By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • Opinions
  • एस सी नेपाली
  • Sports
  • Health
  • Society
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Travel
  • Opinion
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Opinion
    • Travel
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Sikkim Breaking News | News From Sikkim > Blog > Trending > सिक्किमले दुइ वर्षभन्दा अघिको समयमा कमाएको मान सम्मान, प्रतिष्ठा र समृद्धिमा आज ग्रहण लागेको छ: एस डि एफ
Trending

सिक्किमले दुइ वर्षभन्दा अघिको समयमा कमाएको मान सम्मान, प्रतिष्ठा र समृद्धिमा आज ग्रहण लागेको छ: एस डि एफ

SC Desk
Last updated: 2021/10/08 at 4:58 PM
By SC Desk
Share
4 Min Read
SHARE

राज्यको विकासका विभिन्न मापदण्डमध्ये महिला सशक्तीकरण पनि एउटा प्रमुख आधार हो। यसर्थ राज्यको सर्वाङ्‌गीण विकासमा महिला जातिको उत्थान र सुरक्षित जीवन सुनिश्चित भएको हुनुपर्दछ। यस प्रमुख कार्यको निम्ति सत्तासीन सरकारका नेतृत्वको उदार विचारधारा तथा महिलामुखी कार्ययोजना मुख्य हुन्छ। सिक्किमको सन्दर्भमा व्यवस्था परिवर्तनको नारासहित ल्याएको तथाकथित परिवर्तनले जनतास्वयंले विगत दुइ वर्षदेखि यता अनेकौं दुर्भाग्यपूर्ण घटनाहरूको साक्षी बन्दै भयपूर्ण जीवन बिताउन परिरहेको छ। सिक्किमले दुइ वर्षभन्दा अघिको समयमा कमाएको मान, सम्मान, प्रतिष्ठा र समृद्धिमा आज ग्रहण लागेको छ। वर्तमान मुख्यमन्त्री श्री पी.एस. गोलेको नेतृत्व आएदेखि सिक्किमको मान-सम्मान बदनाम भएको छ। यसको एसडीएफ पार्टी चेलो मोर्चा कड़ा शब्दमा निन्दा गर्दछौं।

राज्यका महिलाहरू आज सुरक्षित छैनन्। विगत दुइ वर्षदेखि यता महिलामाथि हुने प्राणघातक हमला, हिंसा, यौन उत्पीड़न, घरेलु हिंसा, छोरी-नानीमाथि हुने बलात्कार आदिजस्ता घटनाहरूले राज्य र राज्यवासी अशान्त छन्‌। यस प्रकारका निन्दनीय घटनाहरू एसकेएम सरकारको नेतृत्वमा राज्य प्रशासनलाई प्रभावकारी र जनपक्षीय रूपमा सञ्चालन गर्नसक्ने क्षमता तथा उत्कृष्ट योजनाहरूको कमीले घटेको हो भनी एसडीएफ पार्टी चेली मोर्चा ठहर गर्दछ।

गत ११ जूनका दिन राजधानी गान्तोकको नजीक डेवलपमेण्ट क्षेत्र निवासी श्री सपन गिरीकी धर्मपत्नी श्रीमती अम्बिका छेत्रीले आत्महत्या गरेको घटनाले सबैलाई आहत तुल्याएको छ। उनकी बहिनी तथा परिवारपक्षले अम्बिकाल छेत्री घरेलु हिंसाको शिकार बन्नपुगेको आशङ्‌कामा प्रशासनसमक्ष न्यायको गुहार लगाइरहेका छन्‌। जानकारीअनुसार श्रीमती अम्बिका छेत्री सत्तारूढ़ दलको नारीशक्तिकी एक कर्मठ सदस्य हुन्‌ भने उनका पति श्री सपन गिरी पनि एसकेएम पार्टीका माथिल्लो तहसम्म पहुँच भएका सक्रिय कार्यकर्ता हुन्‌। यसैले सत्यतामाथि ढाकछोप हुनुहुँदैन भन्ने हाम्रो अड़ान छ। राज्य पुलिस प्रशासनले यस्ता कैयौं घटनाको छानबिन प्रक्रियालाई पक्षपात गरेर आजसम्म सत्यता प्रकाश पारेको छैन। यसैले हामी भन्छौं – स्वर्गीया अम्बिका छेत्रीले न्याय पाउनुपर्छ। पुलिस प्रशासनले पक्षपात र कुनै दबाउबिना छानबिन गरी सत्य उद्‌घाटन गर्नुपर्छ।

