By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: संवैधानिक पद र गरिमामाथि आक्रमण हुनु दुर्भाग्यपूर्ण : भा ज पा
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
एस सी नेपालीसमाचार

संवैधानिक पद र गरिमामाथि आक्रमण हुनु दुर्भाग्यपूर्ण : भा ज पा

SC Desk
Last updated: 2021/10/07 at 9:44 AM
By SC Desk
Share
3 Min Read
SHARE

प्रेस विज्ञप्ति | 06 अगस्त, 2021

संवैधानिक पद र गरिमामाथि आक्रमण हुनु दुर्भाग्यपूर्ण
अहिले सिक्किममा एक राष्ट्र, एक रासन कार्ड योजना लागू भएको विषयलाई लिएर विभिन्न पक्षहरूबीच तर्क-वितर्क चलिरहेको छ।  प्रजातन्त्रमा कुनै विषयलाई लिएर यसरी चर्चा-परिचर्चा अनि तर्क-वितर्क हुनु स्वागतयोग्य विषय हो, तर अहिले एक राष्ट्र, एक रासन कार्डको विषयमा भइरहेको तर्क-वितर्कले गलत दिशामा जानु अनि संवैधानिक पद अनि गरिमामाथि पनि आक्रमण गर्ने जुन किसिमको प्रथाको शुरूवात भइरहेको छ त्यसलाई भारतीय जनता पार्टी दुर्भाग्यपूर्ण ठहर गर्दछ।

राज्यपाल कुनै राजनैतिक पार्टीको हुँदैनन्, उनको स्थान कुनै पनि दलगत राजनीतिदेखि माथि हुनेगर्दछ। उनी कुनै पार्टीको प्रतिनिधि  नभएर राज्यको एउटा संवैधानिक अनि गरिमामय पद आसीन हुनका साथै राज्य अनि केन्द्रबीचको सम्बन्धलाई कायम राख्ने परिपाटीभित्र राज्यपालको कार्यालय आउने गर्दछ। तर, सिक्किममा पटक-पटक आफ्नो निराशा अनि भँड़ास राज्यपालमाथि पोख्ने जुन चलन शुरू भएको छ यो अप्रत्यक्ष रूपमा देशको संवैधानिक परम्परामाथि आक्रमण भएको भाजपा सिक्किम ठहर गर्दछ। विगत केही दिनदेखि कतिपय आधारहीन विषयलाई लिएर केही व्यक्तिहरूले प्रेस तथा भिडियो सन्देशमार्फत सिक्किम राज्यका राज्यपालमाथि अनर्गल, अनैतिक अनि असंसदीय भाषाको प्रयोग गरेर यस संवैधानिक गरिमामय भएको कार्यालयलाई निचा देखाउने जुन प्रयास भइरहेको छ, यसलाई हामी संवैधानिक व्यवस्थामाथि आक्रमण भएको ठहर गर्दछौं।

भारतीय जनता पार्टी सदैव संवैधानिक संस्था अनि संवैधानिक मान र मर्यादालाई बचाइराख्नु नै देशको लोकतान्त्रिक संस्कार मान्दछ। परापूर्वकालदेखि नै चर्चा-परिचर्चा, तर्क-वितर्कको माध्यमसँग देशको इतिहास जोड़िएको छ। कुनै पनि विषयमा आफ्नो पक्षलाई संवैधानिक अनि संसदीय भाषामा पनि जनतासामु राख्न सकिन्छ तर यहाँ आफूलाई एक्लो सिक्किम ठान्ने, आफ्नो विचारधारालाई जबरजस्ती अरूमाथि थोप्ने, आफूले बोलेको मात्रै सत्य ठान्ने अनि आफू मात्रै सर्वज्ञानी हुँ भनेर घमण्ड बोक्ने कतिपय व्यक्तिहरूले लगातार यसरी संवैधानिक पदमा बसेका व्यक्तित्व अनि उनको गरिमामयी कार्यालयलाई तल देखाउन खोज्नु दुर्भाग्यपूर्ण हो। राज्य सरकार, संवैधानिक संस्थाहरू साथै कानून तथा संविधानविद्हरूले यस्तो घटनाक्रमहरूलाई संज्ञानमा लिएर पुरजोर विरोध गर्न आवश्यक छ।

आफैंलाई नागरिक समाज भनेर दुई-चारजना निराशा र कुण्ठा बोकेका व्यक्तिहरूले प्रेसवार्ता गरेर यसरी देशको संवैधानिक मान र मर्यादालाई तल देखाउने कोशिष गरेकोमा हामी दुःख व्यक्त गर्दछौं किनभने, यो देश प्रजातान्त्रिक मुलूक हो अनि सिक्किम भारतको एउटा अभिन्न अंग भएको कारण हामीले हाम्रो संवैधानिक मान र मर्यादा अनि संवैधानिक पदमा बसेका व्यक्तिहरूलाई सम्मान गर्न सक्नुपर्छ। आफ्नो महत्वाकांक्षा पूरा भएन भन्दैमा यसरी संवैधानिक संस्थाहरूलाई गाली दिने प्रथा जसरी सिक्किममा शुरू भएको छ यसको हामी घोर निन्दा अनि भर्त्सना जनाउँदछौं।

डा. राजु गिरी
प्रवक्ता
भाजपा सिक्किम प्रदेश

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
SC Desk October 7, 2021 October 7, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
National capital swelters under relentless heatwave

New Delhi, the national capital endured another day of punishing heat as…

The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

You Might Also Like

Societyएस सी नेपाली

सिटिजन एक्सन पार्टी सिक्किमले गान्तोकमा गर्यो अन्तर्राष्ट्रिय श्रमिक दिवस पालन

By SC Desk
art and cultureSC Storiesएस सी नेपालीसमाचार

चिया कविता पुरस्कार 2024 घोषणा, श्रीमती प्रभा राईलाई विश्व चिया दिवसको दिन प्रदान गरिने पुरस्कार

By SC Desk
Sikkimएस सी नेपाली

“सिक्किममा अहिले जब सिण्डिकेट चलिरहेको छ”: डी.बी. चौहान

By SC Desk
Latest Newsएस सी नेपालीसमाचार

पवन चामलिङको गोहीको आँसुले विगत पच्चीस वर्ष निखारेका जनताका रगतका आँसुका डोब पुर्न सक्दैन: सीपी शर्मा

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?