By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • Opinions
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: सिक्किम साहित्य उत्सव 2021 – अन्तर्गत राजधानी गान्तोकमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Travel
  • Opinion
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Opinion
    • Travel
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Latest News

सिक्किम साहित्य उत्सव 2021 – अन्तर्गत राजधानी गान्तोकमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना

SC Desk
Last updated: 2021/11/21 at 12:38 PM
By SC Desk
Share
3 Min Read
SHARE

गान्तोक, 21 नोभेम्बरः सिक्किम साहित्य उत्सव 2021-अन्तर्गत आज राजधानी गान्तोकमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजन गरियो। चित्रकला प्रतियोगितामा विभिन्न वर्गबाट दश-दशजनालाई 18 नोभेम्बरको दिन शिर्ष दश-मा चयन गरिएको थियो। आज व्हाइट हाउसमा आयोजन गरिएको ‘बस अनि चित्र बनाऊ’ प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो चयन गरिएको छ। चित्रकला प्रतियोगिताका निर्णायकहरू प्रवीण राई जुमेली, पारसमणि राई, दिवाकर लामीछाने र दिपा राई रहेका थिए। तीन वर्गबाट फाइनलका लागि चयन भएका कूल 40 प्रतियोगीमध्ये फाइनलमा पाँचजना प्रतियोगी नआएकाले 35 जनाले मात्र भाग लिए। बिहान 11 बजीदेखि शुरू भएको चित्रकला प्रतियोगितामा प्रतियोगीहरूले समय लिएर बेलुकी 4 बजीसम्म बसेर आफ्नो अवधारणालाई चित्रमा उतारेका थिए। प्राय सबै प्रतियोगीहरूले प्रतिष्पर्द्धामा प्रतिद्वन्दिता दिन योग्य चित्रहरू बनाए। यी सबै चित्रहरूलाई आगामी 24 र 25 नोभेम्बरका दिन एमजी मार्गमा प्रदर्शनी गरिनेछ। प्रतियोगितामा विजयी बनेका चित्रकारहरूलाई 26 नोभेम्बरमा मनन केन्द्रमा आयोजन हुने सिक्किम साहित्य उत्सव समारोहमा पुरस्कृत गरिनेछ भने सबै सहभागी फाइनलिस्टहरूलाई प्रमाण-पत्र र स्मृति चिन्ह प्रदान गरिनेछ।


उत्सवकै अर्को विधामा आयोजित नेपाली र अङ्ग्रेजी कविता प्रतियोगिताको फाइनल आज नै क्रमैले जनता भवन र नेपाली साहित्य परिषद् भवनमा सम्पन्न भयो। नेपाली कविता प्रतियोगिताको निर्णायकका रूपमा सिक्किम विश्वविद्यालयको नेपाली विभाग प्रमुख प्रोफेसर कविता लामा, रिनाक महाविद्यालयका सहायक प्राध्यापक डा. सूचन प्रधान, नरबहादुर भण्डारी डिग्री कलेजका सह प्राध्यापक टेक बहादुर छेत्री, कवि प्रवीण खालिङ, कवि मनोज बोगटी र कवि गोपाल ढकाल रहेका थिए। खुल्ला, निम्न माध्यमिक विद्यालय स्तर र उच्चतर माध्यमिक गरी तीन वर्गमा आयोजित प्रतियोगितामा फाइनलमा पुगेका प्रतियोगिहरूले आ-आफ्नो प्रस्तुति दिए। तीनै वर्गबाट पहिलो, दोस्रो र तेस्रो प्रतियोगिलाई पुरस्कृत गरिनेछ। यसको पुरस्कार पनि 26 नोभेम्बरको साहित्यिक उत्सवकै अवसरमा वितरण गरिनेछ।
अर्कोतर्फ नेपाली साहित्य परिषदमा आयोजित अङ्ग्रेजी कविताको फाइनलमा कवि टाशी छोपेल, नाम्ची कलेजका सहायक प्राध्यापक तथा कवि कर्मा नाम्ग्याल भोटिया र साम्दोङ संस्कृत महाविद्यालयकी अङ्ग्रेजी विषयकी सहायक प्राध्यापक अर्पणा गुरुङ निर्णायक रहेका थिए। अङ्ग्रेजी भाषाको कविता प्रतियोगिता पनि तीन वर्गमा नै आयोजन गरिएको थियो। यसबाट पनि क्रमैले तीन-तीनजना प्रतियोगिहरूलाई पुरस्कारको निम्ति चयन गरिएको छ।


तीनैवटा प्रतियोगिता एक-एक जनाको अध्यक्षतामा आयोजन गरिएको थियो। ह्वाईट हलमा आयोजित चित्रकला प्रतियोगितामा आईपीआर विभागका सल्लाहकार बिरेन्द्र तामलिङ, नेपाली साहित्य परिषदमा आयोजित अङ्ग्रेजी कविता प्रतियोगितामा विविध कला एकाडेमीका अध्यक्ष किरण रसाइली र जनता भवनमा आयोजित नेपाली कविता प्रतियोगिताको फाइनलमा आयोजक समितिका प्रमुख समन्वयक कृष्ण लेप्चा अध्यक्ष रहेका थिए। आयोजक समितिले तीनै विधाको फाइनलमा भाग लिएका प्रतियोगिहरूलई 26 नोभेम्बरमा मनन भवनमा आयोजन हुने सिक्किम साहित्य उत्सव-2021 समारोहमा सहभागी बनिदिन आग्रह गरेको छ।

TAGGED: Gangtok, News from Sikkim, Sikkim, Sikkim News
SC Desk November 21, 2021 November 21, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

You Might Also Like

Sports

Thunderbolt North United lead tight Sikkim Premier League table after thrilling opening round

By Avinav Pradhan
EducationLatest NewsTrending

MP Indrahang Subba Demands Inclusion of Gurung, Rai, Sherpa, and Tamang Languages in CBSE Curriculum

By admin
INFRASTRUCTURESC StoriesSocietyTrending

MP DT Lepcha Raises Issue of Frequent Flight Cancellations at Pakyong Airport, MoS Responds

By Paul Rai
Latest NewsTrending

72-Year-Old Grandmother Brutally Murdered by Grandson in Singtam

By SC Bureau
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?