  यसका साथै स्वर्गीया अम्बिका छेत्रीको अप्राकृतिक मृत्युप्रति एसडीएफ पार्टी चेली मोर्चा हार्दिक समवेदना व्यक्त गर्दै पुलिस प्रशासनले सत्य विषयको छानबिन गरेर उचित न्याय दिनुपर्दछ भन्ने माग पनि राख्दछ।

  यसरी नै, मानेबुड-देन्ताम निर्वाचन क्षेत्र निवासी सुश्री गङ्गामाया शर्माले दुइ दिनअघि सामाजिक सञ्जालद्वारा आफूलाई सत्तारूढ़ पार्टीका एकजना युवा नेताले मुख्मन्त्रीसँग अपोइण्टमेण्ट मिलाइदिने अनि रोजगार दिलाइदिने वचन दिएकोले आफू गान्तोकमा आएर एउटा होटलमा बिखर्ची भएर बस्नु परिरहेको विषयलाई साझा गर्दै सहयोगको निम्ति अपील गरेकी छन्‌। मुख्यमन्त्रीलाई भेट्ने अथवा रोजगार पाउने ठूलो आशामा आएकी सुश्री गङ्‌गामाया शर्माले भोगिरहेको पीडापूर्ण परिस्थितिले एसकेएम सरकारको कार्यप्रणालीको विफलता र एसकेएम कार्यकर्ताहरूको झुट बोल्ने प्रवृत्तिलाई उदाङ्‌गो पारेको छ। यसको हामी घोर विरोध गर्दै झुटो दिलासामा सिक्किमे छोरीहरूलाई बिखर्ची र बिचल्ली तुल्याउने सत्तारूढ़ दलका नेता-कार्यकर्ताहरूलाई यस प्रकारको निन्दनीय कृत्य नगर्ने चेताउनी पनि दिँदछौं।

यस्ता घटनाहरूले सिक्किममा अहिले महिलाहरू सुरक्षित छैनन् भन्ने प्रमाणित भएको छ। स्वीस गार्नियर (युनिट दुइ) -की महिला श्रमिक श्रीमती प्रीति भोटियाले आजसम्म न्याय पाउनसकेकी छैनन्। उनलाई हातपात र कुटपिट गर्ने सत्तारूढ़ दलका क्षेत्र स्तरीय युवा उपसंयोजक सुकवीर भुलेज सत्ताको राप र आश्रयमा खुलेआम हिँड़िरहेका छन्‌। पुलिस प्रशासन र सम्बन्धित निकाय आजसम्म मौन छन्‌। यसको पनि हामी जोडदार भर्त्सना गर्दछौं।

राज्यमा बढ्दो महिला हिंसा, यौन उत्पीड़न तथा बलात्कारजस्ता काण्डहरूमा एसकेएम सरकारका नेतृत्व पङ्क्ति सजग र सचेत बन्न नितान्त आवश्यक छ। यसका साथै सरकारमा ठूला ओहोदा ओगटिरहेका एसकेएम पार्टीका नारी शक्तिका नेतृहरू पनि महिलाविरोधी यस्ता काण्डहरू रोकथाम गर्दै सिक्किमेली छोरीहरूलाई सम्मानित र सुरक्षित जीवन दिन सजगतापूर्वक सक्रिय बन्न आवश्यक छ। आज अप्रभावकारी र अपरिपक्व नेतृत्वको कारणले नारीशक्तिहरू आफ्नै राज्यभित्र शक्तिहीन र लाचार बनिरहेका छन्‌। यस दिशामा एसकेएम नारी शक्तिलाई ध्यान दिन हामी सुझाउ दिँदछौं। 

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
SC Desk October 8, 2021 June 16, 2021
Share This Article
Facebook Twitter Copy Link Print
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
Sikkim govt adopts Utrakhand model forbDeath Certificate to 77 missing persons following October 4 Disaster

Procedure to be followed for Registration of Death of Missing persons during…

The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

Your one-stop resource for medical news and education.

Your one-stop resource for medical news and education.
Sign Up for Free

You Might Also Like

Latest NewsTrending

Sikkim govt adopts Utrakhand model forbDeath Certificate to 77 missing persons following October 4 Disaster

By Sherab Palden Bhutia
EnvironmentLatest News

Centre constitutes Inter-Ministerial Central Team for  assessment of damages caused in Sikkim 

By SC Desk
Latest News

Sikkim Chief Minister unveils Rs. 50,000 award program for road labourers on labour day

By Paul Rai
Latest NewsTrending

Election Commission of India opens web portal for filing political parties financial accounts online

By Abishek Sharma
Facebook Twitter Pinterest Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
Welcome Back!

Sign in to your account

Lost your password?