikkimTrending

78th Independence Day Celebrations kick off at Yuksam with patriotic fervor

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?